doctor diary

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Last edited: 27-Sep-14 06:29 PM

metta · Sep 27, 2014 9:37 AM · 20,026 views

11 Replies

http://nagariknews.com/nagarik...

metta · Sep 27, 2014 6:35 PM

Doctor profession is not the caring profession we used to think before. These people get to play with peoples lives to make a lottle profit for themselves. Not everyone is like that but it is increasingly becoming a money making machine more than life saving institution.

shahi baba · Sep 28, 2014 9:51 AM

के साच्चैनै मेडिकल service /buisness एतै तिर जादै छ त? यो doctor को fictional diary मा कति सत्यता छ हो ला त?  here is the full story: http://www.nagariknews.com/nag... Note: Sorry Meta, I am reposting your post here. The link you provided is not active. २०७१ असोज ११ बेलुकी ४ बजे। ‘हुँदैन, पाँच हजारभन्दा सकिन्न,' म आवेशमा आइसकेको थिएँ, ‘मन लाग्छ ल्याउनुस्, नलागे नल्याउनुस्।' बिहानैदेखि कन्चट उम्लेको थियो। पैसाको मामिलामा म कसैसँग गल्नेवाला थिइनँ। /--> ‘नझर्किस्योस् न डाक्साप्,' फोनको अर्को खोँचबाट एम्बुलेन्स ड्राइभर बोल्यो, ‘हामी मिलेर गए पो आपसी भलाइ हुन्छ, हैन र?' मलाई सुन्नु थिएन, ओपिडीबाट लगातार सूचना आइरहेको थियो। ‘ल साढे पाँचमा,' मैले टुंग्याइदिएँ, ‘त्योभन्दा बढी सकिन्न। मेरोमात्रै केही चल्दैन, सबैको भाग पुर्यारउनुपर्छ।' फोन काटेर ओपिडी दौडिएँ। २५ जना लाइनमा रहेछन्। नेमप्लेटको ‘बाहिर'लाई ‘भित्र' बनाएँ। उतिखेरै मोबाइल बज्यो। सभ्यताले गरेकी रहिछ। ‘बाबा, नबिर्सिस्यो है,' कल बटन थिचेर कानमा राखिनसक्दै बोली, ‘जस्सरी पनि शोरुम गइसेला है आज।' मेरो दिमाग सही ठाउँमा थिएन। तारन्तार फोनको घन्टीले मेरो टेम्परलाई शून्यबाट सय पुर्याबएका थिए। ड्राइभरले दिउँसोदेखि १२ पटक फोन गरेर बार्गेनिङ गरिसकेको थियो। ऊ चाहन्थ्यो— बिरामी ल्याइदिएबापत अस्पतालबाट उसैले भनेजति पैसा पाइयोस्। त्यसमाथि बिहानैदेखि छोरीको स्कुटी किन्ने कचकच। यही कुरा उसले आजमात्रै तेस्रोपटक भनी। ‘काम सकेर फोन गर्छु, अहिले रिस नउठा,' ठाडै भनेँ, ‘जतिखेर पनि फोन गरिराख्नुपर्छ?' टेबुलको अगाडि टुप्लुक्क बसेका बूढा अलमल्ल थिए। ‘भन्नुस्, के भयो,' प्रेस्त्रि्कप्सन नोट खोलेर हेरेँ, ‘हर्कवीर राई, ५७, पुरुष, खोटाङ।' ‘पेट पोलेको पोल्यै गर्छ डाक्टरसाप्, आज पाँच दिन भो, खपिसक्नु भएन,' बूढाले गोजीबाट अर्को कागज झिकेर देखाए। वीरमा देखाइसकेका रहेछन्, पहिले। ‘कहाँ पोल्छ?' ‘ह्याँनेर' उनले नाभीवरपर देखाएर भने, ‘चसक–चसक भइराख्छ।' स्टेथेस्कोप लगाएर पेटमा दौडाएँ। थाहा छ– यसरी भुँडीमा दौडाउनुको तुक छैन तर पनि चित्त बुझाउनु न हो! ‘एपेन्डिसाइटिस हो, अपरेसन गर्नुपर्छ,' बूढाको अनुहारमा नहेरी भनेँ, ‘के गर्नुहुन्छ?' बूढाका चिम्सा आँखा एकाएक दुईगुणा ठूला भए। अनुहारमा अनिश्चयका धर्सा कोरिए। उनले सायद यति भयंकर खबर चिताएका थिएनन्। ‘ला, हो र?' टाउकोको टोपी खोलेर पसिना पुछे। दुवै ओठ च्यापेर भित्रभित्रै टोके। जीवनमा यो रोगको नाम उनले यसअघि कहिल्यै सुनेका थिएनन् सायद¬– आँखा फट्टाएर मलाई हेरिरहे। सोचेका होलान्– पेट दुखेको हो, डाक्टरले डाइजिन लेखेर पठाइदिन्छ। ‘यसलाई जति राख्यो, उति बिजोग हुन्छ, काटेर फाल्दियो भने जिन्दगीभरिलाई आनन्द,' मैले आश्वस्त पार्न खोजेँ, ‘पछि पछुताउनु नपरोस्।' उनी केही बोल्न सकेनन्। ‘कति लाग्छ डाक्टरसाप्?' अलि बेरमा मसिनो स्वरमा सोधे। ‘यहीँ गर्ने हो भने खासै लाग्दैन तर पालो पाउनै महिना दिन कुर्नुपर्छ,' कागजमा पेनकिलर लेख्दै भनेँ, ‘बाहिर छिटो हुन्छ, अलिकता पैसा लाग्छ। के गर्नुहुन्छ?' उनी फेरि एक छिन चुपचाप भए। घरीघरी खुजमुजिएको निधार दाहिने हातले पुछ्थे। भएभरको बल लगाएर लामो सास फेर्थे। अनिश्चयको दोबाटोमा उभिएर बाटो खोज्दै हिँडेको यायावरझैं उनी असमञ्जसमा थिए– हाउभाउले त्यसै भन्थ्यो। ‘अब बाहिर काँ जाने डाक्टरसाप्? मलाई केही थाहा छैन,' उनको बोलीबाट क्रमशः ओज हराउँदै गएको थियो, ‘पैसा ‘नि धेरै ल्या'छैन।' ‘केही छैन, आजै गर्ने होइन। पैसा त्यस्तै ५० जति खर्च हुन्छ, दुई–तीन दिनमा लिएर आउनुस् न,' मैले खरर भनेँ, ढोकाबाहिरको भीडले मलाई अत्याएको थियो, ‘बाहिर मैले नै अपरेसन गर्दिउँला बरु, हुन्न?' उनले औंला भाँचेर गनेजस्तो गरे– चुपचाप! कुर्सीबाट उठेर बूढाको काँध थपथपाएझैं गरेँ। उनले दुई–तीनपटक टोपीले मुख पुछिसकेका थिए। ‘अलि कम हुन्न डाक्टरसाप्?' निन्याउरो मुख लगाएर सोधे, ‘त्यत्रो पैसा कसरी जुटाउनु र मैले?' एकपटक फेरि बूढाको अनुहार हेरेँ। बुढ्यौलीले मुजा परेको निधारदेखि चिउँडोसम्म आँखा घुमाएँ। आकाशे कमिज घामले खुइलिएर आधा सेतो भइसकेको थियो। अलिकता चेपारे पारेझैं भनेँ, ‘टेन्सन नलिनुस् न, सब ठिक हुन्छ। दुई–तीन हजार घटाइदेऊ भनूँला नि म, आफ्नै मान्छे हुनुहुन्छ भनूँला।' बूढा मुसुक्क हाँसे। कलेटी परेका ओठ जिब्रोले भिजाए। ‘छिटै काटेर फालिएन भने मान्छे जतिखेर पनि चैट हुन सक्छ,' भित्ताको पोस्टर देखाउँदै भनेँ, ‘सानो र कामै नलाग्ने चिज हो, अहिले सुन्निएको बेला काटेर नफ्याँके र फुट्यो भने मान्छे जतिखेर पनि मर्न सक्छ।' बूढा फेरि अँध्यारिए। भिजेका ओठ क्षणभरमै सुके। ढोका ढकढक गर्योा। हातमा कागज लिएर असिस्टेन्ट लुसुक्क भित्र आई। ‘साह्रै गाह्रो भयो भनेर कराइरा'छन्, पठाइदिऊँ?' कार्ड देखाई, ‘इमर्जेन्सीमा ठाउँ नभएर यता ल्याएका छन्।' १५ नम्बरमा रहेछ पालो। ‘दुई मिनेट है त,' असिस्टेन्टलाई पठाएर बूढातिर फर्किएँ, ‘ल भन्नुस् छिटो, के गर्ने?' बूढा एकछिन गमे। आँखा चिम्म गरेर नानी यताउति घुमाए। ‘एक छिन फोन गर्छु है डाक्टरसाप्?' गोजीबाट थोत्रो मोबाइल झिकेर उनी निस्किए। ढोकाबाट अधबैंसे महिला छिरिन्, सायद लोग्नेसँग। टेबुलको मोबाइल घ्यारघ्यार गर्योट। काटिदिएँ। यो ड्राइभरको १३ औं कल थियो। महिला ‘अह...अह...' गरेर कराउँदै थिइन्। पुरुषले हात समातेर बिस्तारै कुर्सीमा बसाले र मलाई नमस्कार गरे। सोधेँ, ‘के भयो?' ‘पेट दुखेर मर्नै लागेँ डाक्साप्,' जोडबलले बोलिन्, ‘हिजोबाट हो।' फोन फेरि घ्यारघ्यार गर्यो । उही ड्राइभर। अब भने मेरो रिसले सीमा नाघिसकेको थियो। ‘एक्सक्युजमी,' महिलालाई संकेत गर्दै फोन उठाएँ। ‘भाइ अति भो, सोमत छैन?' हकारेँ, ‘मलाई तपार्इंसँग केही लिनुदिनु छैन, आफ्नो बाटो लाग्नुस्।' ऊ ओइलाएको आवाजमा बोल्यो, ‘होइन डाक्साप, म साढे पाँचमा तयार भएँ भन्न फोन गरेको हुँ, नरिसाइस्यो न त्यसरी।' ‘त्यसो भए पायोनियर लैजानुस्, म राममणिलाई भनिदिन्छु,' फोन काटेँ। ‘सरी,' महिलातिर फर्किएर सोधेँ, ‘पिसाब फेर्दा पोल्छ?' उनले ‘अँ' भनिन्। ‘तल्लो पेट पनि दुख्छ, ज्वरो पनि आयो बिहान,' उनले थपिन्, ‘अहिले पनि तातो छ।' प्रस्ट थियो– उनलाई युटीआई भयो। भनेँ, ‘पेटमा अन्न नपरेको कति भयो?' ‘बिहान १० बजे खाना खाएको, त्यसपछि पानीमात्रै हो,' छेउमा उभिएको लोग्नेले भने। ‘त्यसो भए तुरुन्त भिडियो एक्स–रे गराउनुस्। म लेखेर पठाइदिन्छु,' कागजमा ‘अल्ट्रासाउन्ड' लेख्दै भनेँ। ‘अस्ति एक महिनाअघि मात्रै गराको हो डक्टरसाप, सबै नर्मल थियो,' उनले ब्यागबाट रिपोर्ट निकालिन्। मलाई झनक्क भयो, ‘अब डक्टरले भनेपछि मान्नुस् न। छाया हेर्ने हो, छुटपुट हुन सक्छ।' मलाई थाहा थियो– त्यो भिडियो एक्स–रेले काम गर्थ्यो। ‘बाहिर युनिक प्याथोलोजी ल्याब भन्ने छ, डक्टर धनञ्जयले पठाउनुभएको भन्नुहोला।' उनीहरू टाउको हल्लाउँदै निस्किए। त्यसपछि पहिलेका बूढा छिरे। अनुहारमा उस्तै चिन्ताका धर्सा थिए। ‘के भयो कुरा?' उनी बसिनसक्दै सोधेँ, ‘अपरेसन गर्ने कि नगर्ने?' बूढाले लामो सास फेरेर भने, ‘गर्ने डाक्टरसाप्, जिन्दगीभन्दा ठूलो क्यै रै'नछ। बरु पैसा मिलाइदिनुपर्योह। ४० भन्दा सक्दै नसकिने भइयो।' टाउको कन्याएझैं गरेर मनमनै हिसाब गरेँ। उनको अपरेसनमा २५ हजारजति लाग्थ्यो। ‘ओहो, अप्ठ्याो पर्ने भो नि त। तैपनि म कुरा गरूँला। के गर्ने, आफ्नो अस्पताल परेन!' बूढालाई आश्वस्त पार्न खोज्दै थिएँ। एक जना सुग्घर मान्छे भित्र छिरेर टुसुक्क कुनाको कुर्सीमा बस्यो। ‘ल उहाँ पनि आउनुभो,' बूढालाई ऊतिर देखाउँदै भनेँ, ‘उहाँसँगै जानुस्, सबै मिलाइदिनुहुन्छ। चिन्ता नलिनुस्।' उसले बूढाको हात समातेर उठायो, ‘हिँड्नुस, म सबै बुझाइदिन्छु।' ऊ यानेकि राममणि उप्रेती। मार्केटिङ म्यानेजर, पायोनियर पोलीक्लिनिक, महाराजगन्ज। निस्कनुअघि मैले उनलाई बोलाएर कानमा सुटुक्क भनेँ, ‘रिजल्भिङ एपेन्डिसाइटिस जस्तो लाग्छ, एन्टिबायोटिकले पनि निको हुन्छ, भिडियो एक्स–रे रिपोर्टमा सिधै एपेन्टिसाइटिस लेख्न लगाउनू!' ऊ मतिर फर्केर ङिच्च हाँस्यो र बाहिर निस्क्यिो। बूढा फोन गर्न बाहिर निस्किनेबित्तिकै मैले राममणिलाई एसएमएस गरिसकेको थिएँ। ऊ सासै नफेरी दौडिएर आएको थियो। राममणि दिनहुँजसो सहरका सबैजसो सरकारी अस्पताल चहार्छ र बिरामी लिएर पायोनियरमा सुताउँछ। अलि सिरियस बिरामी आउनेबित्तिकै म उसलाई खबर गर्छु, ऊ सहरको जुन कुनामा भए पनि दौडिएर आइपुग्छ। ममात्रै होइन, मेरा धेरैजसो संगी त्यही गर्छन्। सोच्छु– बिरामीहरू अस्पतालमा उपचार गर्न होइन, सर्वस्व लुटिन आउँछन्। निजीले लुटेरै भए पनि बिरामीलाई सद्दे बनाउँछन्, हाम्राजस्ता सरकारीले सद्देलाई बिरामी बनाएर निजीमा लुटिन पठाउँछन्। र, यसमा मलाई कहिल्यै ग्लानि भएन। भोको पेटले कहिलेकाहीँ इमान बिर्सिन्छ, भरिएको पेटले त सधैं बिर्सिन्छ! म पेटको भोको थिइनँ! भोको पेट भर्न सजिलो छ, इमानको भोक मेट्न संसारमा कुनै औषधि बनेका छैनन्। बनेका भए पनि म कहिल्यै खान्नँ। ० ० ० त्यही बिहान ९ बजे— सभ्यता कलेज जाँदै थिई। उसलाई छाड्न गाडी स्टार्ट गर्दै थिएँ। एक जना मान्छे गेटनेर आएर ठिङ्ङ उभियो। ‘धनञ्जय सरको घर यही होइन?' उसले हातको कागज पढ्दै सोध्यो। ‘हो, किन आउनुभएको?' सभ्यताले सोधी, म बोलिनँ। ‘मलाई सम्यक फर्मास्युटिकल्सले पठाएको, डक्साप्सँग भेट्नु थियो,' उसले कुरा नलुकाई भन्यो। मैले आँखा सन्काएँ। छोरीको अगाडि कुनै पनि डिल गर्नु मलाई ठिक लाग्दैन। ऊ चुप लाग्यो। मान्छे आफ्ना सन्तानसँग बेइमान देखिन कहिल्यै चाहँदैन। र, म पनि मान्छे हुँ। पुलुक्क सभ्यतातिर हेरेँ। मेरो काम आइलाग्यो भनेर उसले बुझी सायद। भनी, ‘बाबा, म एक्लै गइहाल्छु, हजुर बसिस्यो न।' ऊ ब्याग भिरेर सरासर निस्किई। आकाशमा बादल भरिएको थियो। आज पानी पर्छ भनेर छोरी गाडीमै जान खोज्दै थिई। उसलाई हिलो मन पर्दैन। जन्मेदेखि सहरका पक्की बाटामा हिँडी। गाउँघरमा भनेजस्तो हिलोमा ऊ हुर्किइन। वा भनौं– मैले हुर्काउन चाहिनँ। ‘सरी डाक्साप् फर ब्याड टाइमिङ,' उसले औपचारिक वार्ता सुरु गर्योन, ‘छोरीको अगाडि आई डिन्ट मिन टु ह्युमिलियट यु।' ‘हैन ठिकै छ,' म साधारण देखिन चाहेँ, ‘भन्नुस के कामले पाल्नुभो?' उसले मेरो पूरै पृष्ठभूमि तयार गरेर ल्याएको रहेछ। ‘डक्साप्बारे त के भनुम् र, यो सहरमा हजुरजस्तो प्रोफेसनल डक्टर अरू कोही छैन,' उसले भन्यो, ‘वेल एक्सपिरियन्स्ड र वेल म्यानर्ड म्यान।' उसले मलाई तेल लगाएको हो या सही भनेको हो, बुझिनँ। तर, लाग्यो– सही भन्दै छ। तेल लगाउनुजस्तो ठूलो कला यो संसारमा केही छैन। म यो कलाको खुब सम्मान गर्छु। उसको हाउभाउ हेर्दा निकै खारिएको बिजनेस म्यान लाग्थ्यो। ‘हाहा, थ्यांक यु,' ङिच्च हाँसेर भनेँ, ‘ह्वाट क्यान आई डु फर यु?' त्यसपछि उसले बुझ्यो, सही समय आयो। ‘हामी भिटामिन र एन्टिबायोटिक बनाउँछौं, बंगलादेशी कम्पनी हो,' रातो छालाको झोलाबाट औषधि निकालेर देखायो, ‘सरले सहयोग गर्दिनुपर्योी।' औषधि हेरेँ। एमआरपी अन्य चल्तीका औषधिभन्दा महँगो थियो। ‘महँगो छ, मान्छेले समाउँछन्,' मैले भनेँ, ‘कसरी सहयोग गर्न सकिएला र!' ‘त्यो त हजुर र हामीलाई मात्रै थाहा हुन्छ सर, बिरामीले औषधिको मूल्य हेर्दैनन्,' ऊ निर्धक्क बोल्यो, ‘बरु के सहयोग गर्नुपर्छ भनिबक्स्योस्।' हुन पनि हो– तरकारी, चामल, नुन, तेल, जिरादेखि धनियाँसम्म किन्दा मान्छे बार्गेनिङ गर्छन्, औषधिमा गर्दैनन्। सायद त्यही भएर सबैभन्दा बढी मान्छे ठगिने व्यवसाय यही हो। कोही उँभो लाग्न कोही उँधो त हुनैपर्छ। ‘के सहयोग गर्नुहुन्छ?' मुख फोडेर सोधेँ। ‘हजुर के भनिबक्सिन्छ?' उसले पनि सपाट उत्तर दियो। ‘अम्... ह्वाट क्यान आई से? तपाईं आफैं भन्नुस् न।' उसले झोलाबाट लिस्ट निकाल्यो। त्यसमा थरीथरीका सामान र मूल्य खुलाइएका विवरण थिए। मेरा आँखा स्कुटीमा गएर अडिए। सभ्यतालाई चाहिएको पनि थियो। सधैं म गाडी लिएर उसलाई पुर्या्उन सक्दिनथेँ। भनेँ, ‘स्कुटी एन्ड ग्यालेक्सी एस फोर उड बी ओके फर नाउ।' ‘हस्,' गजक्क परेर हाँस्यो, ‘आई वाज अल्सो एक्सपेक्टिङ दिस। डक्टर सुदिनाले पनि छोरीको लागि भनेर यही रोज्नुभयो।' सुदिना हाम्रै अस्पतालकी गाइनोकोलोजिस्ट हुन्। ‘अर्को महिना यो पनि छ सर,' उसले लिस्ट देखाउँदै दोस्रो नम्बरको टिभी देखायो, ‘स्यामसुङको ४२ इन्च थि्रडी, ठिक हुन्छ?' मैले मुन्टो हल्लाएँ। ‘अस्पतालभरि १० महिना लगातार हाम्रो सहकार्य भयो भने यो पनि छ सर,' उसले लिस्टमा स्यान्ट्रो कार देखाउँदै भन्यो, ‘अरू धेरै छन्, तर सहयोग गरिदिनुपर्योछ।' म मुसुक्क हाँसेर ऊसँग हात मिलाएँ। त्यसपछि युद्ध जितेझैं गरी ऊ निस्कियो र अलप भयो। ऊ गइसकेपछि सम्भि्कएँ— उसको नाम सोध्नै बिर्सिएछु! तर, मलाई यिनीहरूको त्यत्ति भरचाहिँ लाग्दैन। एकपटक यस्तै टिपटप एमआर (मेडिकल रिप्रेजेन्टेटिभ) अप्वाइन्टमेन्ट लिएर आयो। निकै उत्सुकतापूर्वक लम्बेतान कुरा गर्योे। मुलुककै स्वास्थ्य क्षेत्रको ठेक्का लिएझैं गफ ठोक्यो। कुरैकुरामा आफ्नो कम्पनीका सबै औषधिको लिस्ट दियो र निस्किँदा मिठाईको डब्बा थमाइदियो। के गर्नु मैले? बाहिर बिरामीलाई बाँडिदिनुस् भनेर फर्काइदिएँ। संसारमा सबैले क्रमशः साथ छाड्दै जान्छन्, अस्पतालले छाड्दैन। अस्पतालले नछाड्दासम्म यस्ता एमआरले पनि हामीलाई छाड्दैनन्, हामी उनीहरूलाई छाड्दैनौं। यसैगरी इकोसिस्टम चलिरहन्छ। ० ० ० ५ः३० बजे। मेरो वार्डमा उही महिला र पुरुष आए रिपोर्ट लिएर। सरर हेरेजस्तो गरेँ। महिलालाई पिसाबकै इन्फेक्सन थियो। मैले सम्यक फर्मास्युटिकल्सकै एन्टिबायोटिक र तीन महिनालाई पुग्ने गरी भिटामिन लेखिदिएँ, ‘यही कम्पनीको यही औषधि लिनुहोला।' पर्चा लिएर उनीहरू निस्किएपछि राममणिलाई फोन गरेर बूढाबारे सोधेँ। उनी भर्ना भइसकेछन्, १० हजार खोजेर धरौटी पनि दिइसकेछन्। मेरो भागमा त्यसको ६० प्रतिशत पर्थ्यो। सम्भि्कएँ¬– कलेज पढ्दा एक जना सिनियर ग्यास्ट्रो सर्जन थिए, रामउदास। बिरामीलाई चाहिनेभन्दा धेरै र अनावश्यक औषधि लेखिदिन्थे। रातो छालाका झोला बोकेर आउने अनेक मान्छेसँग उनी बन्द कोठामा बात मार्थे। त्यसपछि एक किसिमको उर्दीझैं लाग्थ्यो– अरू कम्पनीका औषधि लेख्नै नपाइने। उनका सहकर्मी केहीले धर्मकर्मका कुरा गर्थे, पाप–पुण्यका कुरा सुनाउँथे। रामउदास भन्थे, ‘भाइ, गलत औषधि दिएर मान्छे मारेको छैन, औषधिका कम्पोनेन्ट सबै उही हुन्।' त्यही औषधिको जगमा उनले दुई वटा आलिसान घर र सम्पत्ति जोडेका थिए, महाराजगन्जमै। उनको रवाफ देखेर म जिल्ल पर्थें। खै किन हो, उनको जीवनशैली र व्यक्तित्वले मभित्र नचुँडिने जरो गाडेको थियो। म पनि उनीजस्तै बन्न चाहन्थेँ, बनेँ पनि। उनीजस्तै ग्यास्ट्रो सर्जन भएँ, उनीजस्तै घर बनाएँ, कार हुइँकाएँ। सबै फर्मास्युटिकल्सले तिरिदिन्छन्। कतिपयको नाम त म पनि सम्भि्कन्नँ। ६ः१५ बजे।  ओपिडी सकेर सुटुक्क बाहिर निस्किएँ। मेरो राउन्ड थिएन। सर्जिकल वार्ड र पोस्ट अपतिर केही परे हेरिदिनू भनेर एक जना जुनियरलाई अह्राएर पायोनियर पोलिक्लिनिक गएँ। अस्पताल छिर्नुअघि गाइँगुइँ हल्ला सुनेँ। आईसीयुतिर मान्छेको आउजाउ बाक्लिएको थियो। कोही नेतालाई ल्याए होलान् भनेर ध्यान दिइनँ। भीडको गनगन चर्को भइसकेको थियो। वरपर जम्मा भएका मान्छे एकरटले चिच्याइरहेका थिए। लाग्यो– कोही फुस्कियो। नत्र सामान्यतया मान्छे यसरी हल्ला गर्दैन अस्पतालमा। बाहिर असिनपसिन भएर उभिएको राममणिलाई सोधेँ। नजिकै आएर कानमा फुस्फुसायो। ‘बर्बाद भो सर, फसियो,' आत्तिएर भन्यो, ‘फेला पारे।' ‘भयोचाहिँ के?' ‘त्यही त हो, भेन्टिलेटर केस,' मान्छे नभएतिर तानेर कानेखुसी गरेझैं भन्यो, ‘ब्रेन डेड भइसक्या थ्यो, भेन्टिलेटर किन खाली बनाउने भनेर राखिराख्या थिम् रातिबाटै, अहिले अर्को केस आउने भएपछि निकाल्न खोजेको। आफन्तीले हाम्रो कुरा सुनेछन्। बर्बाद भो सर।' भीडमा अलि चर्का कुरा गरिरहेको अधबैंसे परबाटै चिच्यायो, ‘अघि दिउँसोसम्म ज्युँदै छ भनेर भेन्टिलेटरमा राखिराख्ने अनि अहिले अर्को बिरामी आउने थाहा पाएपछि मरिसक्यो भन्दिने?' राममणि ऊतिर गएर थामथुम पार्ने प्रयास गर्योउ। लगत्तै अर्की महिला रुँदै कराइन्। तरर झरेका आँसु छेउका अरूले पुछिदिए। सँगै उभिएका महिलाले उनको पाखुरा समातेर अड्याए। ‘होइन हजुर, डक्टरले भर्खर एक्सपायर भएको भन्नुभो,' राममणिले स्पष्टीकरण दिँदै थियो, ‘हामी त्यस्तो पाप काम गर्दैनौं।' अधबैंसे सरासर राममणिनेर आयो र च्याप्प उसको कठालो समात्यो। ‘हामीलाई उल्लू सम्झेको? केही थाहा हुन्न भन्ठानेको?' ऊ जर्फरिएर करायो। म चुपचाप तमासा हेर्दै थिएँ। यस्ता घटना अस्पतालमा हरेक दुई दिनमा भइरहन्छन्। हामीमा सहने बानी विकास भइसकेको छ। सबैलाई जोगाउने ठेक्का लिएका छैनौं पनि।  एक दिन भेन्टिलेटरमा राखेको शुल्क बिरामी हेरी १० हजारदेखि ५० हजारसम्म हो। त्यसको ४० प्रतिशत अस्पताललाई जान्छ, बाँकी ६० प्रतिशत भाग सम्बन्धित डक्टर, मेट्रोनदेखि पियनसम्म लाग्छ। मैले पनि पायोनियरमा थुप्रै केस पठाइसकेको छु। उता अस्पतालमा भेन्टिलेटर, आईसीयु, सीसीयुमा सकेसम्म राख्न दिन्नँ। मैलेमात्रै होइन, अरू धेरै डक्टरले त्यसै गर्छन्। त्यसैले म पापको एक्लो भागीदार छैन। राममणिलाई बोलाएर सुझाएँ, ‘हुलदंगा बढ्यो भने बेइज्जत हुन्छ, बरु भेन्टिलेटरको शुल्क चाहिँदैन भन्देऊ।' ‘एक लाख कसरी छाड्ने?' उसले भन्यो, ‘त्यसो गर्दा हाम्रो गल्ती पुष्टि हुन्छ नि!' ‘केही फरक पर्दैन, पहिले इज्जत जोगाऊँ,' मैले आश्वस्त पारेँ, ‘मसँग अरू चार वटा केस छन्, आजभोलिमा पठाउँछु, हिसाब मिल्छ, डोन्ट वरी।' राममणिको अनुहारमा चमक आयो। उसले अधबैंसेलाई छुट्टै कोठामा बोलाएर लग्यो। म रिसेप्सनतिर गएँ। आज ओटीमा दुइटा केस रहेछन्, दुइटै मैले पठाएका। मनमनै हिसाब गरेँ– मेरो भागमा ५५ हजार पर्ने रहेछ। लिस्ट हेर्दै गर्दा रिसेप्सनिस्ट जमुना फोनमा बिस्तारै बोल्दै थिई, ‘एकपटकको तीन हजारसम्म दिन सकिन्छ, त्यही पनि बिरामी हेरेर, कस्तो नबुझ्नुभएको!' उसले पुलुक्क मतिर हेरेर आँखैआँखाले इसारा गरी। पक्का थियो– लैनो माल आउँदै छ! फोनलाई हातले छोपेर भनी, ‘आईसीयुमा भर्ना भए एक हजार। आएर मलाई भेट्नुस्, भर्ना हुनेबित्तिकै १० हजार पाउनुहुन्छ, ह्यान्ड क्यास।' अर्कोतिर बोलेको आवाज सुनिनँ। कुनै एम्बुलेन्स ड्राइभरले फोन गरेको होला सायद। अलि बेर कुरा गरेर फोन राखेपछि उसले मलाई भनी, ‘ठूलो आन्द्रा काट्नुपर्ने छ रे, बुटवलबाट हिँड्दै छन्।' म ङिच्च हाँसेँ। ० ० ० ७ः१० बजे। अस्पतालका डाइरेक्टर पुण्य रजौरियाले आत्तिँदै फोन गरेर बोलाए। पायोनियरमा भर्खर ओटी सकेर हात धुँदै थिएँ। गाडी स्टार्ट गरेर दौडिएँ। पुण्यले तीन महिनाअघि मात्रै राजनीतिक नियुक्ति पाएका हुन्। वरिष्ठता मिचेर ल्याइयो भनेर हाम्रा केही असल साथीहरूले आन्दोलन गरे। सारा मिडियाले खेदो खने। तर, उनी डगमगाएनन्, राजीनामा दिएनन्। अप्ठ्यारो पर्दा मैले उनको काँध थप्थपाएको थिएँ। मलाई थाहा थियो– उनलाई अप्ठ्यारोमा साथ दिने हो भने यहाँ रहुन्जेल मलाई कसैले छुन सक्दैनथ्यो। भन्थेँ, ‘तपाईं नआत्तिनुस्, यहाँ हजुरका कोही नभए पनि म छु।' पुण्य अस्पताल छिरेदेखि धेरैजसो निर्णय लिँदा मेरो सल्लाह माग्थे। म पनि उनको बफादार थिएँ। आपसी फाइदाका कुरामा हाम्रो मन सधैं एउटै हुन्थ्यो। ढोकाबाट नछिर्दै उनी आत्तिएर बोले, ‘अख्तियारको कुरा केही सुन्नुभो?' झस्किएँ। केही खबर सुनेको थिइनँ। ‘मलाई भर्खर पार्टी कार्यालयबाट फोन आयो, अख्तियारले टोली बनाउँदै छ रे यहाँ पठाउने!' उनी यसरी हडबडीमा बोल्दै थिए कि कुरो बुझ्न मैले दुईपटक सोधेँ। ‘के कुरामा नि?' ढ्यांग्रोले मेरो मुटुमा पनि सिल्का हानिसकेको थियो। ‘त्यै स्टोरको कुरामा भन्ने खबर छ,' थाप्लोमा हात राखेर उनी कुर्सीमा थचक्क बसे, ‘बर्बाद भयो, सबै सक्कियो।' मेरो दिमाग फनफनी घुम्यो। फिल्मको रिलझैं सबै फ्ल्यासब्याक देखेँ। सिलिङको पंखा आफ्नै गतिमा हुइँकिँदै थियो– बेखबर। पुण्य अस्पताल आएदेखि हामीले नयाँ व्यवसाय थालेका थियौं– सरकारले निःशुल्क अनुदानमा दिएका औषधि बाहिर फार्मेसीमा बेच्ने। हामी दुईमात्रै थिएनौं, फार्मेसी इन्चार्ज विजयदेखि भरियासम्मको नेक्सस थियो। सबै सबैप्रति बफादार। कहिलेकाहीँ राति ड्युटी छ भनेर म अस्पताल आउँथेँ र औषधिको लिस्ट बनाएर भरियालाई बोकाउँथेँ। त्यसको सम्पूर्ण हिसाब म राख्थेँ र महिनामा एकपटक कतै टाढा गएर हिसाबकिताब गर्थ्यौं। धेरैपटक त पुण्यकै कोठामा भागबण्डा लगाएका थियौं। त्यत्रो औषधिको रासबाट थोरै झिक्दा कसैलाई थाहा हुँदैनथ्यो पनि। यत्तिमा हामी ढुक्क थियौं। तर, थाहा भएछ। पसिनाले भिज्ने पालो अब मेरो थियो। पुण्य त राजनीतिक नियुक्ति लिएर आएका मान्छे। दुई–चार दिनमा उनी चोखिन्थे पनि। फार्मेसी इन्चार्ज विजय उति चिनिएको मान्छे होइन। मलाई त दुनियाँले चिन्छ! पृथ्वीको सम्पूर्ण बोझले टाउको थिचिएझैं भयो। बिहानै नुहाएको शरीर कमिलाले टोकेझैं चिलायो। भित्तामा गएर अडिएका आँखा त्यसपछि कतै गएनन्। एकोहोरोरिएँ। गोजीमा मोबाइल घ्यारघ्यार गरेपछि झस्किएँ। इमर्जेन्सीबाट डक्टर प्रकाशको फोन थियो। एकदमै आत्तिएको स्वरमा उसले मसँग केही सोध्दै थियो।  ‘पोइजन केस हो, मान्छे गइसक्यो तर इएसजी स्त्रि्कनमा फ्ल्याट नै देखाएन, इरेगुलर इम्पल्स देखाइरा'छ,' हडबडिएर भन्यो, ‘मैले केही डायग्नोस नै गर्न सकिनँ। लौ न, हेल्प गर्नुपर्योस।' यो सर्वथा नौलो कुरा थियो। मरिसकेको मान्छेको मुटुको धड्कन हुँदैन– यो ऊ पनि जान्दथ्यो, म पनि। मेडिकल साइन्सले पनि यही भन्थ्यो। ‘उसो भए मान्छे ज्युँदै छ, फेरि हार्टबिट चेक गर,' मैले सुझाएँ। ‘सबै हेरिसकेँ, छैन,' उसले विवरण सुनायो। ‘उसोभए मेसिन बिग्रियो, ट्रान्सफर गर।' मैले केही सोच्नै सकेको थिइनँ, दिमाग पूरै झ्याउँकीरी कराएझैं थियो। ‘सबै ठिक छ सर मेसिन, एकपटक जसरी पनि आइदिनुपर्यो।,' उसले कर गर्यो । टाउकोदेखि पैतला चिसा थिए। पेट बटारिएर एकाएक दिसा लाग्यो। ट्वाइलेट दौडिएँ तर आएन। पुण्यको हालत पनि उस्तै थियो। उनी पनि घरीघरी ट्वाइलेट छिर्थे, निमेषमै फर्किन्थे। सिंगो पार्टी र मन्त्रालयको निगाह भए पनि अहिले उनीजत्तिको एक्लो कोही थिएन, एक्लो र हतास! ‘नआत्तिनुस् हजुर, केही सोचौंला। अख्तियारमा मेरा आफन्ती छन्, कुरा गरौंला,' आश्वस्त पारेर उठेँ, ‘म एक छिन इमर्जेन्सी छिरेर आउँछु, प्रकाशले अत्यायो।' ७ः२५ बजे। म पसिन्यौल भएर भर्यािङ झरेँ। इमर्जेन्सीमा प्रकाशसँगै सुदिना पनि थिइन्। हात र खुट्टामा इसिजी लिड थिए। सामान्यतया मान्छे मरिसकेपछि हात र खुट्टामा लिड लगाइन्छ, ताकि मृत्यु भएको निश्चित होस्। इसिजी स्त्रि्कनतिर हेरेँ। मान्छे मरेपछि धर्को सिधा लाइनमा देखिनुपर्छ तर यसमा त्यस्तो थिएन। भूकम्प आउँदा देखिने सिस्मोग्राफिक हलचलझैं देखिन्थ्यो। पल्स छामेँ, सुनसान थियो। स्टेथेस्कोप मुटुमा लगाएँ, धड्कन थिएन। आँखा उघि्ररहेका थिए। यत्तिकैमा बाहिर एम्बुलेन्स करायो। स्ट्रेचरमा दौडाएर एउटा पुरुषलाई ल्याए। सँगै आएका आफन्ती रुँदै थिए। एम्बुलेन्सबाट झरेर इमर्जेन्सीतिर सोझिएपछि १३ वर्षजतिकी बच्ची मम्मी भन्दै चिच्याई र तिनै मृत महिलालाई अँगालो मारेर भक्कानिई। मेरो मन एकोहोरियो। झट्ट सभ्यतालाई सम्भि्कएँ। धेरैपटक मम्मी बिरामी हुँदा उसले यसैगरी अँगालो मारेर माया गर्थी। स्ट्रेचरमा ल्याएको पुरुष पनि पोइजन केस रहेछ। कुरा बुझ्दा खङ्ग्रङ्ग भएँ, लोग्ने–स्वास्नी दुवैले विष खाएका रहेछन्। लोग्ने स्ट्रेचरमा बेहोस थियो, स्वास्नी इहलीला सकेर अर्कै संसार गइसकेकी थिई। अख्तियारको खबर सुनेदेखि आधा मरिसकेको थिएँ म। त्यसमाथि इमर्जेन्सीको यो दृश्य देखेर शिथिल भएँ। ‘किन?' सँगै आएका बूढालाई सोधेँ, ‘के भएर?' महिलाका बुबा रहेछन्, सुँक्सुकाए। उनीसँग भन्ने केही थिएन सायद। प्रकाशले लोग्नेलाई चारकोल ख्वाएर उल्टी गराउन खोज्दै थियो, एकै छिनमा हात अरटि्ठएर कक्रक्क भए, सेता आँखा पल्टिए। सानी बच्ची झन् जोडले चिच्याएर रोई। ऊसँगै बूढा पनि भक्कानिए। सँगै आएका अरू दुई जनाले पनि पिलपिल गर्दै आँखा छोपे। मेरो मन जबर्जस्त हल्लियो। घटना यति छिटो अघि बढिरहेका थिए कि, के गर्ने, कसो गर्ने, सबै अन्योलमा थिए। बूढा हिँक्कहिँक्क गर्दै मेरोछेउ आए। ‘पैसा जति लाग्छ लागोस् तर छोरीलाई बचाइदिनुस्, यो नानी टुहुरी हुन्छे,' आँसु पुछ्दै उनले हात जोडे। उनको काँधमा हात राखेर भनेँ, ‘मन दह्रो बनाउनुस्, सकिने गरेकै छौं।' उनलाई भन्न सकिनँ– पैसाले औषधि किन्न सकिन्छ, जीवन किन्न सकिन्न। प्रकाश र सुदिनालाई छेउमा बोलाएर सोधेँ, ‘के अचम्म भयो यस्तो?' उनीहरूसँग पनि उत्तर थिएन। उत्तर नभेटाएरै मलाई बोलाएका थिए। ‘हामी पनि चकित छौं, मेसिन बिग्रिएको छैन,' सुदिनाले लामो सास फेरेर भनी, ‘यस्तो कसरी सम्भव छ?' एक छिन टोलायौं। आफन्तहरूको रुवाइ झन्पछि झन् चर्किंदै गएको थियो। ‘मेसिनले मरिसकेको नभन्दासम्म उठाउने पो कसरी!' आकाश बोल्यो। मैले हरेक उपाय सोचेँ। मरिसकेको मान्छेको शरीर जीवित भएको यो दृश्य मेडिकल साइन्सकै लागि आश्चर्यजनक घटना थियो। स्त्रि्कनमा हेरेँ, धर्सा तलमाथि भएर बगिरहेका थिए। मेरो दिमागमा झिल्का उठ्यो एकाएक। स्टेथेस्कोप लिएर सरासर महिलानेर गएँ र पेटमा राखेँ। त्यसपछि मेरा आँखावरपर पूरै अँध्यारो छायो। थचक्क छेउको कुर्सीमा बसेँ। सुदिना र प्रकाशले पालैपालो त्यही गरे। दुवै पालैपालो एकोहोरिए! ‘ओ माई गड,' प्रकाश अनायास करायो, ‘बच्चा?! सी इज प्रेग्नेन्ट!' त्यसपछि त्यहाँ भयंकर सन्नाटा छायो, बूढा बुङ्ङ जमिनमा ढले। मेरा आँखा तिर्मिराए। १२ वर्षे मेडिकल करिअरमा यसरी कुनै घटनाले मलाई मुटुमा सुइरोझैं घोचेका थिएनन्। ७:३५ बजे। प्रकाश हतारहतार पानी छम्किँदै थियो, मेरो गोजीको मोबाइल फेरि घ्यार्रर बज्यो। झिकेर हेर्ने जाँगर मरिसकेको थियो। बारम्बार भाइब्रेट भएपछि हेरेँ– सभ्यताको रहेछ। उसको फोनले बिहानैदेखि मेरो पारा तताएको थियो। म तर्किएर कुनातिर आएँ। ‘के भो?' म हाई टेम्पर्ड थिएँ, ‘एकपटक भनेपछि हुन्न? चौबीस घन्टा फोन गरेर कराइराख्नुपर्छ? तेरो फोन उठाउनेबाहेक मेरो अरू केही काम छैन?' ‘हैन बाबा, सरी,' ऊ लत्रक्क परी, ‘न्युज देखेर आत्तिएँ, के भो?' मलाई केही थाहा थिएन। इमर्जेन्सीको ट्रमाबाट उम्किनै सकेको थिइनँ। ‘के भो र?' म पनि आत्तिएँ। ‘हजुरको अस्पतालमा अख्तियारले छापा हानेको भन्दै छ टिभीले, ब्रेकिङ आइरा'छ बाबा,' ऊ एकदमै हतास सुनिई, ‘बाबा, मलाई कस्तो डर लाग्यो!' म छाँगाबाट खसेझैं भएँ। यस्तो लाग्यो– मेरो पैतलामुनिको धर्ती भासिएर पाताल पुगेको छ। सास घाँटीबाट तलमाथि कतै सरेन, रुद्रघन्टीनेर आएर तलाउझैं जम्यो। बर्खामा चम्किएको बिजुलीझैं मेरा आँखा वरिपरि चट्याङका बैजनी धर्सा देखिए। ‘डाइरेक्टर र एक जना प्यारामेडिक्सलाई समाएछ बाबा,' सभ्यता फोनमा एकनास बोल्दै थिई, ‘बट आई एम सो प्राउड अफ यु बाबा, हजुरचाहिँ त्यस्तो केही नगर्स्यो है, बरु मलाई स्कुटी सिस्कुटी केही चाहिन्न! हजुर्कै गाडीमा कलेज जान्छु!' म थचक्क भुइँमा बसेँ! मान्छेले आफूलाई अरूसामु जति देखाउन खोज्छ, उति उदांगो र नांगो हुन्छ। त्यसैले मैले छोरीलाई कहिल्यै आफ्नो वास्तविकता देखाइनँ र सोचेँ– मैले लाज ढाकेको छु। तर, आज लाग्यो– म लुगाभित्र पनि नांगो छु। भन्छन् नि– मान्छे भर्यााङ चढ्दा एक–एक गरी सिँढी उक्लिन्छ, चिप्लियो कि सिधै जमिनमा बजारिन्छ। म त्यसैगरी बजारिएको थिएँ! इमानको औषधि पाइए किन्दाकिन्दै म कति गरिब हुँदो हुँ! Last edited: 29-Sep-14 02:05 PM Last edited: 29-Sep-14 02:07 PM

Jhapali_Thito · Sep 29, 2014 1:52 PM

4 years of Undergraduate studies 4 years of Medical school 3-7 years of residency 1-3 years of fellowship for a specialty $150k-500k in tuition debt before graduating. And you think medical doctors should just take this profession as a voluntary service? To expect medical profession to be a charity service is blatantly wrong. Take it as any profession and respect it as a business. Nothing wrong for medical students to take it as an investment for their future. If you have the kindness to take it as a public service, even better.

Kiddo · Sep 29, 2014 2:00 PM

Ha ha Kiddo, By any chance, are you pursuing medical degree? Otherwise, how one could try to justify the acts described in the story in the name of ' for the return for their investment'? As per my understanding, every profession should have ethical/moral boundaries to follow. Think of the this, a professor has spent 4 years of undergraduate, 2 years of masters, 4 years of phd, 1, 2, 3 or more years of post-doc before getting a position. Though there is not much 'investment' in terms of money, the time spent alone accounts for a lot financially compared to some one who goes into the job right after undergraduate. With that account, should the porfessor start selling A+ es to get the 'return' for his investment?

Jhapali_Thito · Sep 29, 2014 2:25 PM

Jhapali brother, don't pull Fox News on me hai. My post was in response to yours and Shahi baba's post, before you deleted your post and posted an article. I never said the investment justifies the atrocities that you are referring to because the posted article wasn't their when I posted my reply. भएको पोस्ट delete गरेर अर्कै पोस्ट राख्ने, अनि अरुले येसो भन्यो भनेर भन्ने? यो त भयेननि सोम. Where is Yotabhayenanisom when you need him? Point I was making is don't take medical profession as different to any other profession. And no, I am not doing any medical course.

Kiddo · Sep 29, 2014 2:41 PM

It is turning to be a automobile garage mechanic. A doctor who worked under Cancer Specialist in a Privet Nursing Care Center, the caregivers know the patient is going to die in within couple days. Still the owner , the head hunch was doing more tests and was not necessary any more.  The family are very vulnerable and they do what ever the CareProvider suggest. Where is the ethics? We lost it and not only politician are corrupt , we , people in other professions are equally corrupt and if we are not in any position then our mind is corrupt. Being an young doctor could not digest it and change the job. Last edited: 29-Sep-14 02:55 PM

magorkhe1 · Sep 29, 2014 2:44 PM

The medical profession is not like any other profession because what your plumber, carpenter, computer fixer, etc does will not infuse harmful chemicals into your body resulting in lifelong issues is not death. That's why the medical profession cannot be just called another profession. If they are doing what is portrayed in the article then they should be punished.

funtush · Sep 29, 2014 2:45 PM

Funtush. I do see your view and I did think about it before I posted it. No matter what we say, medical profession does come with an enormous amount of responsibility. I can sit here and argue with you that any other profession can do equal (if not more) harm to you if they don't do it right; but you do have a point that medical profession does bear a sensitivity slightly of higher caliber than others. Still, to expect a medical doctor to conduct charity cases is not appropriate is the point I was trying to make. I have seen plenty of rude doctors and doctors who don't care-this could be dangerous. But I also don't expect them to have come to this profession merely for helping people.

Kiddo · Sep 29, 2014 2:49 PM

We can not generalize things about a profession. What we can generalize I think is that in Nepal like every other area the healthcare system is no doubt corrupted. This is from admissions (donation system), licensing as well as delivery ( for profit practices, hospital etc with little or no oversight about quality of care or cost control/competition). Just like how complicated and corrupt current system is we can not expect this to improve with few good minded doctors. System needs to change which will take generations!!

Yuvaraj · Sep 29, 2014 3:17 PM

Paisa kamaune mannsaye nai bhayeko bhaye business nai gareko theek.kina doctor banera manche thagera doctor jasto naam badnam garnu? Medicine ma paisa nadekhepachi chyau umreko jasto medical college ni banda hunthe.College ko abhabh bhayepachi sarkar lai medical college kholna pressure hunthyo ra sarkari college ta sasta nai hunchan. Yesari pahuch ra paisa le haina knowledge bhayeka le padhna pauthe ani medicine padhda lageko kharcha ko bahana banaudai public lai thagna ni paudaina the.

malvasia · Oct 10, 2014 12:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all