-एसिय प्यसिफिक न्युज बिउरो । गैर आबासिय नेपाली संघ थाइल्यन्ड का उपध्यक्ष दिल बहादुर् थापा (हरी ) ले आज बिहान आफ्नै कार्यालय को सौचालय मा पासो लगाई आत्मा हत्या गरेका छन् । आत्मा हत्या गर्नु अगाडि उनले मृत्यु पत्र समेत तयार पारेको र उक्त पत्र मा आफ्नी थाइ श्रीमती सग कुरा नमिलेको भन्दै दुई सन्तान् का धनी थापा ले आफ्ना छोरा लाई आफूले हिम्मत् हारेको तर तिमी हिम्मत नहार्नु बहिनि लाई हेर बिचार गर्नु भन्ने पत्र लेखेको त्यहा उपस्थित् नेपाली ले जानकारी गराए । थाइल्यन्ड मा ठुलो फुड कार्खना चलाएका थापा राम्रो ब्यपारी मा गनिन्थे साथै दुई कार्यकाल एन आर एन थाइल्यन्ड को उपध्यक्ष समेत रहेका थापा बहाल कर्यसमिती का उपध्यक्ष समेत हून । तत्कालिन महासचिब सुनिल खड्का थापा लाई सम्झिदै भन्छन् उक्त समय उपाध्यक्ष रहेका थापा चियङ माई स्थित रोयल फ्लोरा नेपाली गार्डन बनाउदा देखि हरेक सामाजिक क्रियकलाप मा अगाडि थापा इमान्दार ब्यपारी थिय । बिदेश मा सधारण नेपाली ले आत्मा हत्या गरेको पाइयता पनि स्थापित ब्यापारी ले आत्मा हत्या गरेको सम्भबत पहिलो घट्ना भएको थाइल्यन्ड स्थित नेपाली हरू बताउछन । आत्मा हत्या पछि को समाचार बजार मा आउँदा त्य्हा स्थित एन आर एन का बरिस्ठ हरूको उपस्थिती सुन्य रहेको मा धेरै उन्का शुभ चिन्तक हरू दुखित देखिन्थे । मातृभूमी का लागी युबा अभियान का अध्यक्ष, महसचिब तथा अन्य सदस्य हरू घट्नस्थल देखि अस्पताल सम्म देखिन्थे भने एन आर एन का पधधिकरी प्राय सुन्य थियो । उन्का गाउँले भबिन्द्र बस्नेत तथा अन्य साथीभाइहरू सफल ब्यपारी को आत्मा हत्या सग रहस्य जोडियको कुरा मा जोड दिदै थिय । बाग्लुङ जिल्ला मा जन्मिएका थापा १५ बर्ष अगाढी थाइल्यन्ड आइ ब्यवसाय सुरु गरेका थिय । मातृभूमी का लागी युबा अभियान थाइल्यन्ड रास्ट्रिय समिति का अध्यक्ष अकल बहादुर् थापा ले हामि सग कुरा गर्दै भने थाइल्यन्ड मा एक राम्रा निस्कल्ङ्क समाज्सेबी तथा सफल ब्यपरी को निधन ले आफू र आफ्नो सस्था स्तब्ध भएको साथै वहाँ को आत्मा को चिर शन्ती को कामना गरे र थपे रम्रो सग आत्मा हत्या को कारण पत्ता लगाइयोस । http://www.matribhuminepal.com...
cybernepali · Sep 30, 2014 7:37 AM · 1,627 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion