नेपालमा अब केही कुराको टेन्सन रहेन । कान्तिपुर पत्रिकाको ग्राहक बन्दा गाडी उपहार, नागरिकको ग्राहक बन्दा घर उपहार, राजाधानीको ग्राहक बन्यो इलेक्ट्रोनिक सामान उपहार ! जाडोमा अलिकती लुगा फाटोको जरुरी थियो त्यै पनि "अन्नपूर्ण पोस्ट" ले पुरा गरिदिने भएछ-एक जोर ट्र्याक सुट दिएर । छोरा छोरी पढाउनु पर्यो किताब देखी स्कुल फि सम्मको जिम्मा चाउचाउले लिएकै छन् । फोन गर्नु पर्यो ncell ले सित्तैमा दिन्छ । नगद चाहियो बैकहरु हामी छौ भनिरकै छन । खानेकुरा पोषण र स्वास्थ्यको त झन चिन्तै भएन. भिटामिन, मिनरल, खनिजलगायत शरीरलाई चाहिने सम्पूर्ण चिज चाउचाउमै छ्दै छ । एउटा चाउचाउ खायो अरु केही खानै परेन । गएछन दु:खका दिन ! चिन्ता देशको थियो त्यैपनी "राष्ट्र निर्माण हाम्रो जिम्मेबारी" भन्दै डन्डी र सिमेन्टले पुरै देश बिकासको जिम्मा लिइहाले । अब नेताको पनि केही काम भएन । अब संबिधान नबन्ला कि भनेर पनि चिन्ता गर्नु परेन एक बर्ष भित्रमा हामी बनाउछौ संबिधान भन्दै कुनै नयाँ सिमेन्ट फ्याक्ट्रि खुल्ला नि ! गएछन् दु:खका दिन........ #copied
jahbles · Aug 21, 2014 10:29 PM · 10,159 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion