चाहिन्न अबझैं गरेर गयौ l भएको धेर-थोर ,चरेर गयौ l कल्पनैं नसक्ने ति छुद्र शब्द, सन्नाटा भरि छरेर गयौ l चढ्थे सबै उकालो सिंढी, तिमि त भर्यांग झरेर गयौ l रिस, घमण्ड र अहंकारको पर्दा, च्यात्नै नसकी .हरेर गयौ l चाहिन्न अबझैं गरेर गयौ भएको धेर-थोर , चरेर गयौ l ~ प्रतिलिपि अधिकार रित्तो-हात संग l
Ritto haat · Sep 5, 2014 4:49 PM · 16,972 views
माफी एक सब्द नमागी कनै, यो जुनीलाई त मरेरै गयौ ;-)
futyakarma · Sep 5, 2014 5:18 PM
आफु त मर्यौ मर्यौ, मलाई किन जिउदो लास बनाई गयौ ? चाहिन्न अबझैं गरेर गयौ l भएको धेर-थोर ,चरेर गयौ l
Aamalaa · Sep 5, 2014 5:33 PM
इज्जत नहुनेको के कुरा गर्नु र! आंफुं-आँफैमा किरा परेर गयौ l
ritto Haat · Sep 5, 2014 5:37 PM
कत्ति गर्नु काम सुक्रबार पनि, आजको दिनको जागिर खाएर गयौ l :P
futyakarma · Sep 5, 2014 5:40 PM
के कुरा गर्नु र साथी कामको, मनको ढोकामा ताल्चा लाएर गयौ l
ritto Haat · Sep 5, 2014 5:43 PM
तेही ढोकाको ताल्चा खोलि भित्र छिरेको त, बुढीले झपारी आज नि ढिला आएरै गयौ ? Last edited: 05-Sep-14 06:12 PM
Aamalaa · Sep 5, 2014 6:08 PM
मेरीले भनि, घरमैं थियो नि त अंगुरको रक्सि, आखिर भट्टी सम्म लर्खरायेरै गयौ !!!
Ritto Haat · Sep 5, 2014 6:21 PM
रित्तो हात ब्रो एस्तो एस्तो खतरा कबिता हरु लेख्न कसरि आउछ हो,हामीलाई पनि येसो सिकाई दिनु पर्यो !
tanker · Sep 5, 2014 8:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion