The last good bye

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा प्रयोग गर्न थालेको एक दशक भन्दा अलि बढी भयो| जसको २-३ बर्ष निलम्बित पनि भईयो| आज च्याटमा नियो ब्रोको बच्चा जस्तो बेहोराले अलि झ्याउ नै लाग्यो| यस्सो ख्यालठट्टा गर्दा साथिको मुटु नै दुख्ने| घरि गरि ब्यान हान्ने| साची नै साझामा सबै थरिका व्यक्तिहरु संग अन्तरक्रिया गर्ने अबसर पाए| नियो ब्रो धन्यबादको पात्र हुनुहुन्छ| बेनामी भएर गरिएको ख्यालठट्टाले ब्रो को अलि बढी नै चित्त दुखाईएछ| सायद अब साचिनै छुट्टिने बेला आको जस्तो लाग्यो| नो हार्ड फीलिंग्स| जग्गी ब्रोको एपिसोडको पुनरावृति नगरी नै बिदा हुन चाहन्छु| ज-जसको चित्त दुखाइयो (एक हुल नै होला यहाँ), सब प्रति क्षमाप्रार्थी छु| जिबनको यात्रामा सबलाई शुभकामना टक्र्याउदै बिदा हुन चाहन्छु| यो त भएन नि सोम| हाम्रो पारस हाम्रो चरस प्राण भन्दा प्यारो छ|

yotabhayananisom · Aug 18, 2014 2:55 PM · 17,491 views

7 Replies

के हो यो पारा ? यो त भएन नि सोम ?

lamopuri · Aug 18, 2014 3:25 PM

सान दाइ ले लग इन को नया नियम लागु गरे देखि आज पहिलो चोटी लग इन गर्दै छु / यसरि साझा चट्ट छोडेर जना मिल्दैन हो साथी / एकचोटी आफ्नो निर्यण पुनराबलोकन गर्ने हो कि ?

rahashya · Aug 18, 2014 8:25 PM

R U sure bro ? Yasari sabai chhodne bhaye sajha ma ke ayiee nai bhayo ra ? Kaso som ?

adhikari_bandhu · Aug 18, 2014 8:27 PM

ओहो तेस्तो नमिठो निर्णय नगरम न मित्र | अलि अलि मन दुख्ने दुखाउने त भैहाल्छ तर चटक्कै छोड्ने भनेको त अल्लि बढी नै भयो , मिल्छ भने येसो मिलाउ | सोम संग यता र उता (उ क्या हाम्रो ...:) )तिर राम्रै मित्रता भएको थियो | बास्तबमा सोम भलाद्मी देखिन खोज्ने मनुवा हरुको उछित्तो काट्ने गरेपनि आफु चै निक्कै भलाद्मी प्राणी भएको मैले पाएको थिए | आगामी दिनको लागि सुभकामना , कतै न कतै त भेट होला नि ;)

nepalilaure · Aug 18, 2014 8:51 PM

yesto ta bhayena ni som?

jahbles · Aug 18, 2014 11:15 PM

आजकल लास्ट गुडबाई भन्ने फेसन जस्तो नै भैसक्यो साझामा | प्रत्येक महिना एक जना भलादमीलाइ अलिकति अटेन्सन पाउने आशामा हो कि किन हो गुडबाई भन्न हतार भैहाल्ने रहेछ | यो गुडबाई भन्ने फेशन किन चलेको हो बुझ्ने उत्सुकता बढेको छ | आफुले भने जस्तो भन्न अथवा गर्न नपाएर गुडबाई भनेको भए त आफ्नै इम्मचुरिटी हो तर अरु कुनै कारण भएको खण्डमा एड्मिनिस्ट्रेसनले शिघ्र ध्यान दिनु पर्यो भन्ने हाम्रो भनाइ छ | अन्त्येमा श्री पशुपतिनाथले हामि सबैको कल्याण गरुन जय देश जय नेपाल

nepaluk · Aug 19, 2014 7:51 AM

Juggy bro ko arko ID jasto cha

nayapidi · Aug 19, 2014 9:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion