अमेरिकामा म:ह: ले दर्शकलाई हँसाए तर आयोजकहरुलाई रुवाए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा महँगो भयो महजात्रा ० ४ लाखदेखि २७ लाखसम्म महको पारिश्रमिक ० बिचौलियाका कारण आयोजक मारमा अमेरिकामा नेपाली समुदाय यतिबेला व्यवस्थित समुदाय बन्ने तर्खरमा छ । जसको लागि सामुदायिक भवन, मन्दिर, गुम्बा निर्माणदेखि दोस्रो पुस्ताका लागि नेपाली भाषा, संस्कृति, रीतिरिवाज र परम्परासँग पनि निकट बनाउनु उसको चुनौती रहेको छ । अमेरिकामा आआफ्नो समुदायको हितका लागि लागिपरेको नेपाली समुदाय अहिले वर्तमान अवस्थामा विभिन्न कार्यक्रम आयोजना गर्दै अर्थसंकलन गर्न व्यस्त छ । यसै क्रममा सामुदायिक हितका लागि दुईचार पैसा बचाउने उद्देश्यअनुरुप अमेरिकाको चारै दिशाका राज्यहरुमा महजात्रा आयोजित भएका छन् । महको लोकप्रियतालाई महसुस गर्दै अहिले नेपाली समुदाय अमेरिकाका विभिन्न राज्यहरुमा ४ लाखदेखि २७ लाख रुपैयाँसम्म महँगो पारिश्रमिक तिरेर महजात्रा आयोजना गर्दै छन् । तर, आयोजकहरु भने महको महँगो पारिश्रमिकका कारण मारमा परेका छन् । यसै विषयमा न्यूयोर्कबाट विजय पौडेलले तयार पारेको रिपोर्टः तीनमहिने हास्य कार्यक्रमसहित अमेरिकामा महजात्रा लिएर गत सेप्टेम्बर १६ मा लस एञ्जलसको विमानस्थल अवतरण गरेका महजोडीले यो समाचार तयार पार्दासम्म अमेरिकाका १३ वटा शहरमा आफ्नो प्रस्तुति देखाइसकेका छन् । तर, अमेरिका र क्यानडाका कार्यक्रम आयोजकहरु भने महको चर्को पारिश्रमिक कारण असन्तुष्टि व्यक्त गरेका छन् । गत अक्टोबर ५ तारिख झण्डै १७ सय टेक्सासबासी नेपालीले डल्लास एभरेष्ट लायन्स क्लबको आयोजनामा कन्भेन्सन सेन्टर कम्प्लेक्समा भरपूर मनोरञ्जन लिएको बृहत् महजात्राका कार्यक्रम संयोजक राम सी पोखरेल बताउँछन् । ‘हामी पनि प्रवासमा शतप्रतिशत च्यारिटीकै लागि यस्ता कार्यक्रम गर्छौं । आफ्नो स्रोतसाधन समुदायको हितका लागि लगाउँछौं’, पोखरेल भन्छन्– ‘तर महको यस पल्टको शुल्क हेर्दा सम्बन्धित कलाकारले भन्दा बीचको एजेन्टले राम्रै कमाइ गर्न खोजेको देखियो ।’ पोखरेल मात्र होइन कार्यक्रम सभापति प्रकाश गौतम पनि पहिला त महको कार्यक्रमका लागि २० हजार डलर पारिश्रमिक माग गरिएको थियो । तर, पछि महँगो भयो, कार्यक्रम नै गर्दैनौं भनेपछि बल्ल १३ हजार अमेरिकी डलरमा कुरा मिलेको बताउँछन् । जति नै तिर्नुपरे पनि मह राम्रा कलाकार भएको र दर्शकले भरपूर मनोरञ्जन लिएको बताउँछन् आयोजकद्वय पोखरेल र गौतम । बिचौलिया प्रयोग गरेर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठजस्ता कलाकारले अमेरिकामा कार्यक्रम गर्दा आयोजकले तिर्नुपरेको चर्को शुल्कबाट एजेन्टले नै धेरै फाइदा लिने तर कलाकार स्वयम् भने मारमा नपरुन् भन्ने चिन्ता व्यक्त गर्छन् संयोजक राम सी पोखरेल । महको १३ हजार अमेरिकी डलर पारिश्रमिक तिरेर महजात्रा आयोजना गरेको डल्लास एभरेष्ट लायन्स क्लबले केही रकम नाफा गरेको अनुमान गरेको छ । तर, हिसाबकिताबको अन्तिम विवरण भने संकलन हुन बाँकी रहेको जनाएको छ । टेक्सास डल्लासमा मात्र होइन १२ हजार अमेरिकी डलर शुल्क तिरेर नेपाली एसोसिएसन अफ नदर्न क्यालिफोर्नियाले महजात्रा आयोजना गर्यो । आठ वटा संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न महजात्राको आयोजनाका लागि महको शुल्क र अन्य गरी ३० हजार डलर खर्च भएको कार्यक्रम संयोजक ईश्वर सापकोटा बताउँछन् । यो कार्यक्रम महको अमेरिकामा यसपटकको पहिलो कार्यक्रम हो । त्यसैगरी महको प्रस्तुतिका लागि लस एन्जलसस्थित पशुपति फाउण्डेशनले पनि १० हजार अमेरिकी डलर शुल्क तिरेर महजात्रा सम्पन्न गरेको प्रेम गुरागार्इं बताउँछन् । शुल्क अलि महँगो नै भएको गुरागाईंको भनाइ छ । शुल्कका बारेमा कार्यक्रमपूर्व अलि बार्गेनिङसमेत भएको सुनाउँछन् गुरागाईं । त्यस्तै, टेक्सास राज्यको अष्टिनमा ग्रेटर अष्टिन नेपाली सोसाइटीले गत अक्टोबर १ तारिखमा आयोजना गरेको महजात्रावापत पनि १० हजार नै पारिश्रमिक बुझाएको कार्यक्रम संयोजक डा. नविन दहालले जानकारी दिएका छन् । महको पारिश्रमिक अलि ज्यादा भएको कुरा संयोजक डा. दहाल पनि स्वीकार्छन् । ‘शुल्क महँगो भए पनि अमेरिकामा हामीले दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति सिकाउने र बुझाउने उद्देश्यअनुरुप कार्यक्रम गरेका थियौं’, उनले भने । झण्डै नौ सय दर्शकले मनोरञ्जन लिएको बताउँछन् दहाल । यस्तै, सियाटलस्थित नेपाल सियाटल सोसाइटीले पनि महलाई पारिश्रमिक १० हजार अमेरिकी डलर नै बुझाएको जनाएको छ । सियाटलमा आजसम्म आयोजित कार्यक्रमहरुको दाँजोमा सबैभन्दा बढी दर्शकको उपस्थिति रहेको महजात्रामा ६ सय जना नेपाली दर्शकले मनोरञ्जन लिएको संयोजक मोहन गुरुङले जानकारी दिएका छन् । महको पारिश्रमिक तथा कार्यक्रमको विषयमा कुरा गर्दै एसोसिएसन अफ नेप्लिज इन मिनियासोटाका अध्यक्ष तथा कार्यक्रम संयोजक ददिन पाण्डे पनि हाम्रो ‘सिम्प्याथी’ मदनकृष्ण र हरिवंशप्रति भएको बताउँछन् । ‘उहाँहरुको योगदान र मिहेनतको सम्मानस्वरुप हामीले कार्यक्रम आयोजना गरेका हौं । तर, बिचौलियाले बढी फाइदा लिन खोजेजस्तो देखियो’, उनले भने । प्रवासमा हाम्रो दोस्रो पुस्तालाई नेपाली कार्यक्रम, नेपाली भाषा, संस्कृति देखाउने लक्ष्यअनुसार मिनियासोटामा हामीले आयोजना गर्दै आएको विविध कार्यक्रमहरुमध्ये महको यस कार्यक्रमका लागि हालसम्मकै उच्च ४ हजार अमेरिकी डलर पारिश्रमिक दिएको पाण्डेले बताएका छन् । जम्मा ३० डलरमा डिनरसहितको टिकट विक्री गरेर यति सानो समुदायभित्रबाट ४ हजार पारिश्रमिक दिन सक्नु पनि ठूलै भएको बताउँछन् उनी । तीनमहिने महजात्राका लागि अमेरिका आएका महजात्रा टोलीमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, बसुन्धरा भुसाल, हरिवंशका छोरा मोहित आचार्य, मदनकृष्णका छोरा यमन श्रेष्ठ, हरिवंशकी श्रीमती रमिला आचार्य, फोटोग्राफर गौरीशंकर ध्वजू श्रेष्ठ तथा एक सहयोगीका साथ हाल उनीहरु अमेरिकामा छन् । महसहितको १० जनाको टोली यही आगामी अक्टोबर १७ र १९ तारिख आयोजना हुने महजात्राका लागि यसै हप्ता न्यूयोर्क आउने कार्यक्रम छ । न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाइटीको आयोजनामा म्यानहाटनस्थित अर्मेनियम चर्चमा आयोजना हुने महजात्राका लागि सोसाइटीले झण्डै ५० हजार अमेरिकी डलर लगानी गरेको बताइएको छ । महजात्रा अमेरिकाको देशव्यापी संयोजन गर्दै हिंडेका रवि लामिछानेलाई सोसाइटीले २७ हजार अमेरिकी डलर दिनुपर्ने सम्झौता गरेको जनाएको छ । सोसाइटीले ५० हजार लगानी गरेर आयोजना गरेको महजात्राबाट बचेको रकम रिजउडस्थित प्रस्तावित दुर्गा मन्दिर निर्माण लगाउने जनाएको छ । रिजउड नेप्लिज सोसाइटीद्वारा आयोजित महजात्रा कार्यक्रमको विषयमा संयोजक भुवन अधिकारी भन्छन्– ‘हाम्रो उद्देश्य रिजउडको दुर्गा मन्दिर निर्माणको लागि कार्यक्रम गर्नु हो । नाफा भए पनि, घाटा भए पनि हामीले महको पारिश्रमिकवापत २७ हजार डलर बुझाउनै पर्नेछ ।’ महजात्राका आयोजकहरुले कलाकारहरुको पारिश्रमिक बढी भयो भन्ने गुनासो आइरहँदा कलाकार हरिवंश आचार्य भने यो कुरामा सहमत छैनन् । आचार्य भन्छन्– ‘हामीले न पारिश्रमिक तोकेका छौं न त यति दिनुपर्छ भनेका नै छौं । शो सकिएपछि कति उठ्छ त्यसपछि मात्र पारिश्रमिक तय हुने उनी बताउँछन् । हरिवंश आचार्य ० कतिवटा कार्यक्रम सम्पन्न भयो ? १३ वटा शो गर्यौं । ० जम्मा कति वटा गर्ने योजना छ ? क्यानडा र अमेरिका गरी २० वटा बढी हुन्छ होला । ० कार्यक्रम कस्तो भइरहेको छ ? अत्यन्त राम्रो रेस्पोन्स छ । प्रायः सबै आयोजकले कुनै पनि कार्यक्रममा यस्तो राम्रो सहभागिता अहिलेसम्म भएको थिएन । यति ठूलो कार्यक्रम कहिल्यै भएको थिएन भनेर हौसला दिइराख्नुभएको छ । ० यसपटकको महजात्राको कुनै उद्देश्य छ कि ? हाम्रो त काम नै यही हो । ३४ वर्ष भयो, यही काम गरेको । त्यही हो देशको वर्तमान परिवर्तनलाई संस्थागत गर्ने, संघीयतालाई संस्थागत गर्ने, गणतन्त्रलाई व्यवस्थित गर्नेजस्ता महत्वपूर्ण कुराहरुलाई हास्यव्यङ्ग्यमार्फत बाहिर ल्याउने प्रयास गरेका छौं । अरु त खास केही उद्देश्य छैन । मनोरञ्जन दिलाउनु नै हो । ० तपाईंहरुको पारिश्रमिक बढी भयो भन्ने असन्तुष्टि छ नि ? हामीले पारिश्रमिक तोकेका छैनौं । कार्यक्रम सकिएपछि कति बाँकी रहन्छ, त्यसपछि कार्यक्रम आयोजकले हेरेर दिनुहुन्छ । कार्यक्रमको उद्देश्य हेरेर पारिश्रमिक लिन्छौं । कतिपयले सामुदायिक भवन, मन्दिर निर्माण, बाढीपीडितको सहयोगका लागि कार्यक्रम गर्नुभएको छ । हामीले पनि त्यस्तोमा सहयोग गर्नुपर्छ । त्यसैले मूल्य तोकेर कहाँ लिनु । अब छिट्टै न्यूयोर्क आउँदैछौं । न्यूयोर्क ठूलो शहर, धेरै नेपाली भएको शहर, त्यहाँको कार्यक्रम अझ राम्रो होला भन्ने सोचेका छौं ।   कहाँ–कहाँ हुँदैछ बाँकी महजात्रा ? नर्थ क्यारोलिना, ग्रीन्सबोरो मिचिगन न्यूयोर्क (दुई शो) बोष्टन (दुई शो) फ्लोरिडा क्यानडा (दुई शो) बाल्टिमोर डिसी, भर्जिनिया न्यू ह्याम्सपियर न्यूजर्सी ओहायो, कोलम्बस केन्टुकी नर्थ क्यारोलिना (दुई शो)     महले कहाँ, कति पारिश्रमिक लिए ? सन्फ्रान्सिस्को १२,००० लस एञ्जलस १०,००० सियाटल १०,००० कोलोराडो ७,००० डलास १३,००० हुस्टन ४,००० अष्टिन १०,००० सिकागो ८,००० मिनियासोटा ४,००० आइवा ४,२०० http://vishwanews.com/MenuPage... Last edited: 14-Oct-14 08:01 AM

cybernepali · Oct 14, 2014 8:01 AM · 24,867 views

14 Replies

Wow over 80,000 in a month. 

Kalpu · Oct 14, 2014 8:28 AM

How much are they charging per person to be able to give $12000 to the performers?????

nepaluk · Oct 14, 2014 8:38 AM

न्यू यॉर्क मा टिकेट को मुल्य सारै महंगो लाग्यो । तेइ भएर मैले चै नजाने निर्णय गरे । 40 , 100 र 200 रे । WTF । 40 मा चै त्यों ढोका मा राख्ने होला 100/200 हालेर प्रोग्राम हेर्न म समान्य नेपाली ले सक्दिन तेइ भएर मह जोड़ी लाइ तादै बाट नामस्कार

facebook · Oct 14, 2014 9:15 AM

"कार्यक्रम सकिएपछि कति बाँकी रहन्छ, त्यसपछि कार्यक्रम आयोजकले हेरेर दिनुहुन्छ । " यो कुरा बिबादास्पद छ| मैले चिन्ने आयोजक अनुसार तय गरेको पैसा उठ्न नसकेर उल्टो आयोजकले आफ्नो कोषबाट पनि दिनु परेको छ भन्ने सुनेको छु

funtush · Oct 14, 2014 9:36 AM

They are working, this is their profession, they have their family to take care of. And they are also actively participating in social works. As far as agent concern, they are working too, they dont work for free, do Ram Pokhrel and P Gautam sir work for  free, no, sometimes they can volunteer their time,knowledge and experience for the community and they have done it, we have seen it. Ticket price was not expensive, it was doable. I did not go, it is a free market, I stayed at home and watched Meri Bassai. if you had not bought the ticket, they would marked the price down, supply and demand theory works Last edited: 14-Oct-14 02:33 PM

thukka · Oct 14, 2014 12:04 PM

It's called bad financial planning.

perrybhadra · Oct 15, 2014 7:28 PM

Nepali le Nepali ko khutta tanne kaam bhaneko yahi ho. Good job Cyberji. None of these cities are obliged to invite MAHA. Jealous hunu bhayo jasto cha. Please let fellow Nepalese prosper. Its none of your business....stay the f*** out of it.

jhismisebihani · Oct 15, 2014 8:56 PM

What is it your business how much they make or get paid? They did not blackmail anybody. Typical Nepali para...jhanana rish uthcha. Monkey mentality....

jhismisebihani · Oct 15, 2014 8:59 PM

who the heck is this son of a gun cyber-anti-nepali to post this kinda fKKng shady stuff? if one couldn't appreciate the persona who well deserves much admiration, applauds and respect for what they have been doing all the time for our country NEPAL via their satirical program, they just don't have to try to be a jack a$$ those who don't like, stop watching their program.. हेर्ने बेला चाही हेरेर मरी मरी हास्छा, मुजी जाथाहरु

sojoketo · Oct 15, 2014 10:00 PM

Cool down I just share from this site http://vishwanews.com/MenuPage... Go talk to them if you have a problem with it.

cybernepali · Oct 15, 2014 11:27 PM

They are few elite entertainers of Nepal and yes I have been to their program and yes they deserve every penny of that money they are getting. Do you think jumping state to state with few hours of sleep and performing top notch show is a joke? They are not costco or walmart where you can get friends and family discount. They serve you top notch entertainment and they deserve top notch pay too. Please stop whining about it.

sajhamitra · Oct 16, 2014 4:04 PM

अब अमेरिकामा नेपाली को पत्रकारिता त्यो पनि पत्रकारिताको डिग्री नाबाको| नेपाल बाट भागेर अमेरिकामा भाडा धस्कौदै लेखेको अनि कस्तो होला त लेखक को दिमाग | तेही पैसा पैसा पैसा मै दिमाग | भाडा धस्कौदा आफुले पैसा कमौना सकेन, अरुले पनि पैसा कामको देख्न सकेन | अब तपाई न्यु योर्कमा हुनुहुदो रहेछ, त्यो वाल स्ट्रीट मा धेरै ले नाजायेज तरिकाले पैसा कमाईरा छ, तेस्को बारेमा पनि लेखम न |

mno · Oct 16, 2014 10:36 PM

अब येत्रो वर्ष अमेरिका बसेर, कसरि आफ्नो देश र देशबासीको राम्रो राम्रो कुरा मात्र निउज मा दिनु पर्छ भनेर cnn बाट सिक्नु भएन

mno · Oct 16, 2014 10:40 PM

It is not worth of talking about "CUPASTE".

magorkhe1 · Oct 17, 2014 8:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all