dont know what you trying to say Gagan Ji, if you talk nonsence like this, You will be dragged to the drain . - See more at: http://annapurnapost.com/en/news/po

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.videokhabar.com/cur... बढी फुर्ती गरे एमालेलाई सरकारबाट हटाइन्छ : गगन थापा नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमालेले सरकार फेर्ने फुर्ती देखाएको हो भने सरकारबाट एमालेलाई हटाउनसक्ने ताकत कांग्रेसमा रहेको बताएका छन्। शनिबार झापाको विर्तामोडमा कांग्रेस कार्यकर्ताको भेलामा उनले भने, ‘एमालेले सरकारको विकल्प खोज्ने कुरा गर्दैछ । बढी फुर्ती देखाए उसलाई सरकारबाट हटाउने ताकत कांग्रेसमा छ।’ तर सरकारका कामबाट सन्तुष्ट हुने अवस्था भने नरहेको उनले बताए। थापाले संविधानसभामा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरे पनि सरकारमा त्यस्तो भूमिका खेल्न नसकेको बताए। उनले भने, ‘हामीले सरकारले गर्ने कामको सूची प्रधानमन्त्रीलाई दिएका छौं, ती काम गर्न सके जनतामा जान सजिलो हुन्छ।’ काँग्रेस नेता थापाले माघ ८ गते भित्रमा संविधान जारी हुने बताए। कांग्रेसले ठूलो दल हुनुको नाताले सबै दललाई समेटेर लगेकाले सहमति मै संविधान बन्ने उनको कथन छ। उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान घोषणा हुन्छ, तर संविधान होइन मस्यौदा सार्वजनिक हुँदै एक खाले अतिवादीहरु संविधानको मस्यौदा डढाउन तयार भएका बसेका छन्, हामी तिनका गतिविधिबाट सजग हुनुपर्छ।’ एमाओवादीले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै थापाले सदन प्रतिपक्ष विहिन जस्तो भएको बताए । एमाओवादीले प्रतिपक्षको भूमिका निर्वाह नगर्दा त्यो काँग्रेसका लागि सुविधा भएको उनको कथन थियो । उनले भने, ‘संसदमा हामीले सरकारको आलोचना गर्दिनु पर्छ।’

nepali guru · Aug 16, 2014 1:25 AM · 10,386 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all