उफ फेरी तीज आयो, मनका खुसि त्यसै हरायो, गहना चाहियो श्रीमती कराई, भोको भैसी गोठमा करायो, न त छ आँफु संग गांठ टन्न, न सकियो खुंखार डाँकु बन्न, होस् हवास त्यसै हरायो उफ फेरी तीज आयो, परश्त्रीहरुको झद्किलो फेशन, सुनै-सुनले धपक्क ढाकेका, पिठ्यु र कम्मर मर्काई , मर्काई, लौन जमिन थर्काई कति नाचेका जति पढे पनि सडेकै बुद्धि, नत्र गर-गहना किन दाँजेका?? उफ फेरी तीज आयो, मनमा फेरी हलचल छायो, स्वास्नीको कच् -कच्ले दिमागै खानी हामी दुखि-गरिब ,गहना खोज्न कहाँ जानी?? परम्परा ठान्थें , भेट-घाट गर्ने, दिदि-बहिनि मिलि रमाइलो गर्ने, संस्कृति हरायो , बिकृति गढ़यो, लौन हजुर मेरो ब्लड प्रेसर बढ्यो, यस्तै पाराले छोटीदै छ आयु , (भो ब्रत नबस प्रिय, यो तीज भो बिषालु )2, उफ फेरी तीज आयो, मनको शान्ति सबै हरायो, गरिब र दुखीको बिचल्ली गरायो !!!!!! उफ फेरी तीज आयो !!!!! ~~~~~~~~~Ritto-Haat@
Ritto Haat · Aug 30, 2014 11:28 AM · 9,156 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion