बोष्टनमा नेपाली महिला सम्मेलन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बोष्टन (अमेरिका), भाद्र ३ - 'आर्थिक सशक्तिकरणका लागि नेपाली महिला एकजुट र विश्वव्यापी रुपमा संगठित' भन्ने मूल नाराका साथ अमेरिकामा बस्ने महिलाहरु बोष्टनमा भेला भएका छन् । नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन)को सम्मेलनका क्रममा उनीहरुले महिलाका जटिल मुद्दा बारे बहस गरे । म्यास्याचुसेट्स राज्यमा पर्ने बोष्टनमा शनिवार भएको कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट महिला सहभागी भएका थिए । कार्यक्रमको सुरुमा एनडब्लुजीएनकी अध्यक्ष रुक्मिणी कार्कीले स्वागत मन्तब्य राख्दै संस्थाको गतिविधि र अभियानबारे बालेकी थिइन् ।   सम्मेलनमा अमेरिकाका लागि नेपाली कार्यबाहक राजदुत ऋषिराम घिमिरे, गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घले, एनआरएन अमेरिकाका अध्यक्ष बरिष्ठ अधिवक्ता खगेन्द्र जिसीलाई अतिथि बोलाइएको थियो भने नेपालबाट विशेष अतिथिका रुपमा अधिकारकर्मी डा रेणु राजभण्डारी र लिली थापा सहभागी थिए । सम्मेलनले नेपाली महिलाको विकासका लागि विभिन्न प्रकारका स्रोत जुटाई सहकार्य गर्न अपरिहार्य भएको निष्कर्ष निकालेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   एक सय ८० जना महिला सहभागी सम्मेलनले महिलाहरुको स्तर वृद्धिका विभिन्न आयाममा छलफल गरेको थियो । सहभागी अधिकांस महिलाले २ बर्षमा आयोजना हुने सम्मेलनलाई हरेक ६ महिनामा आयोजना गर्न माग समेत गरेका थिए ।  Pictures at https://www.facebook.com/rukmi...

Sajha Info · Aug 19, 2014 2:38 PM · 1,632 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all