मेरो प्यारो मेरिज एल बि ऐर बस्टन म्यासाचुसेट्स, यु एस ये किसान हाकिम नेता सबलाई मन पर्ने मेरिज देश परदेश सबै ठाउमा पपुलर छ यो मेरिज सुरुमा त थाहा थिएन के होला त्यो मेरिज आजभोलि त नभई हुन्न मेरो प्यारो मेरिज दुइ चार जना भेट भयो कि खेल्न मन लाग्ने भोक मेट्ने तिर्खा मेट्ने निन्द्रा त्यसै भाग्ने दिन चार जोडी तास मिलाई खेल्नु पर्ने रैछ सबैलाइ बाँड्नु पर्ने एक्काइस हुदो रैछ कहिले बाँड्छु बाइस पत्ति कहिले बाँड्छु बिस बाह्र पोइन्ट हुस्सु दण्ड तिर्नु पर्यो तिस कान्छी पनि मेरिज खेल्न निकै जान्ने भईछ दुइ दुइ चोटी रंग शो गर्ने कस्ती मोरी रहेछ दिमाग पुर्याई खेल्नु पर्ने यो मेरिज को खेल आफ्नो मात्रै बाजी मार्नु अरु लाइ भने पेल जित्नेहरु भाग्ने गर्छन अनेक बाहानामा हार्ने हरु भिड्दै गर्छन जित्ने चाहनामा पहिले पहिले गालि गर्थे सबै साथीभाई माझ आजभोलि त आफै पहिले खेल्नु पर्ने तास मनोरंजन गरौँ भनि खेल्न सुरु गरे पैसा गाको थाहा छैन बल्ल जिल्ल परे हासी खुशी खेल्नु पर्छ नखेलौ रोइ रोइ त घरमा बाबु मरेपनि छोड्दैनन कोहि कोहि त पढ्न लेख्न छोडे मैले छोडे टीभी सिरिज कस्तो माया बस्यो कुन्नि मेरो प्यारो मेरिज
Lal Bahadur Ayer · Jul 29, 2014 8:52 AM · 10,509 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion