चरीको लास एमालेले उच्च सम्मान सहित भोली जलाउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

www.videokhabar.com topnepalnews.com ६ भदौ, काठमाडौं । गुण्डागर्दीका नाइके दिनेश अधिकारी चरीको लास भोली जलाइने भएको छ । प्रहरीसँगको मुडभेडमा १८ दिन अघि मारिएका चरीको लास शिक्षण अस्पताल महराजगञ्जमा रहेको छ । चरीको लास भोलि १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका दाजु धु्रव अधिकारीले बताएका छन् । प्रहरीले चरीको मृत्यु भएको समयमा उनले लगाएको कपडा प्रहरीले परिवारलाई उपलब्ध गराउने बताएपछि लास जलाउने भएको चरीका दाजु ध्रुवले बताए । चरी काठमाडौंको भीमढुंगा–६, नर्सरी भञ्ज्याङको ठूलो धारा भन्ने ठाउँमा साउन २१ गते साँझ ५ बजेतिर मारिएका थिए । हिजोमात्र सर्वोच्च अदालतले चरी हत्यामा हनुमानढोकालाई उजुरी नलिनुको कारण पेश गर्न भन्दै १५ दिनको समय तोकेर आदेश दिएको छ । मृत्यु भएका चरीका दाजु ध्रुवका अनुसार प्रहरी इन्काउन्टरमा मारिंदा चरीले लगाएको लुगा प्रहरीले डाक्टरलाई समेत उपलब्ध नगराई आफैंसँग राखेको थियो । यसैविच भोली एमालेमा युवा नेताको छवी समेत बनाएका गुण्डा नाईके चरीको दाहसंस्कारमा युवा दस्ता युवासंघले ठुलो र्याली सहित शव शिक्षण अस्पताल देखी पशुपती आर्यघाट लैजाने भएको छ । चरीलाई दागवत्ती दिने बेलामा एमालेका शिर्ष तहका नेता समेत पशुपती आर्यघाटमा आउनुका साथै उनको शवमा एमालेको झण्डा ओढाइने भएको युवासंघका एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।

nepali guru · Aug 22, 2014 3:39 PM · 11,217 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all