उपन्यास "Mr.डन" Part 1

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खै कहाँ बाट सुरु गरु मेरो जिबन को अदृस्य कथा भोग्ने ले मात्र बुझ्न सक्छ चोट के हो ? दुख के हो ? सुख के हो ? बिछोडिनु पर्छ भन्ने थाहा हुने हो भने कस्ले कस्लाई गर्छ र माया, तर समय कहिले काही पहाड बनेर आफै उभिदो रहेछ । खै कहाँ बाट सुरु गरु मेरो जिबन को अदृस्य कथा हरु जहाँ बाट सुरु गर्न खोजे पनि के नमिले को के नमिले को जस्तो लाग्छ । खल्लो - खल्लो मधुरो - मधुरो लाग्छ । हिजो तिनै रमाइलो गरेर हिडेका पलहरु पनि, आज एक्लो भए जस्तो लग्छ । कती कुराहरु देखिए र पनि गलत हुन्छन भने कती कुरा हरु अदृस्य पनि सास्वत सत्य हुन सक्छ । समय बलबान छ तैपनी समय लाई कमजोर परिभसित गर्न खोज्ने हरुको पनि आफ्नै भिड छ । त्यही भिडमा हराइ रुवाबासी गर्ने हरुको पनि लामो लाईननै भैसके को छ । अचेल अनेक प्रश्न हरु को बिचमा घेरिएको छु । मैले आफ्नो सुनौला बिगत लाई कागज को पाना जस्तै गरी जलाई दिए । मेरो पनि घर परिवार आमा बुवा, साथी भाइ आफान्त हरु पनि हुनु हुनुथ्यो । केहि कुराको परबाह गरिन्- सिर्फ त्यही कुरा मनमा खेलथ्यो "प्रेममा कसै लाई माया मात्र होईन जिबन नै दिन सकियोस जस्तो लाग्थ्यो" तर मेरो जस्तै सोचाइ अरु को नहुदो रैछ । आफुले देखेको दुनिया प्रेम गरेको शहर कसै लाई मौकाको फाइदा लुट्ने पुल बन्दो रहेछ । शुन्य शुन्य लाग्छ - जिबनका पानाहरु, निरस होईन आफ्नै संसारमा हराए जस्तो लाग्छ अचेल हरेक पल्, हरेक दिन रात हरु, रङिन सपना त देख्न छोडेको एक दसक नै हुन लाग्यो । अब ति सपनामा बाच्न मन छैन । मलाई बिपना मा देखिए को कठिन उकालो हरु चड्ने बानी लागि सक्यो । हिजै जस्तो लाग्छ हात समाइ बजार बजार डुलेको, एक अर्काको आख मा हेर्दै घन्टौ टोलाई बसेको, मायाले बेस्सरि अङगालो मा कसेको, पाखा पखेरा नै सुगन्धित हुने गरी चुम्बन को बर्षा गराएको, त्यो पबित्र नाता, त्यो पबित्र सम्बन्ध को कसम खादै जिबन भर सधै एक अर्का को साथ दिने निर्णय गरेको, छुटिने बेला परेली भिजाइ छुटिन नसकेको झ मक्क साझ परेपछी छुटिदा एक अर्का लाई टाढा - टाढा सम्म हेर्दै भोली भेट्ने बाचा गर्दै बिदाइ गरेको । जे भए पनि उ मैले कुनै जमाना मा धेरै माया गरेको मान्छे हो । जस्को यादमा पल पल मरेको थिए पल पल बाच्ने गर्थे । तर बिडम्बना म कती मुर्ख रहेछु त्यती बेला थाहा भयो - मैले मेरो जिबननै उनलाई जिबन भर समर्पण गर्न चाहन्थे, यती सम्मन कि मर्न पनि तयार थिए । मैले सिर्फ गर्थ त मुटु देखी माया त्यो भन्दा अरु केहि थिएन । म जे कुरा सोच्थे मेरो जस्तो सोचाइ अरुको नहुदो रहेछ । उनि माया त गर्थिन तर बिश्वाश थिएन उनलाई, मेरो माया को, उनले खोजे को के हो ? चाहेको के हो मैले लाख कोसिस गर्दा नि बुझ्न सकिन । कसैको खुशीको लागि आफै लाई बलिदान दिने म कुनै भ्रमित मुर्ख मान्छे थिइन । कसैले मेरो धड्कन को आवाज नसुने पनि आफु लाई सान्तोना दिइरहे । म कुनै कमजोर पुरुष पात्र थिइन तर पनि उनको लागि मेरो सबै सिद्धान्त हरु असफल थिए किन कि म उनलाई आगाध माया गर्थे । त्यही आगाध माया लाई बिस्तार-बिस्तार कुल्चने प्रायस भैरहे को थियो । आज का दिन हरु मा सोच्छु - कसैलाई चहिने भन्दा बढी माया दिनु पनि बेकार हो । हरेक काम कुनै कारण को लागि गरिनु पर्द रहेछ । कसै लाई त्यती कै इज्जत दिनु पनि बेकार हो - इज्जत गर्न लायक पनि हुनु पर्दो रहेछ । जब कि त्यो दिए को इज्जत को प्रतिफल आफुले पनि इज्जत पाइयोस । नत्र कुनै अर्थ छैन । समयले डाडो कटेको पनि पत्तै भएन । आज १५ बर्श पछी त्यही नारी पात्र मेरो आगन मा बेहाल अवस्था मा उभिएको छ । एकान्त ,सुनसान्, चकमन्न दिउसै डर लाग्दो ठाउमा रहेको मेरो घर्, जब घर भित्र, जब आगन प्रबेश गरिन्छ सहजै आफ्नो पलको मिठास पाइन्छ । ति सुगन्धित फुलहरु, चरा च्रुङगि हरु, इटालियन ढुङाहरु ले सजाओट मेरो घर । शिर देखी पाउ सम्म हेरे, उ बोल्न सक्ने स्थितीमा थिएन । हातले इसरा गरी रही । ओठ चिरा- चिरा परेको थियो, त्यही ओठ बाट बगेका रगतका धारो देखेर साचै निकै दया लाग्यो । थाहा छ त्यही ओठ थियो - कुनै दिन ति बचनबाड ले मेरो मुटु चोइटा - चोइटा पारेको थियो । बिभिन्न झुटो आरोप् लगाइ जेल् हाल्ने प्रयाश समेत भएको थियो। मैले अहिले चाहे भने टुक्रा टुक्रा पारेर् लास गायब गर्न सक्थे तर अह म त्यस्तो कठोर पनि छैन। जे भए पनि उ कुनै दिन मैले अगाध माया गरेको मान्छे हो। हात हरुमा काडै काडाले घोचेका थिए। कुनै दिन् त्यहि हात हरुले मेरो मुटु भरि दाग लगाइउने कोसिस गरेको थियो। चाहिने भन्दा धेरै माया, असिम् मायाको प्रतिफल आज उनि ५५ बर्श पछिइ पनि मला सम्झेर आइन। मेरो अगाध स्नेह बुझ्न १५ बर्श लागे छ। शरणमा पर्ने आएकी लाई हरण गर्न चाहिन । समय धेरै बदली सकेको थियो । कुनै बेला मेरो सुकोमल मन ढुङै -ढुङा को प्रहार हरुले चट्टान बनाइ दिएको थियो । तर अचेल म कुनै अन्याय सहन्न । सहनै सक्दिन ।अहिले मैले चाहेको भए सिधै मृत्यु को उपहार दिन सक्थे तर म त्यती कठोर छैन । म अहिम्सा बादी मान्छे हो । युद्ध पटक्कै मन पर्दैन । कोही नारी पात्र मेरो शरणमा १५ बर्श पुरानो मेरो माया सम्झेर मेरै आगनमा जिबन को भिक माग्दै बिन्ती गर्दैछ, के म टुलु टुलु हेरेर बसु ?, देश मा युद्ध बिराम गर्दा मेरो बा ले करेसा मा फ्याकेको ति खिया लागेको बन्चरो उद्ध्याउदै छु। आज सुक्क- सुक्क गर्दै रोही रहे कि ति नारी पात्र घोप्टो परेर रुदै थिइन । केहि बोल्न नसक्ने अवस्था ति बलत्कृत आसु हरु कुनै दिन मेरो माया लाई त्यही आसु ले पखालेर लगेको थियो । हातले इसरा गर्दै थिइन । हात जोड्दै बिन्ती गर्दै थिइन। मैले यसरि कुनै नारी पात्र को चित्कार सुन्नै सकिन मेरो आफ्नै आमा दिदी बहिनि, प्रेमी सम्झेर आफ्नो कर्तब्य पुरा गर्ने कोसिस गरे । म तरबार हरु उद्ध्याउदै थिए, टिलिक्क तल्किने भइ सकेको थियो । मेरो रिस को आगो यसरि बल्यो कि उनलाई पिछा गर्दै आएका लुकेर मेरो घर घेरी रहेका एक जमात राक्षस हरु लाई उनकै आखा अगाडी यसरि तर्बार ले काटिदिए कि सात जुनि सम्म नि उन लाई सिधा नजर ले हेर्ने छैन अब । मेरो पछाडी बाट कोही भाला प्रहार गर्न खोज्दै थियो । फरक्क फर्केर बन्चरो ले टाउको मा यसरि हाने कि शरिर नै २ चोइटा पारिदिए। मेरो आगन भरी १० जना राक्षेस हरु को लास गनाइ रहेको थियो । बोरामा पोको पारेर नदीमा बगाइ दिए । आफै मा गर्ब गरे, हजारौ नारी हरु लाई शोसण गर्ने गिद्ध हरु को अन्त्य गरी दिए । मेरो उदय यसरि भयो । समय ले कहाँ बाट कहाँ पुर्यायो । जिन्दगी मा के सोचेको थिए आज के भयो । आफु ले आफु लाई कहिले ढाट्न सकिन कहिले कही लग्छ हे भागवन मैले कस्तो जन्म लिएछु । अचेल न्याय माग्न प्रहरी प्रासासन मा होइन म कहाँ धाउछन मान्छे हरु । कुनै दिन यस्तो थियो फुल टिप्न पनि डर लाग्थ्यो कडाले घोच्चकी भनेर तर समय ले यस्तो बनाएको छ आज देशको प्रसासन पनि आफ्नो १ इसारामा चल्छ । कानुन खुट्टा ढोग्न मेरो घरमा आइपुग्छ । मन्त्री हरु पैसा को बोरा बोकेर चुनाब जिताइ दिनु पर्यो हजुर भन्दै नमस्ते गर्ने हरु को लर्को छ । देशमा मन्त्री हरु मेरो एक फोन कलमा तर्सिन्छन । अचेल मलाई, पत्र-पत्रीका र मिडिया हरु ले छुट्टै नाम दिएको छ - मिस्टर डन.....  Written by Rajan Thapaliya क्रमस.... Last edited: 13-Oct-14 11:05 AM

Rajanthapaliya · Oct 13, 2014 11:02 AM · 10,989 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all