नगरकोटको बस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नगरकोटको बस Please follow the following link for the fairness to mysansar as the first publisher. I am copying and pasting here too; http://www.mysansar.com/2014/1... ----------- दुइ महिना सम्मको एक्दम् दवाबमुलक कामले थकित भए पछि अफिसकी साथि अमिला र म नगरकोट गएर अलिकता फ्रेश हुने बिचारले बिहानै बस् पार्क पुगिउं। अब बिबाह हुन बचेका साथि भनेनि, हितैसि भनेनि, सहकर्मि भनेनि यहि एउटि बाकि छे। अरु त सबै आ-आफ्नै बुढा; धेरै त बच्चा पनि र घर परिवारमा ब्यस्त भै सके। कहिले काहि भेटेनै पनि कता कता कुरा नमिले जस्तो; कुरा गर्ने बिसयनै सक्किदै गए जस्तो हुन्छ आजकल। कसरि घन्टौ कुरा गर्दा पनि नसकिने ति दौतरिहरुसङबाट म एकान्कि हुदै गएकि छु भनेर बेला मौका पिडा बोध भै रहन्छ। सायद आ-आफ्नो कर्ममा लेखेको भन्या यहि होला भन्छु र अतितलाइ बिर्सन्छु। उ पनि म भन्दा ४ बर्स जति कान्छि होलि। तर पनि उ मलाइ साथि भन्छे र म पनि। कामको चटारो यता घर र अफिस तिरै छाडेर हिडेकि म; उसै उसै निस्फिक्रि हराउन हिडेकि म। तेहि थोत्रो बस; तेहि खल्डा खुल्डि परेका सडकहरु र तेहि अस्त ब्यस्त उपत्यका पनि कति रमाइलो आज। मनै रहेछ सबै। कोटेस्वर पुगेर पुर्ब लागेपछि त नया सडक, फराकिलो। सनिबार; एकबिहानै; असोजको पहिलो हप्ता, दशै बोलाउन तम्तयार दिनहरु; अलिकता चिसो बिहानि; तर घाम उक्लदै गयेपछि न्यानो; कस्तो सुन्दर मौसम यो सरदको। र सङै सुन्सान सडकमा मेरो मन सङै दौडिरहेको मिनि बस्। “ओइ, कता हराइस” – अमिलाले कोट्याइ। झल्यास्स भए। त्यो खरिपाटि आर्मि क्याम्प काटेर उकालो लाग्न थालिसकेछ बस्। “यो उकालो नि हेर्न कस्तो पापि। कोट्याइ रहन्छ घाउहरु।” – म गलल्ल हासे। नहासेकि नि निकै भै सकेको रहेछ कि कसो। आफैलाइ अनौठो लाग्यो। मैले उसलाइ मेरा सबै काहानिहरु सुनाइ सकेकि छु। हामि आजकल मेरो सन्जिब सङको काहानिको मजाक उडाउछौ। रमाइलो हुन्छ। सायद भुल्ने उपाए पनि। हुन पनि १० बर्स भै सकेछ उ सङ यो उकालो चडेकि, अन्तिम पटक; उस्को पल्सरमा पछाडि बसेर। घुमौरो उकालोमा सरर मायाका कुरा गर्दै। लाग्थ्यो उ बेगर म जिन्दगि कसरि बाचुला। उ पनि कसम खन्थ्यो कहिलेइ नछोड्ने। तर कसम तोड्नकै लागि रैछ। म पनि बाचेकै छु; उस्ले छाडेर गएपनि। —————– नगरकोट पुग्दा घाम एक जुवा माथि पुगेको थियो। समयको पर्वाह छैन मलाई आज। बस स्टप बाट हिड्दै हामी पुर्वतिरको द्रिस्यावलोकन गर्ने डांडो पुग्यौं। कस्तो अतुलनिय प्राकृतिक सौन्दर्य प्रस्तुत गर्छ; नगरकोटले। खुला आकाश। हरिया उपत्यकाहरु। पारी डाडाको चौतारा बजार। उत्तरतर्फ हिमस्रिन्खला; सेता दांतहरु झैं लहरै उभिएका। मेरा जस्तै- कोही अलिक अग्ला, कोही होचा, कोही चुच्चा, कोही थ्याप्चा। पुर्व देखी पश्चिम सम्म। शायद कन्चनजङ्घा देखि अन्नपूर्ण धौलागिरी सबै देखिये हुन। सगरमाथा बिचतिर। सबै भन्दा अग्लो झै त देखिन्न, अगाडि अरु हिमालहरुले छेकेर। तर बनावटले स्पस्ट छ, यही हो सर्बोच्च सिखर। दुईजना भारतीय केटाहरु काठमाडौं घुम्न आएका; सगरमाथा कुन हो को असमंजसतामा रुमल्लियेका देखिए। म एउटी छु, जहाँ पनि जान्ने पल्टिहाल्नु पर्ने। यसो सगरमाथा देखाउने सहयोग के गरेकी थिए; “चाय पिएगी?” भन्छ मोटे। एक मनले त खाइदिउं न त, सित्तैको, के बिग्रिन्छ त झैं लागिरहेथ्यो। यो अमिला छे र निकाल्छे यस्ता अप्ठ्याराहरुबाट। तानेर लगि नमो बुद्ध देखाउने बहानामा। र साउति गरि – “तं त जो भेटेनी पोइला जाउं झैं गर्छेस।” “तेही भर त अझै बुढी कन्या बसेकी नि” – अन्जान अथार्थ छचल्कियो। तर बिस्म्रिती देखिनु अगावै हामी फेरी प्रकृतिमा हराइहालेउं। ———— धेरै बर्ष बितिसकेछन; नगरकोट नआएकी। कती छिट्टै बित्यो समय। पछील्लो पटक आउँदा मस्त यौवन थियो। र एउटा लक्का जवान पनि – बोइ फ्रेन्ड। अहिले ढल्किदै गरेको जोवन र मनका कुना कन्तुरामा कतै लुकेका बिरानीहरु; टुटेका निसानीहरु; मर्न खोजिरहेका आशाहरु; र ओइल्याइरहेका सपनाहरु। “म:म खाउंन! भोक लाग्यो!” – सोचाइमा टोलाएकि रहेछु। अमिला गर्जियी। कहिले काही लाग्छ यो बादल हो। गडगडाइ रहन्छे। जे होस्- यो गतिसिल छे र मेरा दिनचरियाहरु सहज छन। तर यो पनि बर्सन तयार छे। कस्लाई बगाउने हो खहरेले झै। कि आँफै थुनिने हो – एउटा तलाउमा – बलियो बांधले घेरिएर। “अगी सित्तैको प्रस्ताब छाडिस। छैन पैसा मसँग।” – कही गयो कि खुवाउने जिम्मा मेरै लगाएकी छे यस्ले। ‘हिन्न त’ भन्ने बुझी उस्ले। वा सानी छोरीले आमालाई घुर्क्याए झै। फुत्रुक्क डिल ओर्ली र टहरे पसलतिर लागि। म बिवस आमा झै पछी लागे। शायद सुसुप्त वात्सल्यपना घोलियो कि निमेसभरलाइ। ऊ छाप्रे पसलमा बस्न खोज्दैथी। “भो आज चौतारीमा खाउं।” ऊ बस्ता नबस्तै उठि – “किन सन्जिबले खुवाएको सम्झिस!” अनी केही प्रतिकृया नकुरी लागि कोर्से ओरालोतिर। गाडी हिंड्ने बाटै बाटो। यो सम्झना भन्ने बस्तु पनि ठाउँ कुठाउं झुल्की रहन्छ। अनी फेरी यो एउटी छे; कती छिटो पढ्छे अनुहार। यसबाट केही कुरा लुकाउन नसकेकोमा आँफै सँग रिस पनि उठ्यो। अनी फेरी सम्झे। यही एउटी छे र त कहिले काही मुटुका पत्रहरु केलाउने ठाउँ छ। नत्र त मन उहिले गाठो परेर चट्टानसरी हुदो हो। ————— चौतारी होटलको छतबाट हिमस्रिन्खला अझ मनमोहक देखियो। र Facebook मा हाम्रो Selfie हिमालसङै मुस्कुराउन खोजिरहेथ्यो – म:म आयो। ऊ एकै पटकामा दुइवटा घुसारी रहेथी। उसै पोक्चा गालालाई उचालेर पक्का भोटेनी देखियी। यस्को जीवन कती निस्फिक्री। केहीको डर, चिन्ता, पिर छैन। जे चाह्यो, गर्यो। कुनै सरम छैन। कसैको पर्वाह छैन। कहिले काही मलाई डाहा लागेर आउछ, यस्को जिन्दगी देखी। “केही सोमत छैन; बिहे नि कस्ले गर्ला यस्लाई!” – ‘तलाई कस्ले गर्यो त’ भन्लिकी भन्ने डर। तर आज केही बोलिन। रिसाएर हो कि; वा म:म को बिलको डरले; वा उमेर सङै केही सम्बेदनशिल हुँदै गएकी हो। म:म आधा गर्दै अचार हाल्दै बिस्तारै खाँदै थिए। अर्को म:म थप्दै धोत्रो सोर निकाली – “छिटो गर; तेरो जस्तो निस्फिक्री छैन हाम्लाई। ढिलो भयो भने बाउले सातो लिन्छन!” यो कस्तो संसार। ऊ मलाई निस्फ्रिक्री देख्छे। म उस्लाई। आफ्नो हिस्सामा परेको जीवन कसैलाई मन नपर्ने; शायद। मैले ३ वटा नसक्दै प्लेट रित्याइछ। “अर्काको मार्का केही भुझ्ने हैन; बिहेनी कस्ले गर्ला यस्लाई।” – छोरीबाट आमा पल्टियी अब। सम्बेदनशिल भैछे कि भनेको; के छाड्थी। अफसोस, यस्ले जे भनेनी भेट्दैन मलाई। हुनत आजकल कसैले भनेनी हत्तपत्त छुदैन। छाला पनि पिडा र बचनहरुले बक्लिदै गयो होला। मेरो बाँकी पनि उसैले सिध्याइ र तान्न थालि – ओरालोतिर। ————— स्टप पुग्दा नपुग्दै बस अाइपुग्यो। ठेल्दै मिसियौं भिडमा। बस चड्न। पछाडिबाट उत्ती धकेलाई खाइयो। यो सार्वजनिक यातायातको पिडा सधैं उस्तै। दिनभरी हाडछाला घोटे पनि एउटा स्कुटी चड्ने हैसियत बनेन कहिल्यै। एकतिस सिसिरहरु पार गर्दा के उपलब्धी गरे त! सोच्दा पनि बैराग लाग्छ कहिले काही। हामी उभिनै पर्ने भो। बसको पछाडितिर। ऊ बसको दाँयातिर फर्की। माथि ह्यण्डल समाएर। म उस्को बाँया पाखुरातिर फर्किए। Sleeveless लगाएकी रैछ, बल्ल पो याद भयो। कुम माथिबाट रहर लाग्द जवानीहरु स्पस्ठ देखिए। को होला यस्को भागीदार? उस्को नचिनेको पोइ को अनुमान लगाउदै यसो देब्रे तिर हेरेको – एउटा अधबैसे आँखा जुधाउन खोज्दै रैछ। मुर्दार। खलासी भाई कराको कराइ छ – “पछाडी सर्नुस् न ए दिदी। ए दाई। अलिक पर सर्नुस् न। ठाउँ छ दाई ठाउँ छ। आउनुस्। छिटो चड्नुस्। ए दाई पर सर्नुस् न। ए दिदी।” मान्छे हरु चढि रहे। ठेलामा ठेल गर्दै। सबैलाई आ-आफ्नो गूड् पुग्नै छ, साझ। यसैमा एउटा खदिलो ज्यान मेरो पछाडि लपक्क टासियो। स्पर्स बाट थाहा भैगो – यो कुनै कुखुरे बैसले उम्लिएको अल्लारे हो। भिडको नाजायज फाईदा उठाउन लागि परेको। नालायक। भिडमा यस्ता तुच्छ व्यबहारहरु भोगिरहनु पर्छ। बिसेसत उपत्यकाका यि गाडीहरुमा। त्यो आक्रिती अग्लो थियो; ६ फिट होला। म मुस्किलले ५ फिट। टाउको निहुर्यार अमिला र म बिचको सम्बेदन सिल क्षेत्रमा पनि ऊ नजर दिरहेको छ भन्ने स्पस्ठ छ। खलासी अझै मान्छे कोचिरहेछ। सलाइको बट्टामा काटी सरी। र त्यो नालायकलाई अझ अनुकुल बातावरण बनिरहेथ्यो। जती सक्दो टासिन। नितान्त ब्यक्तिगत क्षेत्रतिर। सिन्को छिर्ने ठाउँ छैन, सरौं भने। के गर्ने, गर्ने। एक्छिन उस्का कृयाकलाप बिचारिरहे। ———– यस्तैमा बस हिड्यो। बाटो उही हो। खाल्डा खुल्डी। साघुरा घुम्तीहरु। घच्याक घुचुक। अनी यस्तै मौकाहरुमा ऊ अझ खादिन्छ। हामीतिर। मैले केही नभनेकोले हो कि। ऊ अझै अगाडि बढीरहेछ।उस्का उचा निचा भुभागहरु स्पस्ठ हुँदैछन। भिडले थोपरेको परिस्थिती एउटा कुरा। नियत अर्को कुरा। उस्का अभयभहरुले आकर लिएका छन। र प्रत्यक मौकामा कहीं पुग्न जमर्को गरिरहेछन। सोच्न खोजिरहेछु; कुनै उपाएहरु। एक्कासी मनमा एउटा खयाल आयो। र फनक्क उतिर फर्किए। ऊ अत्ताल्लियझै देखियो। मुसुक्क हासिदिय। उसैलाई हेरेर। मख्ख पर्यो; लालायित आंखाहरुमा। पातला जुघाको रेखी – भर्खर १७-१८ को होला। म झन्डै उस्की आमाकी उमेरकी। त्यो थाहा पाएको भए यस्को व्यबहार तेस्तइ हुन्थ्यो कि हैन होला! दिमागमा यस्तै उस्तै सोचहरु आउँदैथिए। “नगरकोट गएर आउनु भाको?”- अर्थहिन प्रश्न निकाल्यो। या बोल्ने बाहाना निकाल्यो। उस्लाई पनि थाहा छ; मलाई पनि। सँगै चडेको थियो बस। ‘हो’ को भावमा टाउको हल्लाए। “तिमीनी?” – यस्तो फूच्चे छ। तपाईं भन्ननी मन लागेन। पछाडिबाट अमिला चिमोटी रहेकी छे। म फेरी कोही अल्लारे सँग पोइला जाउला कि भन्ने डर छ उस्लाई। ऊ मुस्कायो। शायद ‘तिमी’ मा आत्मियताको झनक र एक खुड्किलो अगाडि पुगेको अनुभुती संचार भएको होला – उस्को अनुहारमा। मेरो प्रश्न बिर्सियो वा जवाफ दिराख्नु नपर्ने ठान्यो। अर्कै प्रश्न लिएर अयो। “तिम्रो नाम?” – ऊ पनि तुरुन्तै खुड्किलो उक्लिएर ‘तिमी’ सम्म पुग्यो। शायद ३० सेकेन्ड भएको होला अहिले सम्म। हाम्रो वार्तालापको। रोमान्समा ‘तपाईं’ बाट ‘तिमी’ सम्म पुग्नु ठुलो फड्को हो। यत्ती छिटो दौडिएको सम्भावनाले ऊ आँफै असमन्जस देखियो। फेरी दिमागमा आयो। म ३१ बर्षकी अधबैसे हुँं भन्ने उस्ले मेरो अांखामा देख्छ कि नाइ। वा उस्लाई के मत्लब; उस्को मत्लब उमेर हैन-अरुनै हो; उत्तेजना। अमिलालाई अत्ती भईसक्यो। तानी। फर्केको; ‘यो के गर्दैछेस त?’ को भावमा बडेमानका अांखा पर्लक्क पल्टाइ। पहिला पहिला त उस्को त्यो नजरले डरै लाग्थ्यो। अब बानी परी सके। खिस्स हांसे र पुन: फर्किए – पुरानै दिशा तिर। “घरमा को को हुनुहुन्छ?” – मानौं म हुनेवाला सासु, ससुरा नन्द-देवरको सुची बनाइरहेछु। ऊ झनै अल्मल्लियो। अकमक्कायो। के भै रहेछ मेसो पाएन शायद। या सोची रहेको होला यो केटी त पट्टेली जस्ती छ। “घर कहाँ नि?” फेरी तेर्सिय म। कांडा हो कि फुल नछुट्टिने गरी। “यही ठिमीमा। ममी र बहिनी घरमा। ड्याडी बाहिर हुनुहुन्छ।” सोचे बाउ ब्यापारमै रुमल्लियो होला। आमालाई टेरेन यस्ले। वा आमा पनि बाउको सम्पत्तिमै भुलियएकी होलिन। यो फुकाएको सांडे सम्झदोहो आफुलाई। गाउंभरिका कोरलिहरु उस्कै जस्तो। “सानो सुखी परिवार।” म तारिफ नै गरिरहे। “तिमी कहाँ बस्छौ?” अब ऊ शहज देखियो। “सानेपा होस्टल।” – उसै फुत्कियो। “ए भनेपछी नर्सिङ गर्दैछौ।” “भन्नुपर्यो!” म मुस्काए – उस्का लागि। तर आँफै हासेकी। नुर्सिङ त गरेकी थिए, तर १२ बर्ष अघी। ऊ एक्छिन सोच्मग्न झै देखियो। “म तिम्लाई होस्टल सम्म छाडिदिउं?” – फुस्स हास्यो। य यसो पो सोची रहेको रहेछ। “म नि तेही सोची राथे। तिम्रो घर बाटैमा रहेछ, बरु म तिम्लाई छाडिदिन्छु नि।” ऊ झस्कियो। एक्छिन खै के सोच्यो? शायद आमा बहिनिलाई के भनेर चिनाउने भनेर सोच्यो कि? वा घर हैन अन्तै कही लग्न पाये भन्ने सोच्यो कि, उही जनोस। “मेरो दिदी को घरनी तेतै छ। केही हुँदैन।” मैले बातावरण सहज बनाइदिए। “तेसो भये हुन्छ नि त!” सुन्तला चक्लेट पाएको फुच्चे झै उजेलो भयो। नयाँ ठिमी चोक आए पछी अमिलालाई एसो आँखा झिम्क्यायर म नै अगाडि लागे। ओर्लिनलाई। उस्लाई अझै विश्वाश रहेनछ कि। ओर्लिएर देब्रे तिर लागे। ऊ मेरो दाँयातिर नजिकै कुम टासिने गरी हिंड्न थाल्यो। अनी फेरी के सोच्यो कुन्नी, अलिक पर गयो। अनी कती नजिक वा टाढा हिंड्ने को दोसाधमा ओर पर गरिरह्यो। मनोहराको पुल तर्ने बेलामा मेरो हात समाउन खोज्दैथियो, म सतर्क भए। ऊ पनि ठेगानामा आयो। पुल तर्ने साथ दाँया लाग्यो ऊ। किनारै किनार। —- डुन्दुङ्ती मनोहर गनाएर म रुमल्लिएको थिए। ऊ रणभुल्ल थियो शायद। यो के भै रहेछ र के गर्ने भन्ने निधो गर्न गाह्रो भै रहेको। दुई सय पाहिला जती हिंडे पछी ऊ देब्रे तिर मोडियो, अनी अर्को १०० पाहिला जतिमा दाँया तिर को सानो गल्ली छिर्न लाग्यो। कता कता डर लाग्यो। हुँदै नभएकी दिदिको घर कही हुने कुरा नि भएन। आङ सिरिङ्ग भो। सोधे – “यहाँ हो?” “हो, ऊ त्यो घर” – औलाले देखायो। चाइनिज इट्टाको ४ तले घर, माथि फुलै फुल, एकजना अधबैसे अाईमाई फुलमा पानि हलिरहेकी। यो गल्लिको अन्तिम घर उस्को रहेछ। ५० पाहिला जती होला चोक बाट। मार्बल वाला सिदी चडदै २ तला माथि पुगे पछी फलामको ढोकामा ताला लगाएको थियो। “तिम्लाई अप्ठेरो त लगेको छैन नि?” उस्ले आफ्नो अप्ठेरो मलाई पोख्यो। “किन लाग्नु, तिमी बाघ हौ र मलाई खाने?” १० बर्ष जतिकी फुचिले ढोका खोलिन; बुढाले ब्यापारको धुनमा शायद दैनिकी भुलेछन क्यारे; दुई सन्तानको बिच्मा ८ बर्षैको फरक। “हाइ!” – उस्ले चिने झै गरी; शायद यो कुनै नौलो कुरा थिएन कि? मैले केही मेसो पाइन। अरु ५ सिदी चडेपछी ह्वाङ आलिशान बैठक कोठामा छिरियो। “आमा यो मेरो साथी रस्मी” – ऊ निस्फिक्री देखियो। म अक्मक्किए, मैले त आफ्नो नाम झन्डै बिर्सेंकी रहेछु! नमस्ते गरे। यती राम्री आमा र बहिनीको बिचमा यो कसरी एस्तो गती छाडा जन्मिएछ! ऊ मेरो देब्रे तिर टास्सिन खोज्दै थियो, आमा मेरो अगाडि थिन, बहिनी दाँया। फनक्क देब्रे फर्किए; छालाको जुत्ता निकाले र भएभरको बल निकालेर ड्यम्मा उस्को गालामा पछारे। शायद कसैले केही भेउ पाउन सकेनन होला एक्छिन सम्म। “अब देखी कहिलेइ आट नगरलास चेलीबेटी माथि अनैतीक व्यबहार गर्न। नत्र कुनै दिन यिनै सानी बहिनी पनि तै जस्ता नालायकको फेला पर्लिन!” भनी सक्दा नसक्दै एकै सासमा तल झरे र दौडिदै चोकमा पुगे। बा कसैले खेद्दैछ कि भनेर फर्केर हेर्दा आमा र बहिनी छतबाट हेरी रहेका थिए। उस्लाई कतै देखिन। —समाप्त—

abiral_paridhi · Oct 11, 2014 7:46 PM · 5,741 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all