डन कुमार घैंटेलाइ गगन थापाले पालेको खुलासा ..भिसा मिलाएर विदेश भगाए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://dainikkhabarnp.blogspot... डन कुमार घैंटेलाइ गगन थापाले पालेको खुलासा ..भिसा मिलाएर विदेश भगाए ? समाचारहरु हेर्दा नेपालमा डन नपालीकन राजनिती गर्न नसकिने हो वा डनहुन राजनितिक नेताहरुको संरक्षण अनिवार्य हुनेहो ? भन्ने प्रश्न उठ्न थालेको छ । नेपाली कांग्रेस समर्थक नेपाली युबाहरु मात्र होइनकि नेपाली कांगे्रस भन्दा बाहिरका युवाहरुले समेत आशा र भरोसा गरेका कांग्रसी युबा नेता गगन थापाले पनि डन पाल्ने गरेको समाचार पढ्दा नेपालमा एक प्रकारको निराशा पैदा भएको छ । भखैरै मात्र कांगे्रसी युवा नेता एबं सम्बिधान सभासद गगन थापाले आफुले पालेका डन कुमार घैंटेलाइलाइ कानूनी दायराबाट जोगाउन भिसा मिलाइदिएर बिदेश पठाएका छन् । नेपाली अनलाइन मेडिया अनलाइन खबरका अनुसार प्रहरीले निगरानी बढाएपछि कुमार घैंटे भने विदेशिएका छन् । उनले केही दिनअघिसम्म कांग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापा र जगदीशनगरसिंह केसी लगायतको नाम लिँदै ठेकेदारहरुलाई धम्क्याएको प्रहरी स्रोतले जनाएको छ । घैंटेले गजुरमुखी निर्माण सेवा नामक कम्पनीलाई ठेक्का मिलाउन अन्य ठेकेदारहरुलाई धम्क्याउने गरेको पाइएको छ । गजुरमुखी निर्माण सेवा कांग्रेस सभासद जगदीशनरसिंह केसी लगायतको स्वामित्वमा छ । यदि गगन थापाले कुमार घैटेलाइ नपालेको भए वा कुमार घैटेबाट फाइदा नलिएको भए प्रहरीले खोजीरहेको कुमार घैटेलाइ कानूनी कार्यबाहीबाट जोगाउन गगनले भिसा मिलाउन किन स्वर्स लगाए ? केही महिना अघिसम्म काग्रस नेतृत्वलाइ आगामी एक वर्षभित्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचन नगरे नेताहरुको दास भएर पार्टीमा नबस्ने भनेर धम्क्याउने गगन आफैले डन पालेर बसेका छन् भनेर कस्ले संका गर्न सक्थ्यो र ? तर अहिले गगनले समेत डन पालेको समाचार खुलासा भएपछि मात्र गगनले कांग्रेस नेतृत्वलाइ किन त्यसरी धम्क्याएका रहेछन् भन्ने अनुमान गर्न सकिन्छ । तर त्यतिबेला हामी सर्वसाधारण जनताले भने बल्ल गगनले सही कदम चाल्न थाले भनेर मख्ख परेका थियौं तर उनको यो धम्क्याइको आशय भने आफुले पालेका डनलाइ सभासदमा मनोनित गराउन नपाएर पो पार्टी नेतृत्वलाइ धम्क्याएका रहेछन् भन्ने प्रश्ट भएको छ । अनलाइन खबरले अगाडी लेख्छ प्रहरीले कांग्रेसको आडमा गुण्डागर्दी गर्ने केही डनहरुको लिष्ट उतार्दै उपत्यकाको सुरक्षामा उनीहरु चुनौती बनेको ठहर गरेको छ । गगन थापाले त्यतिबेला निकै ठुलो स्वरमा सधै नेताहरुले जे गर्छन त्यसमा ताली पड्काएर बस्नुको औचित्य छैन । त्यसपछि यूवाहरुले नयाँ ढंगले सोच्नु पर्छ । समानुपातिको सूचि बनाउँदा नेपाली काग्रेस पार्टीले निर्णय नगरी महाराजगञ्ज दरवार र बुढानिलकण्ठ दरवारी मोर्चाको हुकुम प्रमाङगिबाट भएको आरोप लगाउँदै काग्रेसभित्र भागबण्डाको नाममा काले काले मिलेर खाँउ भालेको शैली देखिएको भन्दै चिच्याएका थिए । यसरी गगनले चिच्याउदै बोलेको प्रकाशन गर्ने समाचार पत्रहरुको मसी सुक्न नपाउदै गगनले डन पालेको समाचार प्रकाशन हुनु नेपालको दुभाग्य हो । यस्ता दुइ जिब्रे चरित्र भएका नेताहरुको कसरी बिश्वास गरिरहने ? त्यति मात्र होइन उनले त्यतिबेला पार्टीसँग पैसामा सभासद किनेका र आफ्न्त भएकाले सभासद बनेकाहरुवीच आफू बसेर संविधान निर्माणमा बहस गर्नु लाजमर्दो अवस्था भएको समेत गुनासो साक्षात्कारमा गरेका थिए । हुनत गगन थापा झुट बोल्न ढाँट्न र लुक्न र लुकाउन माहिर छन् । पहिलो सम्बिधान सभाको सभासद हुदा उनकि पत्नी, कांग्रेस नेता अर्जुननरसिंह केसीकि छोरी बेलायत बस्थिन् र बेलायतमै बच्चा पैदा गरेकी हुन् । त्यतिबेला उनी बर्षको तीन पटकसम्म बेलायत आएर सैर गर्ने गर्थे जबकि उनको जिम्मेवारी नेपालमा सम्बिधान लेख्ने थियो र त्यसैकालागि उनले भत्ता पाउंथे । नेपालबाटबाट लुकेर अर्थात पार्टी र सम्बिधान सभालाइ जानकारी नै नदिइ बेलायत आएको बेला मैले नै बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्समा उनी त्यतिबेला बेलायतमा भएको भनेर उनीबारे सकारात्मक समाचार लेखेको थिए । तर त्यतिबेला गगन थापाले एकजना प्यादा मसंग झगडा गर्न पठाएका थिए । प्यादाले गगन थापा बेलायत त्यतिबेला नआएको भनेर मसंग झगडा गरेपछि मैले पनि उनि नेपाल फकिर्ने दिन सम्म पर्खेर गगन नेपाल फर्किने दिन त्यो गगनको प्यादालाइ घरमा निम्तो गरें तर उसले मकहाँ आउन फुर्सद नभएको बतायो । किनकि उसले गगनलाइ हित्रो पुर्याउनु थियो । त्यो दिन देखि मेरो गगन थापा प्रति घृणा जागेको हो । गगनले खुलेर बेलायत आएको कुरा भनेको भए हुने थियो अथवा मैले लेखेको समाचारबारे चुप बसेको भए पनि कसैले उनको खोजी गर्ने थिएन । किनकि त्यतिबेला उनले त्यत्रो ठुलो कुनै अपराध गरेका थिएनन् । उनलेत आफ्नी धर्मपत्नीलाइ भेट्न आएका थिए । अव रह्यो कुरा सम्बिधान बनाउने वा उनले सम्बिधान सभासदका हैसियतले तलव खाएको तर लुकेर आफ्नो जिम्मेवारी छोडेर भागेको भन्ने कुरा । त्यसकालागि उनले बेलायत स्थित नेपाली कांग्रेसका नेताहरुसंग भेटी सम्बिधानसभा बारेनै छलफल चलाउन सक्थे । पार्टीलाइ जानकारी र प्रतिबेदन दिन सक्थे तर त्यसो नगरी बरु लुक्नेतिर र ठाँट्ने तिर उनी लागे ।

ashishme · Sep 26, 2014 10:13 AM · 8,989 views

10 Replies

Still better then you maobadi.

facebook · Sep 26, 2014 10:31 AM

ya, right. stupid khate

ashishme · Sep 26, 2014 10:33 AM

ASS-IS-ME, tero Comrade haru ley khoi ta ke garyo desh ko lagiii ? Badaaa Ayeee aru lai stupid bhanney. ROFL Ta justa gadha lai tero Comrade haru ley use garera stupid banaako dekhdainas kyarey(they are living in mansions and driving around in SUV while you come in here barking like their guard dog)    ke bhanney yesto bheda buddhi lai !! 

BathroomCoffee · Sep 26, 2014 1:22 PM

ha ha maobadi le yasko paisa swiss bank ma haldeko cha re.. he gets doggy treat changes in return for his barking in sajha

chaurey · Sep 26, 2014 2:26 PM

Why you guys comment on this fellow? He is just copying something that is in favor of Maoiest or in against any other than maoiest. Not worth even checking it. Why me, just to let you know that you do not need to waste you time if future if you see any post by this ass*****.

magorkhe1 · Sep 26, 2014 3:04 PM

ghaite khate sala mero dai Chakre ko lagi kaam garthyo sale khate, daine haat thiyo kunai jamanama, aile tei vayera po hero vako raicha, tyo gagan thapa vanne khate pani chor ho ek number ko fataha, dhoti ko katputali ho, yini haru vanda maobadi dherai ramra hoon, junai jogi aaye pani kanai chireka

divorceguy · Sep 26, 2014 6:59 PM

@BathroomCoffee देशको सभासदले एउटा अपराधीलाई प्रायोजित गरेर राखेको समाचार आउदा माओबादी पार्टी ले देश् लाई के गरेको छ भनेर बयान दियन पर्ने ? खुब जान्या छस खाते ! बोल्नु भन्दा पैले सोच्ने बानी बसा फेरी त भगौडे रास्ट्रघातीले अरुले देश् लाई के गरेको छ भनेर प्रस्न गर्ने ? जो चोर उस्कै ठुलो शोर ! पक्कै भ्र्स्तचारी कांग्रेसी चोर को सन्तान हुन पर्छ यो

ashishme · Sep 26, 2014 10:35 PM

मेरो लागी नेपाल का कुनै पनि अन्य दल का नेता माओबादी भन्दा माथि नै लाग्छन। हुन त सबै चोर नै हुन तर माओबादी ले जस्तो मान्छे मारेर बिदेसी को इशारा मा देस मा रक्तकांड मच्च्याएर सत्ता मा पुगेर पैसा मा लिप्त भएका छैनन । अशिमे त मुजी नि कुनै गाउ मा भेडा चाडाउन छोडेर माओबादी मा लागिस होला । तेरो गुरु बाऊ हरु ले तेत्रा लड़ाकू लाइ लोप्पा खुवायेर पठाय धनं त कुकुर को चाय भाग्य बलियो रैछ अमेरिका आउन पायेस । अझ एहा आएर नि तिनि हरु को तारीफ गर्न तलाई लाज लाग्दैन , य सरी त त माओबादी पो होस के को लाज घिन । तेरो बोलीसुन्दा नि लाग्छ त माओबादी को ड्राईवर खलासी संघ को मेम्बर थीईस । Divorceguy, चक्रे तिम्रो दाई रे !!! लोल ।। दाई डाका भाई बोका हाहा ।।

facebook · Sep 27, 2014 10:28 AM

Ass-is ME,"देशको सभासदले एउटा अपराधीलाई प्रायोजित गरेर राखेको समाचार आउदा माओबादी पार्टी ले देश् लाई के गरेको छ भनेर बयान दियन पर्ने ? "  हो त नि गधा, के गर्या छ देहक त नि !! ass इस मे," खुब जान्या छस खाते ! बोल्नु भन्दा पैले सोच्ने बानी बसा" खै बा हामी ले त केहि देक्या पनि छैन न त हामी सबै जना अन्धो केहि जान्या पनि छैन खालि तै मात्रै सबै जान्या एस्तो गधा लै के भन्ने !! तेरो सुप्रेमे कामरेड Prachanday को स्विस bank account ko balance देखा न त Ayy गधा !! लोल अस-इस-मै,"फेरी त भगौडे रास्ट्रघातीले अरुले देश् लाई के गरेको छ भनेर प्रस्न गर्ने ?" के त्येसो भए त जस्तै नेपाल बसेर innocent मान्छे हरु लै donation भन्दै लुटेर बस्नु पर्यो त ? लोल जबर्जस्ति अर्का को जमीन कब्जा गरेर बसु पर्यो त ? कि गाउ घर को मान्छे हरु लै जबर जस्ती किद्नाप गरेर बसु पर्यो  ...बडा अरु लै Ratra Ghati भन्दै हिड्छ यो गधा .. आफु हरुले देश लै DAYLIGHT MA Nepal ko RAPE  गर्या चाही देख्दै na  yo Ullu ley  ASS IS ME," पक्कै भ्र्स्तचारी कांग्रेसी चोर को सन्तान हुन पर्छ यो " लोल !! KEEP ON GUESSING तर WE KNOW YOU ARE A MAOIST BARKING DOG !! Last edited: 29-Sep-14 08:45 AM

BathroomCoffee · Sep 29, 2014 8:14 AM

Like Facebook said, Anyone is better than Maoists. Period. Just for an example: प्रचंडे को भाइ बुहारी Reading, UK मा चोरी गर्दा गर्दै पक्राउ फूल को गमला चोरी गर्ने क्रम मा पक्राउ ..२९० पौण्ड र ६ महिना त्यहाँ (चोरी गरेको ठाम मा) जान नपाउने गरि सजाय

collegefootballrocks · Sep 29, 2014 8:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all