एउटा पुरानो कविता भेट्टियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लौ कहाँ कहाँ बाट एउटा पुरानो कविता भेट्टियो. यहाको भित्तामा टास्न मन लाग्यो ------------------------------------------------------------------------------------------- म श्रीस्टीको सिर्जना सँग हराउने गर्छु म रोशनिको यात्रा सँग बिलाउने गर्छु। उशाको आगमनाको साथ प्रकृतिले दिएकी तिनै सितल् उशाको लालिहरु सँग म रमाउने गर्छु। बर्षा पछि मौलाएका कोपिलको साथ्, हात् सँग हात् मिलाई रमाउने गर्छु कल कल बग्ने झरनाक चुम्बन् हरु हो म त्यहि चुम्बनहरुको सम्झनामा रमाउने गर्छु, म रमाउने गर्छु। ष्रद्धा रुपि मन्दिरमा देवकि को सामु पूजाको त्यो थाली सँग आरतीको साथ दीपाका ति ज्योति सँग बिलाउने गर्छु, हो म बिलाउने गर्छु।।

futyakarma · Sep 4, 2014 11:50 AM · 14,139 views

6 Replies

श्रीस्टी , सिर्जना, रोशनी, उषा, आगमना, प्रकिर्ती, शितल, लाली, वर्षा, कोपिला, झरना, सम्झना, श्रदा, देवकी, पुजा, आरति, दिपा, ज्योति, वा futyakarma ब्रो १८ वटी सुन्दरी हरु को कस्तो राम्रो कविता , एती छोटो मिठो कवितामा एती धेरै सुन्दरी कति राम्रोसंग अटाउनु भएको, सार्है राम्रो, अरु पनि जाओश न त साथी |

Aamalaa · Sep 4, 2014 12:10 PM

धन्यबाद गेड़े साथि मन पराइदिनु भएकोमा | काम मा अल्छी लगिराको छ तेसैले पुरानो आफ्नो कृति खोज्दै पोस्ट गर्दैछु | एउटा अर्को: --------------------------------------------------------------------- उज्यालो खुला आकाशमुनी, आँखामा कालो पट्टी बाधिएको बेला पट्टी खोलेर खुला आकाशको उज्यालोलाई नियाल्न खोज्नुलाई यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने म मान्न तयार छु प्रिया हो म मुर्ख हुँ तर मेरो मुर्ख्याइमा मलाई आफुप्रती कुनै गुनासो छैन। सुन्दर संसार रचाएर तेही संसारमा रमाउने चाहना गर्नु, अनी तेही चाहनाको सपना देख्नुलाई यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने म कुनै सन्कोच बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ र मलाई मेरो मुर्ख्याइप्रती कुनै सिकायत छैन। तिम्रो अधरको मुस्कानलाई आफ्नो शिरको तिलक सम्झेर तेही तिलकको टिका लगाउनुलाई, यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने म कुनै हिच्किचाहट बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ अनी मेरो मुर्ख्याइप्रती मलाई कुनै सरम छैन। तिमी भन्छौ प्रिया तिम्रो सपना देख्न छोडिदेउ बरु भनन प्रिया बाँच्ननै छोडिदेउ बरु त्यो सक्छु शायद मनमा केबल तिमीलाई सजाइ, यदी तिम्रो सपनामा रमाउन खोज्नुलाई यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने फेरी पनि म भन्छु प्रिया मलाई मेरो मुर्ख्याइमा कुनै सरम छैन कुनै सन्कोच छैन ।

futyakarma · Sep 4, 2014 12:34 PM

उज्यालो खुला आकाशमुनी, आँखामा कालो पट्टी बाधिएको बेला पट्टी खोलेर खुला आकाशको उज्यालोलाई नियाल्न खोज्नुलाई यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने म मान्न तयार छु प्रिया हो म मुर्ख हुँ तर मेरो मुर्ख्याइमा मलाई आफुप्रती कुनै गुनासो छैन। = wari pari aadhyarochha aakha kholi herda... aadhyaro nai dekhinchha ni aakhan chimli herda.... (NARAYAN GOPAL) सुन्दर संसार रचाएर तेही संसारमा रमाउने चाहना गर्नु, अनी तेही चाहनाको सपना देख्नुलाई यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने म कुनै सन्कोच बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ र मलाई मेरो मुर्ख्याइप्रती कुनै सिकायत छैन। =ma sansaar jitne aant gardai chhu... matra timi mero aas bani deu (SABIN RAI) तिम्रो अधरको मुस्कानलाई आफ्नो शिरको तिलक सम्झेर तेही तिलकको टिका लगाउनुलाई, यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने म कुनै हिच्किचाहट बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ अनी मेरो मुर्ख्याइप्रती मलाई कुनै सरम छैन। =aadhar ko muskaan ta kehi haina... jaba timile jiwaan ma sajivta lyayaau... (DEEP SHRESTHA) तिमी भन्छौ प्रिया तिम्रो सपना देख्न छोडिदेउ बरु भनन प्रिया बाँच्ननै छोडिदेउ बरु त्यो सक्छु शायद मनमा केबल तिमीलाई सजाइ, यदी तिम्रो सपनामा रमाउन खोज्नुलाई यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने फेरी पनि म भन्छु प्रिया मलाई मेरो मुर्ख्याइमा कुनै सरम छैन कुनै सन्कोच छैन । =bipana nabhai baachi dine .. ma bhitra kaa mera sapana + baru bhani deu yo sapana ho... jo ho timro ani mero (NARAYAN GOPAL)

daum · Sep 4, 2014 2:17 PM

Damn Daum, didn't think about those ;-)

futyakarma · Sep 4, 2014 3:02 PM

फुट्याकर्म बन्धु , यो कविता त यहाँ साझामा धेरै पहिले पढेको .... तपाईंको पुनर्जन्म लिएर आउनु भए जस्तो छ ... फेरी अब नया सिर्जना गर्न थाल्ने कि भौते माड्साप ....

ThahaChaena · Sep 4, 2014 3:16 PM

लौ हो र भन्या ? जन्म त यहीनै हो बन्धु तर पहिला को अक्कौन्त खै कता गोलमाल भो भो नि ... नया सिर्जना चाहि गर्न त पर्ने हो खै आजकाल सारो अल्छी लाग्छहो मित्र बुढेस कालले छोएर हो कि

futyakarma · Sep 4, 2014 3:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all