पुष्पकमल दाहाल ब्राम्हण उर्फ प्रचण्डले जवाफ दिनु पर्ने नौ वटा प्रश्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुष्पकमल दाहाल ब्राम्हण उर्फ प्रचण्डसंग हाम्रो ठूलो बिमति छ हामी उनलाई यी नौ वटा प्रश्नहरू सोध्न चाहन्छौ , नेता हुन भने जवाफ दिनेछन देश भँडुवा हुन भने हाम्रो भन्नु केही छैन । १) जातीय राज्य नेपालका कति प्रतिशत जनताको माग हो | २) बिश्वका कुन देशमा जातीयताले सफल राष्ट्र निर्माण गरेको छ ? ३) दश बाह्र जातिलाई तपाई नेपाल बाड्नु हुन्छ भने बहुसंख्यक नेपालीलाई कता धपाउनु हुन्छ ? ४) के केही जातीय राज्य बाड्दैमा... तपाईलाई आजीवन सत्ता प्राप्त हुन्छ भन्ने ठान्नु भएको छ ? ५) तपाईले जातीयताको पक्षपोषण गर्दा कम्युनिष्टहरूको बर्गसंघर्ष कुन रद्दीको टोकरीमा फाल्नु भयो ? ६) कम्युनिष्टहरू मान्छेलाई अन्तर्राष्ट्रिय जाति मान्छन , तपाईचांही कस्तो खाले कम्युनिष्ट हो मान्छेहरूलाई कित्ताकित्तामा बाँडेर कम्जोर बनाउने ? ७) के तपाईले जातीयताको रक्तरंजित खेलमा तपाईंको आफ्नो राजनैतिक भबिश्य सुरक्षित देख्नु भएको छ ? ८) के तपाईंले जातीयताको अस्त्रव्दारा बहुलबाद र लोकतन्त्र मास्न खोज्नु भएकै हो त ? ९) नेपाललाई लामो गृहयुद्धमा फसाउदा भारतले , चीनले वा अमेरिकाले ? कसले तपाईंलाई धन्यवाद ज्ञापन गर्छ त्यो गोपनीयता हामी निमुखा जनतालाई बताउन मिल्दैन' '? **कृपया यो पोस्ट सक्दो सेयर गरि नेताहरु माझ पुराउने कोसिस गरौ.......नेपाललाई बचाउने काम गरौ....**

nepalkoaawaz · Aug 23, 2014 1:11 PM · 8,990 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all