सुकुलमा बसेर ‘ब्लु फिल्म’ हेर्दा २०७१ भदौ ६ गते १३:५२ मा प्रकाशित विजयकुमार ३७ बर्ष अघि, जीवनमा पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्नहेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेको थिएँ । सुकुलमा बसेर भिडियो हेर्नुपर्ने । दस रुपैयाँमा । सेनेमा हलको बाल्कोनी टिकट पाँच रुपैयाँ पर्ने जमानामा सुकुलमा बसेको दस रुपैयाँ धेरै ठुलो कुरा थियो । हुन त चिज पनि उसले ठुलै देखाउथ्यो ! त्यसैले दर्शक दस रुपैया बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेट्टी भन्थ्यो ‘यहाँ डराउनै पर्दैन । फस्ट सो म पुलीसको हाकिमलार्इ देखाउँछु । दस रुपैयाँमा तीन रुपैयाँ कमिसन पनि दिन्छु । मस्त भएर हेर मोरा हो ।’ हेर्दै जाँदा शरिरमा काम ज्वरो आयो । सतीसावित्री टाइप हिन्दी सेनेमा हेर्ने बानी परेको म, गोरागोरीको कब्बडी देखेर झण्डै मुर्छा परेको । हिन्दी सेनेमामा मेरी प्रिय नायिका मिना कुमारी घुम्टो पनि बडा मुश्किलले निकाल्थिन । घु्डा भन्दा माथीको भाग देखाउलिन भनेर त दर्शकले कल्पना पनि गर्दैनथे । तर यहाँ ! मखन गल्लीकी गोरी त फस्ट सिनमै – छि – हामी जस्तो लाजै नमान्नेलार्इ समेत लाज लाग्ने गरि काले भुसतिघ्रेसित कब्बडी खेल्न थालिन् । मैले तिन दिन ‘सुकुलमा बसेर हेर्ने फिलिम’ हेरे । तेस्रो अनुभव कहिलै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रिनमा, औंसीको रात भन्दा पनि कालो हब्सी, पुर्णिमाको चन्द्रभन्दा पनि गोरीसित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिए पछि कोठामा बत्ती बल्यो । उज्यालोमा देख्छु त, ए राता मकै , हाम्रो टोलमा ब्रम्हचर्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहिँ सुकुलमा ! हामीले एकअर्कालार्इ नदेखे झै गर्यौं । दुबैको भलाइ त्यसैमा थियो । ( भाद्र २७ गतेदेखि बजारमा आउने विजयकुमारको पहिलो पुस्तक ‘खुसी’ का अंश हुन्, जसलार्इ उनले फेसबुक पेजमा राखेका छन् । ) - See more at: http://www.onlinekhabar.com/20...
_____ · Aug 22, 2014 3:47 PM · 5,712 views
"Bijay ji le film hereko kura mattrai lekhnu bhayechha. Film herisake pachi “haath ko kamal” deko chahi lekhnu birsanu bhaye jasto chha…" one of the epic comments!
lamopuri · Aug 22, 2014 7:20 PM
हाम्रा बा ने भी इक बार जाँडके सुर में बताया था के उसने ब्लु फिलिम हेर्नेके बादके जोशमें मुझको पैदा किया था| मिथुनके कसम पैदा कर्ने फिलिम देख्नेके बाद उसने बताया उसको फिरी में अस्लिल फिलिम का पहिलो पटक दर्शन हुवाथा | उसिके जोशका नतिजासे मुझे पैदा किया कसम से | इसिलिए सम्पुर्ण पोर्नसे आभारी हु नही तो इस दुनिया में नही होता ना
bokaman · Aug 22, 2014 7:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion