प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा जग्गा वितरण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, श्रावण २४ - तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा सरकारले नेपाल ट्रष्टको करोडौं मूल्य पर्ने राजधानीभित्रको १ सय ७५ रोपनीभन्दा बढी जग्गा कानुनविपरीत डेढ सयभन्दा बढी परिवारलाई बाँडेको खुलासा भएको छ। ढिलो गरी प्राप्त विवरणअनुसार भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले २०६९ भदौ २५ मा नीतिगत निर्णय गरी तत्कालीन राजा वीरेन्द्र र परिवारबाट ट्रष्टको नाममा आइसकेको जग्गा रातारात डेढ सयभन्दा बढी मोही खडा गरी उनीहरूको नाममा गरिदिएको हो। ट्रष्ट ऐनमा ट्रष्टको नाममा आइसकेको जग्गा व्यक्तिका नाममा दर्ता कायम गर्न नपाइने प्रस्ट व्यवस्था छ। मन्त्रिपरिषदको निर्णयबमोजिम उक्त जग्गा डेढ सयभन्दा बढी व्यक्तिको नाममा नामसारी भइसकेको छ। तत्कालीन सरकारले काठमाडौं महानगरपालिकाका १२, १३, १६ सहितका विभिन्न वडा, बालाजु, महादेवस्थान, मातातीर्थ गाविसलगायतका स्थानमा रहेका १ सय ७५ रोपनी जग्गा मोही खडा गरी मालपोत कार्यालय काठमाडौंले व्यक्तिका नाममा गरिदिएको कान्तिपुरलाई प्राप्त विवरणमा उल्लेख छ। डेढ सयभन्दा बढी परिवारलाई बाँडिएको उक्त जग्गामध्ये अधिकांश काठमाडौं- ६ र १० नं. निर्वाचन क्षेत्रमा पर्छ। तत्कालीन भट्टराई सरकारले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेतृ हिसिला यमीका क्षेत्रमा मतदातालाई रिझाउन उक्त जग्गा बाँडेको दाबी ट्रष्टका अधिकारीहरूको छ। जग्गा पाउनेमा जोतभोग गर्दै आएका मोहीमात्र छैनन्, मोहीका नाममा माओवादी कार्यकर्तालाई समेत जग्गा बाँडिएको छ। एउटै व्यक्तिलाई काठमाडौं महानगरपालिका-१२ मा साढे १६ रोपनीसम्म जग्गा दिइएको छ। उक्त जग्गा तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको फर्मायसी बिर्ता हो। बिर्ता उन्मूलन ऐन २०१६ बमोजिम २०२६ सालमा फर्मायसी बिर्ता जग्गा जो-जो व्यक्तिले जोतभोग गर्दै आएका छन्, उनीहरूकै नाममा दर्ता गरिदिने सूचना सरकारले जारी गरेको थियो। सूचनाका आधारमा वास्तविक जोताहाहरूले २०२६ सालमा फर्मायसी बिर्ताभित्र परेको आफूले जोतभोग गर्दै आएको जग्गा आफ्नो नाममा दर्ता गरिसकेका थिए। 'कसैले पनि दाबी गर्न नआएका कारण धेरै वर्षपछि २०४६ सालमा उक्त जग्गा तत्कालीन राजा र परिवारको नाममा पूरै हकसहित दर्ता हुन पुग्यो। सोही कारण उक्त जग्गा ट्रष्ट ऐनअनुसार स्वतः ट्रष्टको नाममा दर्ता कायम भएको हो। ट्रष्ट ऐनअनुसार उक्त जग्गा मोहीका नाममा व्यक्तिलाई दिन सकिने कुनै व्यवस्था छैन। तत्कालीन सरकारले कानुन मिचेर उक्त जग्गा बाँडेको हो' नेपाल ट्रष्टका एक अधिकारीले भने। नेपाल ट्रष्ट ऐन २०६४ को दफा ४ को उपदफा १ मा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारहरूको सम्पत्ति, उनीहरूलाई कुनै किसिमले प्राप्त भएको, निजहरूको हक पुगेको वा पुग्ने अरू कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति स्वदेश वा विदेश जहाँ जेजस्तो अवस्थामा जुनसुकै व्यक्ति वा संस्थाका नाममा भए पनि स्वतः नेपाल ट्रष्टको नाममा हस्तान्तरण हुने उल्लेख छ। दफा ४ को उपदफा ३ मा 'प्रचलित कानुनमा जुनसुकै कुरा भए तापनि दफा १ बमोजिमको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दाबी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुतालीसम्बन्धी कानुनबमोजिम कसैको हक वा दाबी सिर्जना हुने छैन' भन्ने उल्लेख छ। प्रकाशित मिति: २०७१ श्रावण २५ १०:४२

cybernepali · Aug 10, 2014 9:27 AM · 1,644 views

2 Replies

Baburam was the worst PM ever. He built up quite a buzz and in the end he gave quite an anti climax. And now, he is nowhere to be seen.

funtush · Aug 11, 2014 6:26 AM

ALL MAOIST ARE THE SAME. PEOPLE WITHOUT ETHICS: ARE THE LEADERS .

magorkhe1 · Aug 11, 2014 9:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all