माया अन्धो हुन्छ भन्थे, भोगे पछि थाहा भयो, बिना गल्ति सफाई पाउन, ढोगे पछि थाहा भयो l जुन टिप्ने तारा झार्ने, कल्पनाको फल बल्ल, यथार्थमा जीवन ज्यूँदा,रोके पछि थाहा भयो l परीकोझैं सुन्दर रुप, गुलाबी ओठ देख्ने नजर, बाहिर बोक्रो ,भित्र खोक्रो , टोके पछि थाहा भयो l आहा! कस्तो आलिंगन थ्यो, अझ भित्रि मजा बेग्लै, ब्यर्थै रैछ जिम्मेवारी , ठोके पछि थाहा भयो l माया अन्धो हुन्छ भन्थे, भोगे पछि थाहा भयो, बिना गल्ति सफाई पाउन, ढोगे पछि थाहा भयो l @ रित्तो_ हात
Ritto Haat · Sep 13, 2014 11:50 AM · 14,611 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion