मेरो रहर सँगै थोरै जहर मिसाई आए जस्तो l बित्यास पार्ने संकल्पको ठहर मिसाई आए जस्तो l हरेक कुराहरुको उल्टो उपस्थिति मात्रै देख्छु , खुसि सबै रित्याउने प्रहर मिसाई आए जस्तो l हरा-भरा निश्चल मेरो , भावनालाई टुक्र्याउन, बिथ्या रिसका झुण्डहरुको, लहर मिसाई आए जस्तो l हाँसी-खुसि, दुख-सुख, मिलाई पाईला चाल्ने मेरो , मनहरुमा स्वार्थ भर्ने, शहर मिसाई आए जस्तो l कुन निन्द्रामा देखुँ सपना ,कस्तो प्यासमा पिउँ पानी, दिनदहाडै फोहोर ढलको, नहर मिसाई आए जस्तो l मेरो रहर सँगै थोरै जहर मिसाई आए जस्तो l बित्यास पार्ने संकल्पको ठहर मिसाई आए जस्तो l प्रतिलिपि अधिकार @ रित्तो हात
Ritto Haat · Sep 11, 2014 7:37 PM · 15,064 views
वाह वाह वाह....सार्है मिठो...आर्को पनि जावोस साथी....
giordano · Sep 11, 2014 9:59 PM
धन्यबाद साथी /
Ritto Haat · Sep 12, 2014 3:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion