भ्रम अमेरिका, धनी अमेरिकाका गरिब नेपालीहरू--भोला आचार्य नेपालबाट धेरैजसोले सोच्छन् अमेरिकामा नेपालीहरू धनी छन् । अमेरिकामा रुखमा पैसा फल्छ, जहा पुगेका नेपालीहरू रुखै चढेर डलर टिप्छन् । प्रिन्सटन, हावर्ड जस्ता संसारकै उत्कृष्ट विश्वविद्यालयमा पढछन् । यहाँको सीप नेपालमा भित्रयाउने सुनौलो अवसर हुन्छ । विश्कै उच्च प्रविधिको पहुचमा छन् । हरेक हिसाबले उनीहरूको स्तर नेपालको भन्दा धेरै माथि छ । तर यी सबै अडकल भ्रम मात्रै हुन् । हुनेहरुले आफ्नै र नहुनेले सडकमा पार्किड गरेका गाडी र घरमा टासिएर खिचिएका तस्बिर, अग्ला गगनचुम्वि घर अगाडी र समुद्रको छेउमा गएर खिचिएका तस्बिरले अमेरिकामा बस्ने नेपाली जीवनलाई अहिलेसम्म यथार्थबाट टाढा बनाइरहेको छ । व्यवसायिक रूपमा पर्यटकको भूमिकादेखि पढाइको लागि यतै भाषिनेहरु कलेज छोडेर सडकमै काम गर्न उत्रिएका हुन्छन् । पछिल्लो पटक छिटफुट रूपमा मिडियाले अमेरिकामा नेपाली जीवनको यथार्थवारे प्रष्ट्याउने कोसिस गरेपनि यो प्रयास हात्तीको मुखमा जिरा भएको छ । त्यसो त नेपालमा बस्ने धेरैलाई त अमेरिकामा बस्ने नेपालीहरूको कठिन दैनिकी सुनाउदा पत्यार लाग्दैन । नेपालमा वस्नेलाई के थाहा ती अग्लाघरहरुको अगाडी र समुद्रको बिचमा गएर फोटो छिच्न घन्टौको बस र रेल यात्रा गर्नुपर्छ । उनीहरूलाई के था धेरै जसोका फोटोमा देखिएका गाडी र घर तिनीहरूका होइनन् । भएर पनि के भो ती सम्पत्ति हुदा र नहुदाको अमेरिकी जीवनमा खासै भिन्नता देखिदैन । नभएकालाई बरु कमाई जोगाउने वातावरण होला हुनेलाई बढी घण्टा हान्नुपर्ने मात्रै हात लागेको हुन्छ अपवाद बाहेक । यहाँ अधिकांश नेपालीहरूले गर्ने काम ग्यास स्टेसन, अस्पताल, होटेल, रेष्टुरेन्ट, व्युटीपार्लर, ट्याक्सी डाइभिड लगायतका सामान्य स्तरका कामहरू नै हुन् । आफूलाई नेता, समाजसेवी, पत्रकार, व्यवसायी सबैले गर्ने यी कामहरुमा थौरै व्यवसायी बनेका होलान् तर धेरैको हालत हातमुख जोर्ने काममै सीमित छ । यसैबाट कसैले नेपालको दुर्गम गाउमा केही हजार र बल गरेर लाखको खर्च गरेर चर्चा कमाइरहेका छन् । कोही राजनीतिक पार्टीको नेता बनेर आफैले आफूलाई प्रचार गरिरहेका हुन्छन् । त्यसैगरि कोही व्यवसायी भन्दै एनआरएनको धाक लगाइरहेका हुन्छन् जो सँग आफ्नै परिवार र आफ्नै गाउमा सामान्य काम गर्नलाई पैसा पुगिरहेको हुदैन । यता पत्रकार भन्नेहरु पनि के कम सामान्ने मान्छेलाई पनि ठुलो मान्छे बनाएर वाँच्नलाईृ गाह्रो बनाइरहेका हुन्छन् । यस्तै यस्तै चर्चा र भ्रम सृर्जना गर्दै वितिरहेको छ अमेरिकामा नेपालीहरूको जीवन । एकातिर आर्थिक अवस्था सुधार्न नसकेका नेपालीहरू अर्कोतिर नेपाल छँदाको सोचाई लिएर भ्रम सृजना गरिरहेका हुन्छन् । राजनीतिक आस्थाको रूपमा सङ्घ संगगठन बनाएर नेपालकै राजनीतिक भित्र्याउने मात्र होइन गैरराजनीतिक भन्नेहरुले पनि कला सास्कृति, भेष भूषा, समाजसेवा, राष्टियता र देशप्रेमको नाममा अवैध कार्यहरू गर्दै नेपाली नेपालीबीच लडाई झगडा र मुद्धामामिला गरेर देशकै व्इज्जत गरिरहेका वेलावेलामा सबैले सुनेकै हुनुपर्छ । देशको इज्जत जोगाउने कसैका प्रयासहरू पनि अर्थहिन वनाईदिन नेपाली स्वयम् पछि नपरेका प्रसस्तै घटनाहरू छन् । प्रवासमा त्यो पनि अमेरिकामा आएर जात जातीका एक भन्दा बहु संस्था त्यसभित्र पनि बहु नाम राखेर संस्था खोलिने प्रवृतिले नेपालको कसरी गौरव वढाउछ ? राजनीतिको नाममा अन्तराष्टिय स्तरमा पहुँच राख्न नसकेर नेपालकै भातृ तथा व्रान्च संस्था खोलेर त्यसमा पनि झगडा गर्दै हिडेपछि हाम्रो राजनीतिक स्तर कसरी माथि उठ्छ ? त्यसो त नेपालको प्रतिनिधित्व गर्ने राजदूतावास देखि नियोगसम्मले खासै लछारपाटो लाएको देखिदैन् । तलब भत्ता सुविधा लिने बाहेक उनीहरूले केही गरेको भए यहाँ बस्ने तीन लाख नेपालीहरूको डाटा ६० हजारमा कसरी सीमित हुथ्यो । सरकारका प्रतिनिधिहरू आएको वेला र यताको बसाइपछि एयरपोर्टमै पुगेर चाकडी गर्नेवाहेक उनीहरूको मेहेनत कतै देखिदैन । अन्तिमसमयमा आएका बिरामी प्रधानमन्त्री निको भएर घर फर्कदापनि उनी सन्चो भए भन्ने सुखद सामाचार पनि नदिएर पठाइयो । प्रधानमन्त्रीको स्थास्थ्यको चासो लिएर यहाँका नेपालीहरूले व्यक्तिगत र संस्थागतरुपमा नभेटेका पनि होइनन् । देशको प्रधानमन्त्रीलाई व्यक्तिको पेवा जस्तो बनाएर उनकै परिवारले प्रस्तुत गरे । एकजना संचारकर्मी भन्दै थिए समाचारको लागि धेरै पटक सम्पर्क गर्दा पनि जवाफ आएन यो के तरिका हो ? हाम्रा सोचाई र व्यवहारको स्तर हेर्दा लाग्छ यो भन्दा नेपालमा स्तरिय व्यवहार हुन्छन् । सुरुमै यहाँ आउनेहरु जो सुकै लाई लाग्छ यहाँका नेपालीहरू हरेक हिसाबले स्तरिय होलान्् तर होइन रहेछ । पछिल्लो चुनावमा नेपाली काग्रेसका नरहरि आचार्यले चुनाव जित्ने र हार्ने ईश्वर पोखरेलले अँगालो मारेका थिए । तर यहाँ एउटा झिनो मसिनो संस्थाको चुनावमा हार्ने र जित्नेको जुहारी हेर्दा लाग्छ यो कस्तो ताण्डव नृत्य हो । एनआरएन देखि एएनए मात्र होइन् विपरीत विचारका राजनीतिक दलका भातृ सङ्गठनहरू जसमा पनि एउटै सङ्गठनभित्र र अरू कुनै नेपालीहरूको संस्थामा छैन कि त्यो ताण्डव नदेखिएको होस । यो स्तरले यहाँका नेपालीहरूको गुणस्तर विचार र सोचाईमा प्रश्नचिन्ह खडा गरेको छ । केही बुद्धिजीवीको हकमा पनि स्तरको नाम निसानै छैन । उल्टै नेपालमा यस्तो भएन, नेताहरूले देश विगारे, खत्तम भयो भन्नेवाहेक उनीहरूको खासै टिप्पणी भेटिदैन । अमेरिकामा सिक्ने कुराहरू नभएका होइनन् । धेरै सुविधाहरुको बिचमा सिक्ने कुराहरू पनि प्रसस्तै छन् । उदाहरणको रूपमा भाषा र व्यवहारमा शिष्टता हुनुपर्छ । सडकमा थुक्नु हुदैन देखि लिएर कुनैपनि काममा हीनताबोध गर्नुहुदैन लगायत थुप्रै थुप्रै । नेपालीहरू भने नेपालीहरू बाध्यता र विवशका कारण यी कुराहरूमा संलग्न हुन्छन् । नत्र भने नेपालमा पुग्दा नपुग्दै एर्पोटदेखि सुरु हुन्छ जहापायो त्यही थुक्ने र नाक खुम्च्याउने व्यवहारहरू । सामाजिक काममा सुक्को नझार्नेहरु थाहा पाउदा पाउदै निजी स्वार्थको लागि घुस दिएर काम गराउन पछि पर्दैनन् नेपालमा पुगेपछि । र सत्य कुरा कहिल्यै बोल्नु नपरोस भन्दै एकतर्फी तारिफ मात्रै सुनेर वसिरहन्छन् नेपालमा पुगेको वेला । नेपालमा वस्नेहरुमाथी सधैँ भ्रम सृजना गरिरहेका हुन्छन् । यस्तो अमेरिकाबाट घुमेर फर्किने मात्र होइन यतै लामो समय विताएर नेपालमा पुग्ने नेपालीहरूको व्यवहारमा खासै परिवर्तन आएको भेटिदैन । धनिदेशमा बसेर हुर्केने पछिल्लो पुस्ताका नेपालीहरूले कस्तो सोच र व्यवहार गर्ने हुन् त्यो भने बाँकी नै छ । तर अहिलेसम्म धनी देशमा बस्ने झण्डै शतप्रतिशत नेपालीहरू गरिब सोच र विचारले अगाडी वढिरहेको सजिलै देख्न सकिन्छ । - See more at: http://brtnepal.com/literature...
cybernepali · Jul 29, 2014 9:18 AM · 2,916 views
लेखकले बस्तुस्थितिको दुवै पाटो सम्हालेर लेख्न सक्नु भएन | जड कुरो के हो भने " बर्मा गए कपाल संगै अमेरिका छिरे बानि संगै " अनि हाम्रा यी लेखक पनि आफ्नै संकार र बानि बात टाढा राख्न सक्नु भएन अनि सबैलाई एउटै नजरले हेर्नु भयो | बिदेस जाने र बस्ने पर्यटक नै भए पनि नेपाल छिर्ने पर्यटकले जस्तो जहा तहीको फोटो खिचेर देखाउने गर्दैनन् , म पनि गर्दिन | डिजिटल फोटो नभएको बेला कसले अनाकर्स्यक थाउको फोटो खिच्छ | बुझ्नु पर्ने कुरा के पनि हो भने हामि सत % सहमति हुनु पर्ने ठाउमा सधै खोट र शंकाको दृस्टीले हेर्छौ ( मेरी बुहारी गर्भ बती भएकी हो भनि छिमेकीकी बुहारी सोध्ने ) जहा दोश्रो मत को आबस्यक्ता हुन्छ त्यहा आखा चिम्लेर ल्याप्चे लगाउन तयार हुन्छौ | राम्रो ठाउको फोटो खिच्दैमा त्यो घर अनि गाडी उसको हुने देख्नु दर्शक कै केहि हद सम्म दोष देख्छु किनकी हाम्रो मस्तिस्कले एक निर्णय गरि देखन चाहन्छ , जति उल्टै पल्टाई गरेर हेरे पनि उही कुरा मात्र प्रसोधित हुन्छ | एक पल्ट् देखेको पहेलो धातु सुन थियो, अनी हरेक पल्ट देखिने पहेलो धातुलाई सधैं सुन नै ठान्ने हाम्रो मन्स्थिती परिवर्तन नहुने हो भने हामी केमा आँखा फुटेको कानो गोरुले सधैं हरि देखछ कै स्थिती भन्दा पर जान सक्दैनौ ! कुनै बेलामा KU का प्रोफेस्सर भनाउदा कजन गाउले बाह्र खरी पढेको मनस्थिति राखी IEEE को कन्फरेन्समा आएका थिए | (प्लेन भाडा पनि ऋण बोकेर) : छिरे पछि नेपाल नफर्कने मंस्तिथि बोकी ! मैले भाडा तिरेर बोलाईन ( My state which was 1500 miles away) : अबैध बसाई नगर्ने सल्लाह दिए : फर्के पछी फलानोले मलाइ केहि गरेन :भनी हुईया फुकी दिए | काका काकी अझै मुख फ़र्काउछन | मेरो फोटो माला बनाइ जिन्दगि भर झुन्ड्याउनु ठिक होला किनकि नेपाल फर्केर गए पछि क्यानडा आई डा . उपाधि लिएर बस्न सके , अबैध बसेको भए इन्डियन रेस्टुराँ मा चेफ हुन्थे कि बसबोई ( Eventually will have GC, if that was his primary goal) नेपालमा बस्ने होस् वा संसारका कुनै कुनामा : हामि आफु सत % सहि , अनि बिगतका कार्य हरुको मुल्यांकन गर्ने बानि छैन (हाम्रा योजना हरु जस्ता, we repeat the same mistake, because we do not want to show our initial planning had flaws ) जंगेले बोल्यो: बाङ्गो रुखलाई सोझो भनि दिए, जिन्दगी भरलाइ त्यो सोझै हुनेछ | Last edited: 29-Jul-14 11:27 AM
magorkhe1 · Jul 29, 2014 10:16 AM
फेसबुकमा जोडदार कमेन्ट आइसकेछ
cybernepali · Jul 29, 2014 11:22 AM
सन्तान थरि थरि : दिमागी मापन थरि थरि :
magorkhe1 · Jul 29, 2014 11:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion