http://www.videokhabar.com/cur... बिचार - तर बाबुको मुख हेर्ने चाड- सिनेमा घरमा गएर फिल्म हेरेको जस्तो भएन र,……??? आफु लाई जन्म दिने बाबुको फोटो बर्ष भरी मेरो फेशबूकको भित्ता मा थियो तर आज बुवा को मुख हेर्ने दिन मैले त्यो मेरो बुवाको फोटो हटाएर तीजको फोटो हालेकोछु . हुनत नेपालमा बुवा को मुख हेर्ने आमाको मुख हेर्ने दिन भन्दा बडी मनाईने प्रचलन छ। यो कुरा भन्दै गर्दा समस्या श्रीजना हुन सक्ला तर मलाई थाहा भएको या जानकारी भए अनुसार अर्थात यदी मैले पडेको अध्ययन सही हो भने केटाहरु अली मतलब नगर्नी खाल्का या स्वभावका हुने र केटीहरु धार्मिक कुरा होस या चाड-बाडको कुरा होश या अन्य कुनै पनि कार्यहरुलाई केटाहरुले भन्दा बडी केटीहरुले सम्बेदन सिल तरिकाले लिन्छ्न र कार्य गर्छन् पनि। र छोरीहरुले आमा सँग जस्तो खुलेर नज्जिकिए पनि माया र सम्मान आमा लाई भन्दा बडी बाबुलाई गर्छन, सत्य हो तर किन कसरी र केका लागि आमालाई भन्दा बुवालाई बडी माया र सम्मान गर्छन् त छोरीहरुले । यो बिषयमा धेरै तर्क दिन सकिन्छ र एउटा बहसको बिषय बनाउन सकिन्छ . -हाम्रो नेपाल पुरुष प्रधान देश भएको हुनाले . -जन्म आमाले दिए पनि बंश या थर बुवाको हुने भएर -घरको मुख्य निर्णय बुवाले लिने भएर -बुवाहरु समाजमा महिला भन्दा शाहसी भएर -छोरीहरुको लगभग सबै कामहरु (सिक्ष्या देखी विवाह सम्मको ) कार्य बुवाले गरिदिने भ्एर -विवाह गरिसके पछि श्रीमानको स्वभाब पनि लगभग बुवाको जस्तो भएर -विवाह पछी बच्चा जन्म दिने बेलामा पनि छोरी भन्दा छोराको चाहना बडी भएर -श्रीमतिको जिउ भारी हुँदा पनि सिरानी माथी बुवाको फोटो राखी (उस्तै बच्चाको चाहना राख्ने भएर ) -छोराहरुला हिडडुल खेलकुद गर्न स्वतन्त्र दिने तर महिलाहरुलाई घरभित्र सिमित राख्ने प्रच्चलन भ्एर । यस्तै यस्तै अनगिन्ती कारण हरु हुन सक्लान छोरीहरुले आमालाई भन्दा बडी बुवालाई माया र सम्मान गर्ने गरेको।तर एउटा शब्दमा भन्नु पर्दा यो केवल माया र सम्मानको कुरा भन्दा पनि पारिवारिक सुरक्षाको लागि बाधिने डोरी हो भन्दा अतियुक्ती नहोला, तेती मात्रा कहाँ होर सोही डोरीको पिङ हाली बर्षमा एक पटक पिङ खेल्ने चलनको सुरुआत बड्दो छ आजकाल । मित्रहरु फेरी प्रसंगा जोड्न चाहन्छु । हाम्रो चाड बाडलाई अब केवल अरुको लागि देखाउने सिनेमा घरको एउटा सिनेमा जस्तो बनेको छ । जुन चित्रहरु हेर्दा त साचिक्कै होकी जस्तो पनि लाग्छ । कहिले हसाउछ कहिले रुवाउछ पनि तर त्यो चल्चित्र हेरेर बाहिर निस्किदा हामीलाई वास्तबिक जीवनको झट्का लाग्छ ये त्यो त केवल कपोकल्पित फिल्म मात्रा हो सत्य त होइन । अब काममा लाग्नु पर्यो । ठ्याक्कै तेस्तै सिनेमाघरको सिनेमा जस्तै देखिन थालेको छ आजकाल बाबुको मुख हेर्ने दिन अर्थात बाबु खुवाउने अौसिको चाड। बाबु-आमालाई ब्रीदाश्रममा लगेर छाड्ने बाबु आमालाई सधैंका लागि गाउँमा छोडेर सधैंका लागि बिदेश जान्छन, ३६५ दिन बाबु-आमाले कसरी दिन काटे होलान न त एउटा चिट्ठी लेक्छन न त एउटा फोन कल गर्छन् . न बुवा आमाको जन्म दिनै थाहा छ ? तर बाबुको मुख हेर्ने चाडको दिन पुरानो फोटो लाई ग्राफिक्स डिजाइन गरेर फेशबुकमा राखेको देख्दा सिनेमा घरमा गएर फिल्म हेरेको जस्तो भएन र,……??? सुशिल छेत्री टेक्सस अमेरिका —
nepali guru · Aug 25, 2014 11:58 PM · 12,828 views
बिल्कुल गलत लेखक महोदय | कसै कसैले आफैले जन्म दिएको निर्बोध बालकलाई त जन्मिने बित्तिकै मार्छन भने बृद्ध बुबा आमालाई वृद्धाश्रममा राख्नु अचम्मको कुरा हैन | तर अधिकांश नेपालीको मनको कुरा हैन त्यो | वात्सल्यता र ममता नेपाली मनले बिर्सिसकेका छैनन् | होला अर्ध नेपाली मनले बर्षमा एक दिन सम्झेला | बुबाको मुख हेर्ने र आमाको मुख हेर्ने दुवै पर्ब उत्तिकै महत्वका साथ् मनाइन्छ | मिठाइ, फलफूल लिएर बिबाहित नारीले बुबा आमाको मुख हेर्ने बिशेष संस्कार र घरमा भएका छोरा छोरीले गछे अनुसार मुख हेर्ने परम्परा खास गरी उपत्यकाका नेवार समुदायको बिशेष पर्ब हो | अन्य नेपालीले पनि आफ्नो आफ्नो परम्परा अनुसार मनाएका छन् | फेसबुक ले अलि प्रचारमुखी बनाएको छ | जन्म दिने, शिक्षा दीक्षा अनि जीवनको बाटो देखाउने आमा बाबुको सम्मान जति गरे पनि पुग्दैन | यो हाम्रो संस्कार हो, हामी ले बाच्ने संसार हो | न नाटक हो न सिनेमा नै |
rahulvai · Aug 26, 2014 10:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion