पिडा एल बि ऐर बस्टन, म्यासाचुसेट्स अपराधीहरुलाई के थाहा हुन्छ र निहत्था आमा बाबुलाई यातना दिइ मारिएका छोरा छोरीको पिडा | बलात्कारीलाई के थाहा हुन्छ र स्कुल जादै गरेकी चोरीको अपहरण गरि बालात्कार पछि मारिएकी छोरीका आमा बाबुको पिडा | लुटेराहरुलाई के थाहा हुन्छ र चन्दा वा बास नदिंदा आक्रमणको निशानामा परेका हरुको पिडा | बलजफत गर्नेहरुलाई के थाहा हुन्छ र आफ्नो जग्गा जमीन हडपेर बिस्थापित भएकाहरुको पिडा | खुकुरीलाई के थाहा हुन्छ र सयौ पटक प्रहार गर्दा अचानोलाई भएको पिडा | प्रेम नगर्नेलाई के थाहा हुन्छ र जिन्दगि भर नछोड्ने कसम खाए पनि प्रेम पछि बिछोडको पिडा | न्याय गर्नेलाई के थाहा हुन्छ र पीडकको पक्षमा फैसला गर्दा पिडितलाई भएको पिडा | महलमा बस्नेलाई के थाहा हुन्छ र बाढी पहिरोले घर सम्पत्ति बगाउदा सडकमा आइ झुप्रोमा बस्दाको पिडा |
Lal Bahadur Ayer · Aug 20, 2014 7:41 PM · 10,065 views
पढ्दा नि पीडा नै भो
KaliKoPoi · Aug 21, 2014 11:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion