गर्मी यामको पारिलो सोमबार । आज अधिकांश रेष्टुरेन्ट कामदारले अमेरिकामा फुर्सद पाउने दिन । ६ दिनसम्मको रेष्टुरेन्टको खटाइपछि ऊ पनि आज न्यूयोर्कमा छुट्टी मनाउन आएको रहेछ । थकित अनुहारमा नेपालबाट भर्खर भर्खर अमेरिका आएको आप्रवासीको कृत्रिम हाँसो एकातिर, अर्कोतिर त्यो कालो ब्याग दुवैलाई बिसाउँदै ज्याक्सन हाइटको भिम्स क्याफेको माथिल्लो तल्लामा आएर थचक्क बस्छ । उसैको प्रतीक्षामा केही समयअगाडिदेखि कुरेर बसेको अर्का व्यक्तिसँग हात मिलाएर ज्याक्सन हाइटको भिम्स क्याफेमा आसन जमाएर ऊ बसेको मात्र के थियो, उसको बोली फुटिहाल्यो– ‘मलाई त्यसले फसाई यार, म के गरौं ?’ हुन त ऊसँग मेरो पूर्वपरिचय थिएन । तर, उसैको प्रतीक्षामा बसेको अर्को व्यक्तिसँग भने म स्वयम् पनि परिचित थिएँ । दुई व्यक्तिका आपसी संवादले व्यक्तिगत प्रसंग शुरु हुन लागेको अड्कलबाजीका कारण सँगै जोडिएको अर्को टेबुलमा बसिरहेको मलाई अप्ठेरो महसुस हुन थाल्यो । असहज मान्दै मान्दै त्यहाँबाट निस्कने निक्र्योलका साथ उठेर ती अर्का व्यक्तिसँग बिदाइ माग्दै थिएँ । तर, एकछिन बसौं न सर भन्दै उनीहरु बसेकै टेबुलमा बस्नका लागि करकाप गर्न थाल्यो । म स्वयम् भने अर्काको व्यक्तिगत कुराकानीका प्रसंगभित्र प्रवेश गर्न चाहँदैन थिएँ । त्यसैले त भिम्स क्याफेबाट बाहिर निस्कने मेरो प्रयास थियो । तर, अर्का पूर्वपरिचित मित्रले ज्यादै जिद्दी गरेर सँगै बस्न बाध्य बनाएपछि मेरो बाहिरिने प्रयास असफल भयो । बाहिर ९० डिग्री तापक्रम, भित्र भिम्स क्याफेको तातो मःमःको बाफ । अर्कातिर ती न्यूजर्सीको रेष्टुरेन्टबाट एक दिनको छुट्टी मनाउन न्यूयोर्क आएका ती युवाको पीडाको रन्को । झनै पूर्वपरिचित युवाले मसँग परिचय गराइदिएपछि त ऊ यति धेरै उत्साहित भयो कि ? उसका मनभित्र पिल्सिएर बसेका असीमित पीडाहरु ऊ एकैपल्ट बाहिर निकालेर मेरो अगाडि बिस्कुन छरेझैं छर्न चाहन्छ । ऊ हलुका हुन चाहन्छ । त्यसैले त जम्मा आधा घण्टाको बसाइँमा उसले आफ्नो सबिस्तार कहानी सुनाउन भ्यायो । १६ वर्षे चढ्दो जवानीमा गाउँको एउटै विद्यालयमा अध्ययनरत एक युवतीसँग माया गाँसिएपछि भगाएर प्रेमविवाह गरेको रहेछ उसले । अहिले ऊ ३१ वर्षको भएछ । कति सुनौला थिए ती पल ! सबैतिर रमाइलो मात्रै । जुँगाको रेखी बस्दै गर्दा एउटै स्कुलकी किशोरीसँग मन बस्यो उसको । मन परेपछि परिवारको के पर्बाह ? भागी बिहे गरे साना दुलहादुलहीले, भविष्यको सपना सजाउन थाले । एकअर्काबाट नछुट्टिने वाचा गरे । जस्तै दुःखी परिस्थितिमा एकअर्कालाई न्यानो अँगालोको सुरक्षा दिने कसम खाए । ‘कसम न हो खाइदिए पुगिगो, सायद कसमहरू तोडिनकै लागि हुँदो रहेछ दाइ,’ ऊ भूमिका बाँध्दै छ । हामी पनि सुन्दै छौं, रोमाञ्चक कथा चलचित्र हेरेझैं । संवेदना मर्दै गइरहेको समाजमा कारुणिक कथाले मन दुखेको दाबी त म कसरी गरूँ ! पत्याउँछ पो कसले ? ४ वर्षअगाडि उसकी पत्नी अमेरिका आई, पति र छोराछोरी छाडेर । अनि, ती वाचाकसम, वात्सल्यपूर्ण मातृत्व र पत्नीसुलभ चरित्र पनि बाग्मतीतिरै सेलाएर आइछ । उसले यी सब त्यति बेला थाहा पायो, जब ऊ पनि एक वर्षअघि अमेरिका आयो । सोह्र वर्षअगाडिको मायाप्रेम अब उसका लागि किंवदन्ती बनिसकेछ । के छ कुन्नि अमेरिकामा ? चारै वर्षको अवधिमा उसकी प्यारी जीवनसंगीलाई क्रूर अनि धोकेबाज बनाइदिएछ । प्राणप्यारी, आनन्ददायी पत्नी नै अहिले उसका लागि दैनिक पीडाको माध्यम बनेकी छ । अहिले दुनियाँका नजरमा मात्र उनीहरू पतिपत्नी हुन्, भावनात्मक रूपमा होइन । उसले निकै प्रयास ग¥यो दाम्पत्यको झीनो त्यान्द्रोलाई फेरि कसिलो बनाउन । तर, साथ पाएन । परिवर्तन हुने त मान्छेको स्वभाव हो, यसमा बिचरा भूगोलको के दोष ? भूगोलले कठोरता आउँथ्यो त सायद ऊ पनि यति धेरै दुख्ने थिएन । एक वर्षअघि छोराछोरी च्यापेर जोन अफ केनेडी विमानस्थल झर्दा लामो वियोगपछि प्राणप्यारीलाई भेट्न आतुर थियो ऊ । अर्धांगिनीप्रति छुट्टै सम्मान थियो । वर्षौंपछि पत्नी देख्दा उसका आँखामा असीम सुखका आँसु टिलपिलाए । पत्नीका आँखामा भने उसका लागि कुनै ‘फिलिङ’ टिल्पिलाएन । बरु सँगै ल्याएको पुरुषतिर उन्मत्त दृष्टि थियोे त्यो नारीको । पतिलाई ‘रिसिभ’ गर्न उपपति लिएर गइछ । धन्न, चिनाउनचाहिँ ‘दाइ’ भनेर चिनाई । बिचरा, नेपालबाट भर्खर आएको बबुरो, नपत्याएर पो के गरोस् ? ‘सतीसालभैंm पत्नीबाट यस्तो धोका होला भन्ने कहिल्यै सोचिनँ दाइ,’ ऊ भक्कानिँदो छ, ‘त्यो त ब्वाइफ्रेन्ड पो रहेछ ।’ नेपालमा छँदाकोे पत्नीको मधुर आवाज अब कर्कश ध्वनि बनिसकेछ । केही प्रश्नै सोध्न नहुने । ठाडो जवाफ– ‘तँलाई मैले नै अमेरिका ल्याएकी हुँ, चुप लागेर बस् ।’ सुरुमा त ऊ छाँगाबाट खसेझैं भयो, अब बानी प¥यो । बारम्बारको चोटले मान्छे चोट खान खप्पिस हुन्छ । छोराछोरीको भविष्यका लागि पनि कुनै कठोर निर्णय गरिनहाल्न ऊ विवश छ । नेपालमा राम्रै पढिरहेका थिए लालाबाला । उसको पनि राम्रै व्यवसाय, मानसम्मान र इज्जत थियो । कमी थियो त पारिवारिक साथको । जीवनसंगिनीको । त्यही अभाव पूरा गर्न सुनौलो भविष्यको खाका कोर्दै ऊ जहाज चढ्यो । माथि अकाशमा बादलका गुच्छा हेर्दै सपना बुन्यो– पतिपत्नी सधैं एकअर्काका सारथि बनौंला । छोराछोरीको भविष्य उज्ज्वल पारौंला । तर, ती सबै सपना पत्नीले उसको नामको चुरा नाडीबाट निकालेर कतै पत्थरमा बजारेझैं चकनाचुर भइसके अब । लामो श्वास तान्दै पुर्परोमा हात राख्यो उसले एकचोटि । अनि कामना ग¥यो– ‘यस्तो दिन कसैले देख्न नपरोस् ।’ अमेरिका आएदेखि पत्नी उसलाई नजिक पर्नै दिन्न रे ? बच्चाबच्चीको मायाले सताएपछि हप्ताको एक दिन छुट्टीमा कोठा पुग्छ ऊ । त्यहाँ पत्नीसँग हरेक हप्ता अर्कै पुरुष हुन्छन् । हिजोको होइन, त्योभन्दा पनि नयाँ । ब्वाइफ्रेन्ड कपडा फेरेजत्तिकै । कोठामा पुग्दा उसकी पत्नीलाई अलिकति पनि हीनता आभास हुँदैन रे । अति भएपछि उसले डिभोर्स माग्यो । पत्नीले उल्टै धम्की दिई, ‘त्यसो भए तेरो ग्रिनकार्ड खोसिदिन्छु ।’ ज्यादती अझ थपियो, ‘तँजस्तालाई अमेरिका ल्याएकी छु । खुरुक्क रेस्टुरेन्टमा काम गर्ने । महिनाको हजार डलर मलाई बुझाउने । नत्र ग्रिनकार्ड जाला ।’ आफ्नै पत्नी आफ्नै अघि नाठोसँग रत्तिएको देख्दा एउटा पतिको मन कस्तो होला ? पटकपटक मरेर ब्युँतन्छ ऊ । घरीघरी सास अड्किएलाजस्तो हुन्छ । वैधानिक पति ऊ नै हो तर उसलाई त्यो सुख छैन । बस्, एउटी निर्दयी आइमाईका लागि पैसा छाप्ने मेसिन बनेको छ । छोराछोरीको न्यानोले मात्रै बाँचिरहेछ । ‘अरूका नजरमा ऊ नै मेरी पत्नी हो । तर, मेरा लागि भइन । घरमा के भन्ने होला अब,’ ऊ निचोरिँदो छ, ‘न नेपाल जान सक्छु न यहाँ बस्न । छोराछोरीको भविष्य के हुने हो, चिन्ता लाग्छ ।’ उसलाई आफन्त फोन गर्छन् । बखान गर्छन्– ‘परदेशमा संघर्ष गरेर परिवार सुखी पार्ने सुशील पत्नी पाइछस् तैंले । सपरिवार अमेरिका पुर्याउन सक्ने पत्नी पाइछस् तैंले ।’ यस्तो सुन्दा उसलाई असह्य पीडा हुन्छ । मरेजस्तो अनुभूति हुन्छ । दिनदिनै भोग्छ ऊ यो दारुण परिस्थिति । हो, ऊ दिनदिनै मर्छ र दिनदिनै ब्युँतिन्छ, आफ्नै पत्नीको निर्दयी व्यवहार फेरि झेल्नका लागि । आँखाका नानीजस्ता छोराछोरीलाई एक झल्को हेर्नका लागि । करिब आधा घन्टाको ट्र्याजिक फिल्मजस्तो कहानी बिनाटिकट सुनेर हामी भिम्स क्याफेबाट बाहिरियौं । ऊ आँसु पुछ्दै बाटो लाग्यो । थिएटरबाट निस्किएपछि फिल्मका पात्र र कहानीजस्तै भुल्नु छ उसलाई पनि । गर्न के नै पो सकिन्छ र ? http://vishwanews.com/MenuPage...
cybernepali · Jul 29, 2014 11:32 AM · 15,185 views
hari bijog kahali laagdo kahanai rahechha. kasailai nahosh yesto
funtush · Jul 29, 2014 12:17 PM
आफुले छोडेर आए पछि नेपाल देखीनै आएको परिवर्तन हो, अमेरिकाले दिएको हैन ?
magorkhe1 · Jul 29, 2014 1:02 PM
yo katha sanga http://www.mysansar.com/2014/0...
deltagamma · Jul 29, 2014 5:25 PM
[Disallowed String for - use not allowed] huttihara, chatta chinalera nepal jana sakdaina!!
facebook · Jul 30, 2014 12:30 AM
ohhh common this is not a kahalilagdo story. Don't think in a way that promotes patriarchal society. Men n women are equal. what about guys who does same kind of behavior to his wife. Think from woman's side and have respect for them too. I don't think that woman did anything wrong. Time and perspective changes. I was different in Nepal back then and totally different now. when you explore the world then you realize who you are, not live in a virtual life just like back in Nepal. She has the right to live the way she wants. Don't matter if she wants to date several guys and do orgy or do whatsoever. Plain and simple for the husband, just divorce and walk away.
divorceguy · Jul 30, 2014 5:32 AM
not so easy to just divorce and walk away when children are involved. The other thing is nepalese law is biased towards favoring women when it comes to divorce no matter whose fault it is and in turn entitlements are loosely and generously granted to the women. I have heard of several cases where nepalese couple divorced in foreign countries but in nepal the women were still favored and claimed husband's property. Last edited: 30-Jul-14 09:18 AM
chaurey · Jul 30, 2014 9:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion