https://www.youtube.com/watch?... काठमाडौं, भाद्र ११ - रस्टी नेल्स् ब्यान्डले आँखामा लाग्ने जलविन्दुबारे सचेतना फैलाउन च्यारिटीको आयोजना गरेको छ । दरबारमार्गस्थित सिटी म्यूजियममा आयोजना गरिएको च्यारिटीबाट संकलित १ लाख ५२ हजार ५ सय रुपैयाँ सहयोग तिलगंगा आँखा अस्पताललाई हस्तान्तरण गरिएको छ । ब्यान्डका एकजना सदस्य डा. सुमन थापाले तिलगंगा आँखा अस्पताललाई हस्तान्तरण गरेका छन् । डा. थापा जलविन्दु विशेषज्ञ हुन् । आर्थिक अवस्था कमजोर भएका जलविन्दु बिरामीका लागि उक्त रकमबाट उपचार गरिने थापाले जानकारी दिए । रस्टी नेल्स् ब्यान्डले तीन घण्टासम्म नेपाली र अंग्रेजी २० वटा गीत प्रस्तुत गरेको थियो । ब्यान्डले जलविन्दुमा जनचेतना फैलाउन कोष स्थापनाका लागि अझै च्यारिटी शोको आयोजना गर्ने बताइएको छ । उक्त ब्यान्डले अक्टोबर ११, डिसेम्बर १३, २०१५ फेब्रुअरी १४, अप्रिल ११ र जुन १३ मा पनि सिटी म्यूजिममा च्यारिटी आयोजना गर्ने जारी विज्ञप्तीमा जनाइएको छ ।
Sajha Info · Sep 13, 2014 10:02 AM · 1,288 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion