" सर्मिला - ३ " अन्तिम भाग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नसम्झे नि बिर्सिनु भएको छैन होला सर्मिलाको कथा ...................| अलिकति पढिदिनुहुने , पुरै पढिदिनुहुने सबै धन्यवाद को पात्र हुनुहुन्छ | अझ राम्रो, नराम्रो कमेन्ट गरिदिनुहुने साथीहरु त झनै ठुलो धन्यवाद को पात्र भइहाल्नुभो जसले मलाई अझ बढी लेख्ने उर्जा मिल्छ | फेरी पनि येस्तै मायाको आशमा प्रस्तुत छु “सर्मिला” को अन्तिम भाग हाललाई | मौका मिले फेरी पनि लेख्ने नै छु ...... अघिल्लो भाग्ग छुटेको भए यहाँ छ है त http://sajha.com/sajha/html/in... “एउटा मौका त देउ एक्स्प्लैन गर्ने, यो शनिवार ५ बजे म्हेपी मन्दिरमा आउंछु, तिमि आए नि नआयेनी कुर्नेछु रातभरी ” एती भनि मैले नि ढ्याक्क फोन राखिदिएँ उही सारुखान इस्तायलमा" | " सर्मिला - ३ " अन्तिम भाग शनिबार बेलुकी ५ बजे. म्हेपी मन्दिर प्रांगण | आधा घण्टा अगाडी नै आइसकेको थिए आज, शर्मिलाको कुरो किलियेर गर्नको लागी | बा को सुर्यको बट्टाबाट चोरेको तिन खिल्ली चुरोट पनि भ्याई सकेको थिएँ | कुराइको प्रतेक मिनट लामो लागिरहेको थियो | मन्दिरको सिँढीको कुन साइडबाट आउँछे फेरी भनेर कहिले यता कहिले उता गर्दै थिएँ | घाम पनि बिस्तारै डुब्दै थियो | माथि मन्दिरबाट तल सिँढीतिर हेर्दा ठाउँ ठाउँमा केटाकेटीको जोडीहरु देखिन्थ्यो | उनीहरुलाई मन्दिर आउने जानेहरुको कुनै मतलब नभएको जस्तो लाग्थ्यो | अँधेरोको मौका छोप्ने म जस्तै उरन्ठेउला हरुको प्रवृति पनि हेर्नलायक नै थियो | ६ बज्न लागिसकेको थियो | मनले अब आशा मार्यो, घर फर्कने सुर गर्न थालें | हुन त रातभरी कुर्छु भनेको थिए सरुलाई फोनमा तर म सारुखान परिन | यदि यहाँ अहिले सारुखान नै भएको भए पनि मैले जति कुर्न सक्दैनथ्यो होला, यति समयमा त उसको आधा फिलिम नै सिदिन्छ के कुर्थ्यो होला ! तल भरेंग ओर्लदै थिए, मेरो आखा माथि आउदै गरेको एक जोडीमा पर्यो | नियालेर हेरे, सरु जस्तै लाग्यो, तर उसको साथमा त्यो मोटे केटा को हो त ? कतै मलाई कुटाउन त ल्याएकी हैन त्यो केटालाई | बिचरी किन मलाई कुटाउथी र , तेस्तो मायाले हेर्थी मलाई | उसकी आमा कडा हुनुहुन्छ भन्थी, अस्ति फिलिम हलको कुरा थाहा पाएर मलाई कुट्न पो पठाएकी हुन् कि उसकी आमाले | अब चाहिँ मुटुमा ढ्यांग्रो ठोक्न थाल्यो | म फरक्क पछाडी फर्के अनि माथि मन्दिर तिर नै लागे छिटो छिटो | शायद शर्मिलाले अधेरोमा मलाई चिन्न सकिन, म भने अर्को पट्टिको भरेंग बाट छिटो छिटो घरतिर लागे | भोलिपल्ट आइतबार बिहान ११ बजे, झोछेको सानो गल्लि, गल्लि भित्रको सानो भट्टी | चिर्पटेले स्वाट्ट गिलास रित्यायो अनि भन्यो, “ यी पात केटीहरु भनेकै येस्तै हुन् | तँ संग येत्रो समय संगै हिडी, फिलिम पनि हेर्न गइ, अझ समात्न पनि दि , अहिले कति न सति सावित्री जस्तो गर्छे यार” | मैले पनि तिन गिलास रित्याई सकेको थिए, हो मा हो मिलाएँ | लास्टमा चिर्पटेले भन्यो “हेर गेड़े, तँलाई आज तेरो केटीको माया जालबाट छुटाउँछु, एक पटक तैले त्यो चाखेपछि सबै केटी उस्तै लाग्छन्, माया न साया बुझिस् ?” फु गर्दा नि ढल्ला जस्तो पुरानो घर | हुन त आफू नै माइली दिदीको लोकल ले ढलमलि रहेको बेला, घर त ठिकै होला भन्ने पर्यो | समात्ने नि नभएको काठको भरेंग कसरी तिन तल्ला चढियो थाहा नै भएन | तेस्रो तल्ला नपुग्दै आइमाइहरु हाँसिरहेको सुनियो, अनि सँगसँगै “ काँटा लगा.... “ भन्ने गीत पनि | बाहिरको हावाले त्यो ढोकाको पर्दा बिस्तारै हल्लिरहेको थियो भने भित्रको डर र संकोचले मेरो मुटु | ढोकाको माथि सानो साइन बोर्ड पनि झुन्डीरहेको थियो, “कोहिनूर मसाज सेन्टर” | चिर्पटे अघि, त्यसपछि बिने र म ढलमलिदैं भित्र छिर्योउ | भित्र सोफामा एउटी केटी पत्रिका हेर्दै बसिरहेकी थिई, “साप्ताहिक”, उसको छेउमा अर्की केटी र एक अर्धबैसे अँगालोमा थिए | अर्को पट्टि सोफामा तेस्तै ३५ वर्ष जतिकी महिला बसिरहेकी थिइन् जो हामीलाई देख्ने बित्तिकै उभिइन् र चिर्पटे तर्फ मुस्कुराउँदै भनिन् “ओहो कता हराउनु भाको थियो तेस्तरी माया नै मारेर, कि अर्की भेट्टाउनु भो ?” | “तेस्तो केही होइन कोहिनूर भाउजू, झन् आज तपाइलाई कुमार ल्याईदेको छु” म तिर हेर्दै भन्यो चिर्पटेले | म भने भए लाजले रातोपिरो | कोहिनूर भाउजू हामी तिनलाई त्यो सोफा छोडेर छेउको कुर्सीमा बसिन् | ठीक हाम्रो सामुन्नेको सोफामा अघिका दुईजना केटी र अर्को अर्धबैसे मान्छे आफ्नै सुरमा थिए | साप्ताहिक पढिरहने केटीको अनुहार मैले राम्रोसँग देखिन | पत्रिकाको बाहिरी पृष्ठमा मिनी इस्कर्ट लगाएर बाइकमा बसिरहेकी मोडल मैले बडो स्वाद संग हेरे, फेरी कसैले देख्ला कि भनेर नजर अन्तै फेरे | त्यो अर्धबैसे मान्छेले अर्की केटीको कानमा के भन्यो कुन्नि दुबैजना मरि मरि हाँसे | पत्रिका पढिरहेकी केटी रिसाउँदै पत्रिका हटाएर भनि, “एती सार्हो छिल्लिने हो भने भित्र कोठामा गए भैगो नि, सबलाई डिस्टप” | अँगालोमा बेरियेकी केटी पनि नखरा देखाउँदै बोली, “तँ सँग टाँसिने कोही भएन भन्दैमा धेरै नकरा न, कति न एसेल्सी (S.L.C) पढ्न डिस्टप भए जस्तो, तेइ योन जिज्ञासा त हेरेर बस्ने हो नि तँ” | अनि म तिर हेरेर मुस्कुराउँदै भनि, “उ कस्तो हेन्सम कुमार आउनु भाछ, अहिलेसम्म कसैले नि नछोको रे, सक्छेस् भने लैजान भित्र” | सबैजना हाँसे मरीमरी, चिर्पटे र बिनेले ताली पिटे भने मेरो आधा रक्सि झर्यो, उही कसैलाई नआएको लाजले | केही बेरमा अधबैँसे मान्छे कोठाबाट निस्कियो, बिने तेही केटी च्याप्न लाग्यो | कोहिनूर भाउजूले भनिन्, “लौ आजको उद्घाटन हाम्रै कुमारजी बाट होस्, म बुढी लाइ त के छान्नु हुन्थ्यो र, यी दुइटीमा एउटी छान्नुस, अर्की दुई एई पालि नहुने भैहाले, पर्सि मात्रै आउलान्” | संकोचले मैले इन्कार गरेँ | एकछिनमा बिने आफूले च्यापिरहेको केटी लिएर भित्र कतातिर लाग्यो | “कोहिनूर भाउजू त अझै पनि क्या जवान है, जाऊँ भित्र, यी दुईलाई यही छोडीदिउं” भन्दै चिर्पटे पनि लाग्यो भित्र भाउजू च्यापेर | कोठामा अब बाँकी भयौं पत्रिका पढ्ने केटी, म अनि गीत “चढती जवानी मेरी चाल मस्तानी” | उसले पुलुक्क म तिर हेरी, पत्रिका छेउको टेबुलमा राखी अनि भनि, “कुमारजी को अरू कुनै नाम छ कि कुमारै भनुम” | अरू नभएर हो, रक्सीको रमरमले हो वा त्यो वातावरणले नै हो, म पनि अलि बलियो हुँदै थिएँ, अनि भने उही सारुखान इस्तायलमा, “नाम त मेरो अरू नै होला, तर साथीभाई र तिम्रो लागी गेड़े हुँ म” | यो सुनेर उ बेस्मरी हाँसी, अनि भनी, “धत् एस्तो पनि नाम हुन्छ कहीँ ? हुन त अघि तपाइको साथीले गेड़े भनेको जस्तो त लाग्याथ्यो” | मैले मौकामा चौका हानिहांले, “अनि तिम्रो नाम चाही के नि ?” उ उठेर मेरो छेउमै आएर बसी अनि भनि, “ नाम मे क्या रखा हे जी , आपको लागी मलाई खुस्बु भने हुन्छ” एती भनि उही सर्मिला जसरी खितिति हाँसी | अरे वा यो खुश्बु त मेरो सारुखान इस्तायल लाइ टक्कर दिने पो रैछे बा | यतिन्जेल सम्ममा उ मेरो छेउमै आएर टाँसिसकेकी थिई, म पनि बिस्तारै रोमाञ्चित भइरहेको थिए | उसले बिस्तारै भनि, “किन त तपाई अहिले सम्म कुमार, तपाइको साथीहरू त कति पल्ट आइसक्नुभो यहाँ” | यस्तो मायालु पारामा सोधेपछि मैले पनि खुश्बुलाई सर्मिला सँगको सबै कुरा भनें, फिलिम हलको घटना पनि | मेरो सबै कुरा ध्यान सँग सुनेपछि खुश्बु बिस्तारै मुस्कुराई अनि भनि, “धत् तपाई पनि, तेसरी एकैचोटी समात्नु हुन्छ त, केटी मान्छे भनेको नाजुक हुन्छन्, यी यसरी समात्नुपर्छ” | यति भनि खुश्बुले मेरो हात समातेर आफ्नो छातीमा राखी | अनि उसको हातले मेरो हात बिस्तारै थिची | मेरो मुटु तेज गतिले धड्कियो, अनि त्यो खुल्ला निम्तोलाई सहर्ष स्वीकार गरेँ | गीतको मादकता अनि कामुक वातावरणको सहजतामा हामी रम्दै गयौ | केही समयमा दुबैलाई गार्हो भए पछि खुश्बुले मेरो हात समातेर उसको भित्रि कोठामा लगी | बन्द कोठाको १५ मिनटमा मैले जीवनको पहिलो मीठो अध्याय पढेँ | बेलुकी घर छेउको “गोर्खाली बाजेको पसल” छेउ पुगेको थिएँ, बाजेको नातिले बोलायो, “ओइ गेड़े दाइ, तपाईंको फोन आछ, दिउसो नि ३ चोटी आइसक्यो” | १२ वर्षै फुच्चेले मलाई तेसरी बोलाउँदा झनक्क रिस उठ्यो अनि भने, “मु ... फुच्चे , तेरो भाइ हो म ?” फुच्चेले भन्यो “दाई भनेँ त मैले, सबैले गेड़े त भन्छन् नि तपाइलाई, फोन राख्दिम कि आउने ?” आजकलको केटाकेटी सँग कुरा गर्नु बेकार भनेर फोनमा “हेलो” भने | उताबाट चिरपरिचित सुमधुर आवाज आयो, “म बोलेको, कति फोन गरिसकें, आज कलेज पनि आएनौ, सन्चै त छौ ?” सर्मिला सँगको रिस अझै मरेको थिएन तेही पनि भनें, “हैन तेस्तो केहि पनि होइन, काम पर्यो” | सर्मिलाले फेरी भनि, “हिजो मन्दिर बोलाएर पनि आएनौ त , किन ?” फेरी मलाई कुटाउन तयारी गर्न खोजेकी हो कि क्या हो | डराई डराई हिम्मत गरेर मैले सोधें, “सरि हेरन काम पर्यो, तिमि आयौ र ?” उसले भनि, “आएकी थिएँ त, मामाघर बाट भाइ आएको थिए, उसलाई पनि मन्दिर देखाउछु भनेर ल्याएकी थिए, तिमीलाई भने देखिन, तेस्तो हत्ते गरेर नि नआउने ?” | भाइ को नाम सुन्ने बित्तिकै मनमा ठूलो भूकम्प गयो अनि फेरी शान्त भयो | नारायण त्रिपाठीले “ट्वाक्क - टुक्क” मा पुर्पुरोमा हात राखेको जसरी मैले नि पुर्पुरोमा हात राखेँ अनि मनमनै भनें, “हँ ........ भाइ पो !” |

Aamalaa · Aug 20, 2014 10:44 AM · 20,782 views

9 Replies

लु गेडे गुरु पढियो यो भाग पनि .... भनेसी सुंघियो हैन त कोहिनूर हिराको चमक मा खुस्बुको बास्ना .... अनि सरुलाइ आकै थिईन चैं भन्न नहुने .... आको थिए कुर्दा कुर्दा .... भन्न पर्चा नि .... अनि देखिन भनि भने .... तिम्रो याद मा मन्दिर पछाडी भगवान लाइ थर्काउदै थिए भंदेको भए हुने .... लु है अब के हुन्छ ..... - थाहा छैन

ThahaChaena · Aug 20, 2014 2:43 PM

खुब राम्रो लाग्यो अमला ब्रो.. दुवै हातमा लड्डु भयो नि ब्रो लाइ..

bigT · Aug 20, 2014 3:28 PM

गेडेले गेडे काम पनि भ्याएछ लास्टमा . गेड़ेको दुवै हातमा गेडा हिहि :P. राम्रो कथा गेडे लेख्दै गर्नु हामि पढ्दै गर्चम

futyakarma · Aug 20, 2014 5:26 PM

१५ मिनटमा मैले जीवनको पहिलो मीठो अध्याय पढेँ मै कथाको अन्त्य भयो जस्तो लाग्यो |

magorkhe1 · Aug 21, 2014 11:48 AM

ThahaChaena ब्रो हजुरले भनेको जस्तै गर्नु पर्ने, खै तेती खेर जे आयो मनमा तेही भने सरुलाई , तर खुस्बुको बास्ना जिन्दगि भरि रहने भयो हो , धन्यवाद मेरो प्रतेक लेख मा जोश बढाईदिनु भएको मा bigT ब्रो अहिले सम्म त एउटा हातमा मात्रै हो लड्डु | खै तपाइको पवित्रा कहिले आउने हो, पहिलेको पनि बिर्सने बेला भैसक्यो, छिटो गर्नु पर्यो | futyakarma ब्रो मेरो त दुवै हातमा अनि अर्को ठाउँ मा पनि गरेर ४ वटा गेडा पो भएछ भन्या हि हि हि , धन्यवाद पढेर कमेन्ट गर्नुभएको मा magorkhe1 ब्रो तेही त है , मैले पनि तेही अन्त्य गरु भन्ने सोचेको थिए तर घर पनि आउनु पर्यो नि हि हि हि , घर आउदा फोन पनि आयो अनि अलि कमेडी भयो क्या , फेरी पनि धन्यवाद हजुलाई अरु सबै पढीदिनु हुनेलाई मुरी मुरी धन्यबाद |

Aamalaa · Aug 22, 2014 12:58 PM

अमला ब्रो मेरो "पवित्रा" त पहिलो तथा अन्तिम नै त्यहि एउटा भाग होला जस्तो छ.. लेख्ने मौका नै मिलेको छैन.. असाध्यै धेरै ब्यस्त भैरहेको अवस्था छ मेरो.. समय मिलेसम्म लेख्ने प्रयास गर्नेछु... ब्रो ले पनि सर्मिलाको अन्तिम भाग पस्किनु भो.. अब अर्को नया रचना पनि पढ्न पाए हुनेथियो..

bigT · Aug 22, 2014 3:03 PM

तेही भन्या bigT ब्रोदर फुर्सद मिलाउन नै गार्हो है | फुर्सद मिलाएर लेख्नुहोला पढ्ने हामि छौ | हुनत साझामा धेरै मज्जाको साथीहरु आउन नै बन्द गर्नुभो , किन हो कुन्नि , तेसैले मलाई पनि लेख्न पुग्यो यो भाग देखि त | लेखे पनि २०१५ मात्रै होला जस्तो छ |

Aamalaa · Aug 23, 2014 4:02 PM

होइन होइन अमला साथी लेखौ लेखौ. म जस्तै कमेन्ट नगरी पड्ने जमात धेरै नै ठुलो छ क्या. यो शर्मिला लाई जबर्जस्ति टुंन्ग्यौना खोज्या झैँ मनिचु मैले. मिलाएर विस्तार गर्नुस न प्रभु. :-)

Slackdemic · Aug 23, 2014 7:24 PM

Slackdemic ब्रोदर एती भनेर मेरो हौसला बढाई दिनु भएकोमा धेरै आभारी छु, सर्मिला लाइ जबर्जस्ति टुंगयाए पनि अरु नौलो प्रस्तुति अबश्य लिएर आउने छु येसरी सबैको साथ् पाए भने, फेरी पनि सबैलाई मेरो धेरै धन्यबाद |

Aamalaa · Aug 24, 2014 11:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all