जेल यात्रा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जेल यात्रा  त्यसो त पंचायतकालमा प्रतिबन्धित झण्डा मुनि बसेर भाषण नगरेको पनि होइन, बिद्यार्थी राजनीतिमा जानी न जानी न होमिएको पनि हैन, पंचायत बिरोधी आम सभा, जुलुस हुलुसमा न लागेको  पनि हैन तर पनि कहिलेइ न पुलिसको फन्दामा परियो न कहिलेइ डण्डा खाइयो | सधैं पुलिस प्रशासनबाट बचेर हिडियो| २०४६  सालको पहिलो जन आन्दोलनमा पक्राउ पुर्जी जारी भै घरमा खोजि गर्दा नि पुलिसले भेटाउन सकेन | नेता बन्ने रहर थिएन र थाना जेल जाने कहिलेइ लहड चलेन | तर ........ तर एक दिन मेरो गज्जबको जेल यात्रा भयो | कुनै अपराध गरेर वा बदमासी गरेर चाहि हैन नि फेरी | बदमासी गर्ने भए नेता बनी हाल्थें नि, मखुला ??  प्रजातन्त्र पुनर्स्थापनाको लगत्तै भएको स्थानीय निर्वाचन पछी  नगरपालिकामा जागिर मिल्यो | मेयर साहेबको ख्याती देश विदेशमा यति थियो कि  हरेक दिन  कुनै न कुनै राजदूत र कार्यालय प्रमुखहरुको ताँती लाग्थ्यो | कतै बाट हुन नसकेको काम मेयर साहेब मार्फत हुन सक्ने अन्तिम आशा हुने गर्थ्यो | अहिले यी कुराहरु सुनाउँदा दन्त्य कथा झैँ लाग्न सक्ला | सत्य यही थियो, कुनै लोभ लालचमा न फसेका ब्यबहारिक  र  राजनैतिक रुपमा इमान्दार कोही नेता थियो भने मेयर साहेब नै थियो | अहिले उहाँ गुमनाम हुनु भएको छ , शहरको ४५ लाख मान्छेको भीड भित्र अन्जान  हुनु भएको छ |  डिल्लीबजार चारखाल अड्डा भित्र चार खाल खोर नामले परिचित "जेल " अद्यापी छदै छ | हो त्यै जेलका जेलर साहेबले जीर्ण जेलको  मर्मत सम्भार गर्ने प्रयास गर्नु भएको र कतैबाट सहयोग न पाए पछी  अन्तमा मेयर साहेबलाई भेट्न आउनु भएको रहेछ | जिन्दगीको उर्बर समयमा दसौं बर्ष जेल नेल भोग्नु भएका मेयर साहेबले तत्काल सहयोग गर्ने वचन दिनु भए छ र त्यसको लागि आबश्यक प्राबिधिक तथा प्राशानिक कार्यको थालनी गर्नको लागि मलाइ बोलाउनु भयो |  जेलको निरीक्षण नगरी मर्मत सम्भार सुधारको थालनी हुन सक्दैनथ्यो, त्यही भएर जेलर साहेबले सके भोली नै जेल भ्रमणमा आउन आग्रह गर्नु भयो र मेयर साहेबले पनि भोलि फस्ट आवर मै चारखाल गएर  साँझ सम्म प्रतिबेदन पेश गर्न भन्नु भयो |  बिहान साढे दस न बज्दै जेल आउछु भने  अनुसार साढे दस नपुग्दै जेल पुगियो | जेलर साहेब दङ्ग | महिनौ प्रयास गर्दा सिन्को न भाँचिएको काम १ दिन मै हुने भयो भनेर होला कि ? जेलर गृह मन्त्रालयबाट खटिने अधिकृत हुने र सुरक्षाको जिम्मा मात्र प्रहरीको हुने रहेछ | हिन्दी सिनेमामा जस्तो पुलिस नै जेलर हुने ब्यबस्था नेपालमा रहेन छ | जेलर साहेब, इन्स्पेक्टर साहेब सहितको टोलीले जेलको जीर्ण भाग र गर्नु पर्ने सुधारहरु बारे ब्रिफिंग गर्न जेल घुमाउने भए | सबै जना पहिले महिला सेल तिर लाग्यौं |  महिला सेल पुग्ने बित्तिकै  राम राम राम.... गालीको बौछार सुरु भयो | महिला कैदीहरु बाफ रे बाफ ..... जेलर पुलिस् देखि निकै रुष्ट भाको प्रष्ट थियो | आमा चकारी गाली त मुखैमा | हुन त केही बाहेक प्राय अपराध गरेकै कारणले वा अपराधी आचरणले जेल परेका हुन्  तिनीहरु |   जेल भित्र सौचालयको संख्या जम्मा २ अनि नुहाउने ठाउँ नै छैन | सयौंको संख्यामा कैदी छन् | न्यूनतम मानबिय सुबिधा पनि थिएन | अनि जेलर ले गाली न खाए  ताली खान्छ त ??  बिचरा जेलरले नि के गर्न सक्थ्यो र ?? न खल्तीको पैसाले गर्न सक्थ्यो न गल्तीले बजेट झर्थ्यो |  जेलरले गालीको गदगदाहत बीच " उहाँ  तपाइँहरुको यिनै असुविधाको सुधारको लागि हेर्न आउनु भएको इन्जिनियर साहेब हो, आफै के के चाहिन्छ भन्नु " भनेर गाली म तर्फ फ्लिक गरि दिनु भयो |  मैले भनें " मेयर साहेबले आजै रिपोर्ट दिनु भन्नु भएको छ , तपाईहरुको सुबिधाको लागि हुन सक्ने जति काम १ महिना भित्रै सम्पन्न हुन्छ , ढुक्क हुनु होस् " | अनि देखाउन थाले अगुवा कैदी महोदयले के कस्तो असुविधा छ भन्ने |  सबै भन्दा खत्तम त ट्वाइलेटको संख्या र अवस्था नै थियो | अर्को गुनासो चाहि स्नान गर्ने समस्या रहेछ स्नान घर नभएर | खुला चोकमा आएर नुहाउनु पर्ने र नुहाउने समयमा संगै को पुरुष सेलको माथिल्लो तल्लाबाट सर्बांग देखिने हुँदा  पुरुष कैदी हरुले सिट्टी बजाउंदै तमासा  गर्दो रहेछ |  " साले रण्डीका सन्तानहरुले कहिलेइ न देखे जस्तो हाम्रो ... ..... हेर्न आउछन, हामी पनि देखाई दिन्ठेम  तेरो आमा बहिनी संग भाको  ... यही हो भनेर ..." मुख त ...... बाफ रे बाफ |  महिला जेलको अवस्था र गर्न सकिने सुधारको आंकलन र नाप जांच गरी पुरुष सेलमा जान निस्केम | जेलर साहेबले एक छिन मेरो अफिसमा बसम र चिया एक कप खाम , त्यस पछी उता जामला भन्नु भयो | ठिकै हो यत्रो गाली खाएको पचाउन एक गिलास चिया त पिउने पर्यो भन्दै चिया खान बस्यौं |  चिया गफ सकिवरी पुरुषजेलमा जाने बेलामा  जेलर साहेबले " म त उता जान्न, इन्स्पेक्टर साहेबले तपाईलाई लैजानु हुन्छ " भन्नु भयो | मैले किन भनेर प्रश्नै गर्नु परेन , महिला सेल को त यति हरि बिजोग छ भने पुरुष सेल को राम बिजोग हुने नै भयो | शायद पुरुषको गाली पचाउन सक्ने आँट जेलर साहेबमा थिएन |  इन्स्पेक्टर साहेब संग पुरुष जेल अर्थात जेलको मूल द्वारमा गइयो | महिला सेलमा जस्तो कार्यालय परिसर भित्रबाट जान न मिल्ने रहेछ | बन्दूक बोकेको सेन्ट्री, अनि ३ फीटे फलाम को ढोका पार गरेर जानु पर्ने | अघि सम्म मैले कर्मचारी परिचय पत्रको माला लागेको थिइन | अब भने लाग्यो कैदी लाने बाटो तय गर्दा पास झुन्ड्याएन भने म बबुरोलाई लाई नयाँ कैदी आयो भनेर लाम लागेर र्याग गर्न बेर छैन ( हिन्दी सिनेमाको प्रभाव) |  त्यो ३ फूटे फलामे गेटबाट साढे पांच फीटको म के छिरेको थिएँ, भित्रबाट गाली हैन ताली पो बज्यो बाइ ............................... क्रमश :  Last edited: 30-Jul-14 07:48 AM

rahulvai · Jul 30, 2014 7:42 AM · 63,292 views

33 Replies · Showing 21 - 33
Page 2 of 2

नयाँ कथा घक्चिको लागो,एकै गासमा स-र-र।।।नेपालमा कैले जेल नपसेनी होटेल जस्तो चै हुन्न भन्ने ज्ञान चै थियो।। दायलगहरु एकदम मन पर्‍यो ,एकदम सोलिद,जैलकै बार जसतो,"पुलिसलाई उल्टै कोइशन ??"।।हे हे हे।। नयाँ भागको प्रतिक्षामा,नया नयाँ खुलासा होला जस्तो छ भन्छु म।।

Aawara · Aug 1, 2014 11:04 AM

ठुल्दाई, भाउजु माइत जानु भएको छ कि क्या हो? ;-) दुई दिन मा ३ वोटा भाग पद्ने मौका पाए. धन्य भए !! बिचरा हरि दाई को कथा पढेर मन नै खिन्न भयो! अब जेलर शर्मा , कृष्णे, सानुकाजी को कथा कस्तो पो हुने हो! ल ठुल्दाई लेखम लेखम. वीकेंद सम्म पुरै कथा पद्न पाउने आशा मा छु .

rawbee · Aug 1, 2014 2:35 PM

धन्यबाद ठुल्दाइ यो कथा/सस्मरण सुनाउनु भएकोमा ....जेलको अवस्थाको बारे सुक्को ज्ञान थिएन, धेरै नौलो लाग्यो ....अनि ति पिल्सीएका आत्माका कथा सुन्दा मन चसक्क हुँने !! अरु भाग चाडै पढ्न पाउँ !!

Bhaktey · Aug 1, 2014 3:55 PM

अहिले सम्मको भागहरुमा टिप्पणी गर्नु हुने र मन पराइ दिनु हुने सबैमा नमन गर्दै जेल यात्राको यो अन्तिम भाग प्रस्तुत गर्दै छु |  जेल यात्रा  अन्तिम भाग  चुरोस सल्काएं | एउटा सकियो अर्को पनि सल्काएं |  चुरोट तानेर धुँवा फाल्दा उडेका धुँवाको आकृतिहरु हेर्दै मनमा अनेक कल्पना आए | साँच्चै हरिदाई निर्दोष पो हुन् कि ? निर्दोष मान्छे  यसरी काल कोठरीमा बन्द हुँदा उनको मनमा के कति आंधी चल्दो हो, परिवार नाता कुटुम्ब कति भात्किँदो हो | मेरो लागि अकल्पनीय बिषय हो |  दोस्रो खिल्ली पनि सके पछि जेल भित्र फेरी प्रवेश गरें | अर्को एक राउण्ड चिया आइसकेको रहेछ |  "मार्साब को चुरोस ब्रेक त लामै रहेछ , लौ एक राउण्ड चिया फेरी खाम | " जेलर साहेबले आफ्नो वृतान्त सुनाउन भूमिका बाध्नु भयो |  ------------------------------------------------------------------------------------------------------------ आज भन्दा झन्डा १० महिना अघि सम्म म यही जेलको जेलर थिएँ | उप सचिबमा प्रमोशन भए पछि सोर्स फोर्स लाउन सकिन, सिडियो हुने इच्छा थियो जेलर बनाएर खटाइ दियो | ठिकै छ त काठमाडौ जानु पर्ने हैन भनेर जेलर भएर आइयो | जेल प्रशासन बारे बुझ्न खोज्दा खोज्दै एउटा नराम्रो घटना घट्यो | जेलको हाकिमको हैसियतले दोषी मै भएँ |  "घटना  चाहिं के नि सर ??"  मैले जिज्ञासा राखें|  लागु औषधि कारोबारमा २ बर्ष जेल सजायंमा परेका दुइ जना नाइजेरियन नागरिक यहि  जेलमा थियो | बेला बखतमा झाडा पखाला लगायत पेट दुख्ने रोग लाग्ने र अस्पताल जाने गर्थे | हत्कडी लगाई   हतियार धारी प्रहरीको साथमा बीर अस्पताल लान्थे र समयमै फर्किन्थे |  एक दिन ती दुवै जनाले एकै दिन पेट दुख्यो र छाती दुख्यो , अस्पताल जान पाउँ भन्ने निबेदन दिए |  आफु नयाँ परेकोले वा पहिलेको बिश्वासले स्वीकृत गरि दिएँ | चार चार जना प्रहरीको जिम्मा लगाई दिएँ |  जेलबाट अस्पताल जाँदा वा पहिलेइ नै सेटिंग भएको रहेछ |  "अस्पताल हैन कोपुण्डोल स्थित होटल हिमालयमा पुर्र्याई देउ , उताबाट हामीलाई छुताउन वाकिन आएको छ | एक घण्टा जति वकिल संग कुरा गर्न देउ , एक एक जना लाई १०, १० हजार रुपैया दिन्छु "  भनेर लोभ देखाएछन |  दंठे पुलिस न परे | लोभमा फसिहाले | (हुन पनि हो त्यति बेला हामी इन्जिनियरको तलब २९ सय थियो प्राबिधिक भत्ता समेत जोडेर | यो हिसाबले सिपाहीको तलब मुश्किलले १४-१५ सय हुन्थ्यो होला | )  १० हजार भनेको धेरै ठुलो  रकम | फसिहाले दंठेहरु | हिमालय होटलकै रिसेप्सनमा अर्को एक जना नाइजेरियन काले कुरी राख्या रैछ रे |  त्यो काले र कैदी काले बीच एकै छिन कानेखुसी के भाथ्यो, प्रहरीहरुलाई १ -१ हजार को दिए रे | कैदी काले मध्ये एक जनाले काम चलाउ नेपाली जान्थे | त्यसले प्रहरीहरुलाई  भने छ - यो एक हजार एडभान्स भयो, हाम्रो हत्कडी खोलि देउ वकिल संग को पेपरमा साइन गर्नु छ, माथी कोठा न. ... मा बसेको छ | बाकि पैसा हामी माथि बोलाएरै दिन्छु | यही रिसेप्सनमा बसी राख एक एक जना गरी बोलाउछि फोन बाट अनि आउनु र पैसा लिनु |  प्रहरी त मख्ख, १० हजार पाइने , झन्डै ६ महिनाको तलब एकमुष्ठ |  मुर्खहरुले नेल खोलिदिए र कैदीहरु  माथि गए | माथि गएको एकै छिनमा रिसेप्सनमा घन्टी बज्यो र  एक जना प्रहरीको नामै लिएर माथि आउनु भन्ने आदेश आयो | दङ्ग पर्दै माथि गए छ त्यो | फेरी ५ मिनेट पछि अर्को लाई बोलायो | दङ्ग पर्दै गए | एवं रितले सबैलाई माथि बोलाए गए |  त्यस पछि कोइ पनि फर्केंन जेलमा | ५ बजे सम्ममा कुनै हालतमा फर्की सक्नु पर्ने नियम थियो | न कैदी फर्के न प्रहरी | अफिसबाट फिर्ने लाग्दा इन्स्पेक्टर साहेब हस्याङ्ग फस्यांग गर्दै आए |  "सर सर ती नाजेरियन र प्रहरीहरु कोइ पनि फरेको छैन . केहि गडबड भयो जस्तो छ | के गरूँ सर , टेन्सन भयो | "  "लौ बर्बाद भयो | अघि नै केही शंका लागेको थियो मन मा एकै दिन दुइबै जनालाइ अस्पताल जानु पर्ने किन होला भनेर | "  "लौ तुरन्तै प्रहरी हेद क्वार्टरमा फोन गर्नु , सबै कुरा खुलस्त गर्नु  , भाग्न नपाओस | म पनि बिभागमा खबर गर्छु | "  प्रहरी पर्शासन दुबैमा घटनाको जानकारी गराइयो  | इअरपोर्ट देखी काठमाडौको सबै नाकामा चेकिङ्ग सुरु भयो | एक टोलि  प्रहरी हिमालय होटल गए |  हिमालय होटलमा बुझ्दा प्रहरी आएका र नाइजेरन बसेको कुरा पुष्टि भयो तर तिनीहरुको बसेको कोठा खाली थियो | चेक आउट नगरी भागि सकेका रहेछन | प्रहरी .. कता गए नि | हिमालय होटलका सुरक्षा कर्मी देखि लिएर अन्य कर्मचारीहरु संग जानकारी लिंदा कोइ प्रहरी र नाइजेरन कोइ पनि होटल बाहिर गएको देखिएन | रुम पुरै खालि थियो , सरसामान केही पनि थिएन | तर बाथरूम लक थियो |  बाहिरबाट लक् गरेको रहेछ | बाथरुम भित्र चार जना प्रहरी इन्तु न चिन्तु अवस्थामा |  प्रहरीहरुलाई तुरन्तै अस्पताल लगियो | ज्यान जोगियो तर जोगिएन | ती प्रहरीहरु बयान अनुसार, काले ले एक एक जना गरी बोलाइ भक्कुमार पिट्ने र हात खुटा बाँधी , मुखमा पट्टि बाँधी ट्वाइलेटमा कोचेका रहेछन |  नाजेरियनहरु भागेको भागेइ भयो , समात्न सकिएन | कुटाइ खाने पुलिस , पुलिसको हाकिम लगायत मलाइ समेत निलम्बन गरी मुद्दा चलाए , सरकारी वकिलको कार्यालयले | मिलेमतोमा कैदी भगाए भन्ने संगिन आरोपमा |  अस्पताल जान पाउँ भन्ने निबेदन स्वीकृत मैले गरेको हुँ, मिलेमतोमा हैन | प्रहरीसंग के कस्तो मिलोमतो भयो मलाई थाहा छैन भनें | मेरा वकिलले पनि सक्दो प्रतिरक्षा गरे | न्यायाधिशले के  मान्थ्यो ?  "मिलोमतो न भएको भए दुवै जना एकै दिन कसरी बिमारी हुन्थ्यो"  भन्ने प्रश्न गरे | म संग त्यसको उत्तर थिएन | यदि मैले अस्पताल जान न दिएको भए अनि उनीहरू साँच्चै नै बिरामी भएर तल माथि केही भएको ... बिदेशी नागरिकको सवाल छ , यो भन्दा गम्भीरर घटना हुन्थ्यो | दोष जम्मै मेरै मा आउथ्यो |  आखिर जेल प्रशासनको मिलेमतोमा कैदी भगाएको ठहर गर्दै मेरो सरकारी जागिर खोसियो त १८ महिनाको लागि यही थोसियो | चारै जना बदमास प्रहरीहरुको नि जागिर गयो २-२ बर्ष जेल गयो | हाल तिनीहरु नख्खु जेलमा छन् | इन्स्पेक्टर साहेब मात्र बच्नु भयो , नसिहत सहित सरुवा हुनु भयो |  यसरी सर , नखाएको बिष पनि लाग्दो रहेछ | धन्न मैले यहाँका कैदी दाजु भाईहरुलाई अन्याय गरेको रहेन छु र आज मलाई उहाँहरुले अभिबावक सरह मानेर एउतै परिवार जस्तै भएर रहेकाछौं | परिवार संग अलग्गिएर , एउटा कलंक बोकेर जिउनु पनि के जिउनु जस्तै लागेको थियो | तर यहाँ भित्र म जस्तै धेरै निर्दोषहरु थुनिएका रहेछन | सबैको कथा ब्यथा उस्तै छन् | त्यहि भएर मन बहलिएको छ | अब धेरै दिन बाँकी छैन मेरो कैद भुक्तान हुन | अब उनीहरु संग छुट्टिएर पो कसरी जाने जस्तो भैसक्यो | एउटा अचम्मको डोरीले बाँधिने रहेछ जेल भित्र पनि | शायद पीडाहरु एउतै भएर होला |  -------------------------------------------------------------------------------------------------------------- जेलर साहेबको कथा पुरा हुँदा न हुँदै समयले पांच हान्ने लागिसकेको थियो | रिपोर्ट लेख्नु छ  फेरी , भोलि बिहानै मेयर साहेबले खोज्ने  छन् |  "लौ त यहाँको अवस्था बारे र नाप जांच गरेको आधारमा प्रोपोजल समेत आजै बनाउनु छ |  काम सुरु हुने बेला फेरी आउने नै छु | तपाइहरुको आतिथ्य र मायाको लागि धन्यबाद | तपाइँहरु संगको एक दिन अबिस्मरनिय रहने नै छ | अब हिड्छु |"   हिड्छु भन्दा भन्दै पनि अर्को १५ मिनेट  खायो | सबै संग बिदावारि र अघि न भेटेका संग परिचय साटासाट गर्ने पर्यो |  यही रह्यो मेरो एक दिनको जेल बसाई | मन भरि अनेक तर्कना गर्दै भारि मनले जेलबाट बिदा भएँ | तीता मिठा कहानी सुनें , देखें र तपाईहरुलाइ सुनाएँ | मन पर्यो होला नै |  अस्तु !!  (हरि दाइको सन्दर्भमा - जिल्ला अदालतले हत्याको मुख्य अभियुक्त करार गर्दै जन्म कैदको फैसला दिए . पुनराबेदन अदालतले जिल्ला अदालतको फैसला सदर गर्यो | सर्बोच्च अदालतले दुवै अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै निर्दोष भएको फैसला सुनायो र करीब पांच बर्ष पछि छुट्नु भयो हरिदाई | जागिरमा पुनर्बहाली हुनु भयो र तत्काल राजिनामा गर्नु भयो | त्यतिन्जेल मैले पनि लोक सेवा पास गरेर सरकारी सेवामा गैसकेको थिएँ | अझै पनि टोलमा हरिदाई भेट हुन्छ . नमस्कार सर भन्दै हात मिलाउनु हुन्छ | पांच बर्ष निर्दोष  भैकन पनि जेलमा बिताउनु भएको  कथा ब्यथा बिस्तारमा बुझ्ने सुन्ने मौका पाएको छैन , नत्र एउटा गतिलो उपन्यास बन्ने थियो | मौका मिले हरिदाईको कहानी कुनै दिन लेख्ने नै छु | )  Last edited: 04-Aug-14 08:15 AM Last edited: 04-Aug-14 01:17 PM

rahulvai · Aug 4, 2014 8:14 AM

लौ ठुल्दाई कति चाडै कथा सक्काएको. म त कहानी मा तर्न एंड त्विस्ट आउछ भन्ठानेको त सक्काइ पो दिनु भयो. राम्रो लाग्यो अब अर्को प्रस्तुति को आशामा छु .

rawbee · Aug 4, 2014 9:02 AM

कथा राम्रो लाग्यो | अरु कुरा त्येस्तै हो, जेल सुधार चै भयो कि भएन? नेपाल को विकास कागज मा सिमित हुने जस्तै जेल विकास पनि कागज मै सिमित त रहेन ?

Bhaute_Kaji · Aug 4, 2014 11:54 AM

स्पष्टिकरण भौते काजी, भयो भयो | जेलको भौतिक परिस्थितिले दिए जति सुधारको काम २ महिना भित्रै भयो | महिला स्नानगृह दुइ | थप ट्वाइलेट २ बन्यो | पुरुष सेलमा नि थप दुइ ट्वाइलेट बन्यो | त्यो भन्दा महत्वपूर्ण कार्य चाहि ढल को राम्रो निकास नभएर अलि पानी पर्यो कि चोक जलमग्न हुने अवस्थाबाट मुक्ति मिल्यो , नया ढल निकासको ब्यबस्था भयो |

rahulvai · Aug 4, 2014 12:12 PM

Kun chai Mayor sahab ho, naam bhanna milchha ki Rahulvai?

Kiddo · Aug 4, 2014 12:27 PM

ठुल्दाई , सत्यकथा पढियो , निर्दोष थुनिनु नियति नै भयो शयेद आजकाल नयाँ नेपालमा .. घुसखोर , गुन्डा पो छुट्छन त किलो किलो माला लगाएर ..... ल ठुल्दाई अब चाडै अरु नि पढ्न पाउँ ... - थाने Last edited: 04-Aug-14 02:44 PM

ThahaChaena · Aug 4, 2014 1:01 PM

अति उत्तम लाग्यो ठुल्दाई जेलयात्रा / हरि दाईले बिना सित्तिमा जेल बस्नु पर्दा मन खिन्न भयो / सत्रुलाई पनि तेस्तो बिपत्ति नपरोस / जेलर साहबलाई पनि अन्याय नै भएको रहेछ / येस्तई छ हाम्रो देशको बिडम्बना / दोसिहरु खुल्लम खुल्ला दुल्चन अनि निर्दोसहरु जगिन्चन / धन्यवाद ठुल्दाई जेलयात्रा लेख्नु भएकोमा / भविस्यमा नि एस्तो सत्यकथा पद्न पयियोस /

Karnali Blues · Aug 5, 2014 8:55 AM

ठुल्दाई तपाइँ को यो कथा पढेर नेपाल मा कारागार को अवस्था बारे केहि जानकारी मिल्नु को साथ् साथै नेपाल मा न्याय कानून प्रणालीले उचित न्याय दिन नसकेको अवस्था मा निर्दोष ले पाउने सजायका भागिदार हरु को बारे नि थाहा पाइयो तर शुरु मा जे भए पनि हरिदाई ले अन्तमा न्याय पाउनु भयो - खुशी लाग्यो - कथा एकदम शिक्षा मुलक हुनु का साथ साथै रोचक घोचक छ - लेख्दै गर्नु होला - पढ्ने हामी छदैछौ - बरु ठुल्दाई को छोटो कथा हरु को संग्रह निकाल्ने पो हो कि ...............

serial · Aug 5, 2014 8:55 AM

धन्यबाद ज्ञापान भोगेका , देखेका घटनाहरुलाई लिपिबद्ध मात्र गरेको हुँ | हाम्रो समाजमा यस्ता अनिगिन्ती कथाहरु छन् , ब्यथाहरु छन् जो लिपिबद्ध हुन सकेका छैनन् | नियतिले फुर्सद दिएकोले होला मैले केही कथा लिपिबद्ध गर्न सकें | यहाँहरु जस्ता प्रबुद्ध पाठकहरुको मायाले अझै लेख्न हौस्याउञ्छ नै | यो त भएन नि सोम, म गोर्खे , रबि , कर्ने भाइ , Kiddo, ओबामा , अमला , BlurMirror, सबैको शत्रु , नेपाली लाउरे , थाने भाइ , फत्ते , आवारा , भक्ते दाइ , भउते काजी , wonton, लहरे ....... लगायत सबै मन पराइ, पढी गुणी दिनु भएकोमा आभार प्रकट गर्दछु |

rahulvai · Aug 5, 2014 9:22 AM

जेल सुधार भयो भएन संगै हरिदाई दोषी कि निर्दोषी जान्ने उत्सुकता को अन्त्य भयो |

magorkhe1 · Aug 5, 2014 2:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all