काठमाडौं– हिन्दु धर्मका देवीदेवता उल्लेख भएको गीत गाउन अस्वीकार गरेको भनी विवादमा तानिएका गायिका अञ्जु पन्तले आइन्दा सबै धर्मका गीत गाउने बताएकी छन्। हाल वीरगञ्जमा रहेकी अञ्जुले बिहीबार नागरिकसँग कुरा गर्दै सबैखाले गीत गाउने धारणा सार्वजनिक गरेकी हुन्। 'सबै धर्म र भाषाका गीतप्रति मेरो समान सद्भाव छ। नितान्त व्यक्तिगत कारणले गर्दा मैले दुई वर्षदेखि अन्य धर्मावलम्बीका गीत गाइरहेको थिइनँ तर मेरो कारणले अन्य धर्मावलम्बीको मन दुखेको कुराले म दुःखी भएकी छु। आइन्दा सबै धर्मका गीत गाउनेछु,' अञ्जुले भनिन्। उनले आफूले क्रिस्चियन धर्म अपनाएका कारण बीचको समयमा अन्य धर्मका गीतलाई क्रिस्चियन बनाएर गाएको कुरा दुई वर्षअघिको घटना भएको जानकारी गराउँदै त्यसका लागि पनि क्षमा मागेकी छिन्। 'गाउने क्रममा गलामा आएको समस्या प्रभु येशुमा गएर सन्चो भएको कुरा साँचो हो र यही समयमा मैले गाएका केही गीतमा भगवान शिव, भगवान अल्लाह, भगवान साईको साटो अन्य शब्द राखेर गाएकी थिएँ। तर ती सबै दुई वर्षअघिका घटना हुन्। आजका दिनमा ती सबै कुरा अन्जानमा भएको हो भनेर आफूलाई सच्याउँदै त्यस्तो नगर्ने प्रण गर्दछु,' अञ्जुले भनिन्। उनले कुनै धर्मप्रति आफ्नो पूर्वाग्रह नभएको भन्दै आफूलाई जबर्जस्ती हिन्दु धर्मविरोधी भनेर दुष्प्रचार गर्ने प्रयास गरेकोमा भने चित्त दुखेको बताएकी छन्। 'अरु धर्मप्रति पूर्वाग्रह राख्ने मेरो उद्देश्य थिएन र रहने पनि छैन तर केही मानिसले मलाई धर्मसँग जोडेर गलत तरिकाले प्रस्तुत गरे,' अञ्जुले भनिन्, 'म मेरा श्रोताको मायाप्रति सदा अनुग्रहित छु र उहाँहरुको भावनालाई श्रद्धा गर्दछु। कृपया मलाई अन्यथा नलिनु होला भन्ने आग्रह गर्न चाहान्छु।' अञ्जुले अघिल्लो हप्ता सहदेव कोइरालाको शब्द संगीत रहेको दशैंको शुभकामना गाउन नमानेपछि विवादमा आएकी थिइन्। वीरगञ्जबाट काठमाडौं फर्किएलगत्तै आफू सबै धर्मका गीत गाउन तयार रहेको पनि अञ्जुले बताएकी छन्। भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस http://sacho-kura.blogspot.com...
cybernepali · Sep 19, 2014 7:31 AM · 1,099 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion