Sajha needs Updates...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज भोलि साझामा सहनशीलता भन्ने चिज नै ओझेलमा परे जस्तो लाग्यो | अहम, घृणा, झैँ झगडा, हो-हल्ला,तँ-तँ र म म बाहेक केहि देख्दिन | सानाले ठुलालाइ आदार गर्नु पर्ने हो | त्यो त आज भोलि पराल मा सियो खोजे झैँ भो | आफु झुकेर माफी माग्दैमा सानो भैदैन | तर अफसोच, मानहानी हुने क्रियाकलापमा बढी लिप्त भाका छन् हाम्रा साथिहरु | तेसो गर्नुस, तेस्मा मेरो केहि रोक छैन, तपाइको आफ्नै नैसर्गिग अधिकार हो, इच्छा कुण्ठित हुनबाट जोगिन्छ तर एक छिन् को  रिसले तपाइलाई नै खान्छ | परिणाम बिकराल भै दिन्छ, तपाइको प्रतिष्ठा धुलोमा मिल्छ |  तेस्त तकरारहरुमा मलाई पुरा विश्वास छ , तपाइको पुरै दिन असान्तीमा बिते होलान | अहमले मित्रुलै पनि सत्रु देखिन्छ | येसरी बिस्वभर छरिएर बसेका नेपालीहरुमा केहि मुट्ठीभर हामि नेपाली साझा च्याटमा आइ कन कुरा गर्छौ, सुख दुखका कुरा साटा -साट, जिस्का-जिसकी आदि-इत्यादी गर्छौ | तर बेला बेलामा हुने रामलिलाहरुमा सब्बै पक्चेय राम हुन खोज्ने धुनमा हेर्ने जगवालाहरुलै हनुमान तमाशा भै दिन्छ | झगडा नगरम भनेर सल्लाह दिने भन्दा पनि पछ्या लिने पछ्यापाती बेवार बढी देखियो, आगोमा घिउ थप्ने काम | कुरा उकास्ने, एउटाले अर्कोलाइ खसाल्ने, तथानाम गालि बक्ने, तमाशा हेर्ने अनि रमाइलो गर्ने | शायाद हामि नेपालीहरुको जन्मजात चरित्र नै होला, तर मलाई चाही खै अलि खल्लो लाग्छ | कुरा छोट्याउनु पर्दा , सानदाईलाइ केहि सल्लाह दिने जमर्को गरेको छु  :- तपाईले जुन किसिमको सहनशीलता देखाउनु भो जग्गीको केसमा , त्यो ज्यादै अनुकरनिय छ | उसलाई साझामा सदा स्वागत छ तथा उसका आगामी दिनका लागि जुन शुभकामना मनशायका साथ् तपैले तपैका अन्तिम हरफहरु त्यो मामिलामा टुंग्याउनु भो , तेस्ले तपाइको उदारपना स्पस्ट देखियो | अझ भन्ने पर्दा तपाइलाई मा र बा को गालि गर्नेहरुलाई पनि तपैले उदारताका साथ् बेवार गरिएको देखिंदा तपाइको महानताको सर्हाना गर्नेहरुको भिड नेपथ्यमा पक्कै हुनु पर्छ| १. च्याटमा moderator हरु लै पनि ignore गर्न सकिने feature भए कसो होला | वैमनस्यता हावी हुनुमा एउटा त्यो feature नहुनु पनि बलियो कारण हो | २. साझाका user हरुलाइ मेलमिलाप गराएर लान सकिए ज्यादै राम्रो हुने थियो | यो अलि टाढाकै  कुरा जस्तो देखिन्छ , तर अशंभव केहि कुरा छैन भन्ने आशयले लेखेको |  गुत्बन्धि एक दमै नराम्रो हो,  एउटालाइ ban , अर्कोलै ban गर्दा गर्दै साझाकै दुस्प्रचार हुने देखियो | --------- अनि दुवै पक्छ्य, सके सम्म मिल्नुस | यो रिस-राग एक दमै सिमित छ, माया-दया असिमित छ | बदलाको भावना भन्दा भातृत्वको भाव ले एक अर्कालाई हेर्नुस, आखिर मरी लै जानु के छ र दुइ दिन को जिन्दगानी मा |

bittertruth · Aug 1, 2014 7:35 PM · 3,054 views

4 Replies

Thumbs up !!!!

OBAMA · Aug 1, 2014 7:40 PM

My two cents. Don't take this thing too seriously. Don't spend your entire time here and don't take it too personally. I think some of us are making it too big of a deal out of nothing.

Kiddo · Aug 1, 2014 8:41 PM

Thanks Obama, Yes Kiddo.

bittertruth · Aug 1, 2014 11:36 PM

नेपलिको मेलमिलाप भ्यागुताको धार्नी पुर्याउन खोज्नु हो ! एकादेशका राजाले सबै केटा केटीलाई खुसि राख्ने उर्दी जाहेर गरे : एउटा बच्चाले हात्तिको बच्चा माग गर्यो : घर जाने बेलामा झोलीमा हाल्दे घर लगेर खेल्छु भन्नेअर्को   माग गर्यो रे ? यो साझाका कोहि भिजिटर येस्तै छन् : गर्ने के ? Last edited: 04-Aug-14 02:45 PM

magorkhe1 · Aug 4, 2014 1:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all