अन्जु पन्त ले "हिन्दु गीत" नगाएर बेठिक गरिन् ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सन्दर्भ : अन्जु पन्त ले "हिन्दुवादी" भनेर गीत गाउन अस्विकार गरेकी र भएको बिरोधको बारेमा | **************************************** केहि समय अघिको कुरो हो, घरमा पार्टी थियो | टन्नै पाहुना हरु हुनुहुन्थ्यो घरमा, अनि बियर सकियो | अतिथि देबो भव : पाहुनालाई त्यसै घर फर्काउन त भएन, नजिकै को ग्यास्टेसन गएँ | बियर सकिएको रैछ | त्यसपछी वाल्ग्रिन्स गएँ | हातमा २४ प्याक बियर बोकेर काउन्टर अगाडी उभिएँ | बुढी बुढी आईमाई बुर्खा लगाएर काउन्टरमा बसेकी थियिन | मेरो हातमा बियर देखेपछी उनले अर्को खैरेलाई बोलाईन र त्यसले मलाई बियर बेच्यो | मैले सोधें : "किन ?" उनले भनिन् : "मेरो धर्ममा रक्सि खानु हुँदैन , त्यसैले मैले छुन्न |" अनि मैले सोचें, ये हो त "फ्रीडम अफ रिलिजन" | ******************** नेपाल धर्म निरुपेक्ष भयो भनेको होइन ? अनि यो सबै बिरोध किन ? होला, अन्जु पन्तले भर्खर भर्खर धर्म परिवर्तन गरिन, त्यसैले नयाँ जोगी भईन , खरानी धेरै धसिन | तर यदि नेपालको कागजमा लेखेको कानुनकै कुरा गर्ने हो भने, अन्जु पन्त ठिक छिन् | "फ्रीडम अफ रिलिजन" भनेको आफुले चाहेको धर्म रोज्न पाउनु मात्र होइन, आफुले राखेको आस्थामा चोट नपुग्ने गरी मान्न पाउनु पनि हो | कि भनि नेपाललाई फेरी हिन्दु राज्य घोषणा गरेर बाँकी धर्मलाई बस्नै दिनु हुँदैन , होइन भने धर्म निरुपेक्ष हो पनि भन्नि, अनि एउटा क्रिस्चियनले गरेको कुरालाई हिन्दुले बिरोध गर्ने चाहिं सुहाएन | ************************ अब आस्थाको कुरा गर्दा, उनको वाक्यले हिन्दुको आस्थालाई चै चोट लागेन भन्ने तर्क हरु अवश्य आउंछन् तर यो बहस भनेको क्रिसचियनले गाई काट्न हुने कि नहुने भनेको जस्तै कुरा हो | सबै गाउँलेलाई ढोल पिटेर पो काट्न भएन, उनीहरुलाई काट्नै पर्ने हो भने वरिपरिका गाउँलेलाई नदेखाई, आफ्नै चार पर्खाल भित्र काट्न पाउनु पर्छ | उनले एउटा स्टुडियो भित्र दुई- चार जनाको बिचमा भनेको कुरालाई बाहिर ल्याएर यसरी बिरोध गर्नु चाहिं मलाई ठिक लागेन | तरै पनि उनले त्यसो नभनेको भए चै हुन्थ्यो | ******************************* अन्त्यमा, आफ्नो व्यक्तिगत बिचार यहाँ राख्दै फेरी पनि साझामा उपस्थिति जनाउँछु | सबै नयाँ-पुराना ब्रो हरुलाई नमस्कार :)

fuel tank · Sep 5, 2014 8:03 PM · 42,568 views

23 Replies · Showing 21 - 23
Page 2 of 2

Nagaera thik gari....kinaki yesko real aukat thaha paiyo. She does not deserve to be a popular singer. Kukkur lai ghiu khayo bhane bhutla khulkinchha bhanya jasto.....

GHORLEKABO · Sep 8, 2014 4:46 PM

आफु जापानको यौटा कुना ओकिनावा को पनि अनकन्टार ठाउँ मा बस्दा यौटी मिस्सिओनरि आइ | नेपाली बाहेक आरु भाषा पढ्न सक्दिन भनेर फ्यातफुत्ता नेपाली र जापानी भासमा भनेको २ दिन पछि बाइबल नेपालीमा नै ल्याइदि | ओके ओके भनेर पंचिना खोजेको के दिन्थी| अनि आती भयो भनेर नेपाली मा बम्किदिएको अहिले सम्म मुख देख्नु परेको छैन |

many · Sep 9, 2014 11:18 PM

शिव लिङ्गले पेल्न नपुगेकिहरु

bokaman · Sep 10, 2014 2:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all