भदौ-५, इटहरी– सुनसरी जिल्लाको इटहरीमा एक महिनाभित्र १५ जना महिला बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीको महिला सेलमा कार्यरत यशोदा कार्कीले साउन महिनाभर १५ जना महिला बेपत्ता भएको उजुरी परेको बताए । बेपत्ता हुनेमा १५ देखि ३५ वर्षका महिला बढी रहेको उनले बताए । हराएका पन्ध्रमध्ये प्रहरीको सक्रियतामा चारजना फेला परेका बताइएको छ । विशेषगरी श्रीमान वैदेशिक रोजगारमा गएका बेला परपुरुषसँग सल्किने महिला बेपत्ता हुने गरेको तथ्य फेला पर्ने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसको रोकथामका लागि सामाजिक स-चेतना अभियानको खाँचो रहेको बताएको छ । http://toptenkhabar.blogspot.c...
cybernepali · Aug 21, 2014 8:14 AM · 1,836 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion