विजय थापा साउन २८ ,भर्जिनिया अमेरिकाको क्यालिफोर्नियाको बर्कलीमा गत अगष्ट १० तारिख नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफोर्निया शाखाको पहलमा सात शिखर पर्वतारोही महिला टोलिलाई आर्थिक सहयोग गर्ने उदेश्यको साथ गरिएको उक्त कार्यक्रममा करिव पांच लाख नेपाली रुपैया ( $५,१४५ डलर )भन्दा ज्यादा संकलन गरिएको जानकारी एन डब्लु जी एन क्यालिफोर्निया शाखाकि अधक्ष्य बिष्णु गुरुङ "एकता "ले बताईन l संस्थाकी अध्यक्ष बिष्णु गुरुङ "एकता" को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आरोही डा. अर्लेन ब्लुम तथा बिशेष अतिथिमा बरिष्ट समाजसेवी ओल्गा मुर्री रहेका थिए । उक्त कार्यक्रममा बे-क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरु, बरिष्ट समाजसेवीहरु, लगायत लस एन्जलसका अतिथिहरु, सम्प्रेषण टोलि तथा समाजका सदस्यहरुको सहयोगको कारण छोटो समयमा तय गरिएको कार्यक्रम सफल भएको अधक्ष्य गुरुङले बताईन l कार्यक्रम सिन्धुपलान्चोकमा दिबंगत हुनेहरुलाई श्रदान्जली साथ मौन धारण गरि कार्यक्रमको शुरुवात गरिएको थियो । सात शिखर पर्वतारोही टोलीको स्वागार्थ स्वआयोजक टोलि सप्तरंगी सारीमा सजिएका थिए भने नेपाली सेलरोटी खुवाईएको थियो l माया गुरुङ र पेमा डिकी शेर्पाले सेभेन समिट वुमेन टिमका उदेश्य, अनुभव र आर्थिक सहयोगको बारेमा आफ्ना मन्तब्य राखी सकेपछि प्रश्न उत्तर पनि राखिएको थियो l आयोजित संस्थाबाट सात शिखर महिला पर्वतारोहीहरुलाई सामुहिक उपलब्धि पदक द्वारा सम्मान गरिएको थियो l वक्ताहरुले सात शिखर पर्वतारोही महिला टोलीलाई शुभकामना दिएका थिए l संस्थाकी अध्यक्ष बिष्णु गुरुङ 'एकता'ले मन्तब्य राखेकी थिइन् l
mahoday · Aug 13, 2014 7:49 PM · 4,544 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion