तिमीसँग एकान्तमा हुन मन लाग्छ सुनसानमा स्वासले स्वास छुन मन लाग्छ साउतीले मन साट्ने मात्र होइन चाहनालाई तृप्तीले धुन मन लाग्छ ** जीवन मात्र कहाँ हो र ? अव त रहर पनि तुहिन थाल्यो अरुको त चामल फल्यो रे, आफ्नो त पिठो पनि कुहिन थाल्यो थुपार्या छन् अरुले कुन्नि कसरी हो? आफ्नो त टाल्या टाल्यै गर्दा पनि सबथोक चुहिन थाल्यो ** पागल प्रेमीको नाम दिएको छ दुनियाँले, मलाई त सिर्फ मायाको भोक थाहा छ वरिपरि अरु हाँस्य नाँच्या छन्, मलाई त सिर्फ तिमी नपाउनुको शोक थाहा छ भन्छन् बौलाएँ रे, बेहोश छु रे, कहाँ छु ? कसरी छु ? केही थाहा छैन हो भुलेछु सबथोक मैले आजकल तर मलाई अझै तिमी हिँड्ने चोक थाहा छ ** तिम्रा आँखा कस्ता चुम्बक हुन् कुन्नि सधैं मलाई तिमीतिरै तान्छन् म जता जान खोजे पनि घुमिफिरी तिमीतिरै लान्छन् भुल्छु तिमीलाई भन्छु धेरैतिर मन डुलाउन खोज्छु तर मनका भावना अनि मायाका छाल तिमीतिरै मात्र जान्छन् http://merasabdaharu.blogspot....
santoshlmn · Sep 28, 2014 10:19 AM · 19,857 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion