एन्मा-नासा संयूक्त सम्मेलन कविता प्रतियोगिता:

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एन्मा-नासा संयूक्त सम्मेलन कविता प्रतियोगिता:एन्मा-नासा संयूक्त सम्मेलन २०१४ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एन्मा, नासा, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल तथा नेपाली घरद्वारा संयूक्त रुपमा 'खुल्ला' तथा 'बाल समूह'मा कविता प्रतियोगिता आयोजना गरिदैछ । यस प्रतियोगितामा भाग लिएर आफू तथा आफ्नो बालबालिकाहरुको साहित्यिक प्रतिभालाई प्रस्फुटन गराउनुहुन तथा नेपाली भाषा साहित्यसँगको सम्बन्धलाई प्रगाढ बनाई राख्नहुन सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ । प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरुले निर्धारित समय सीमाभित्र ईमेल मार्फत आफ्नो रचना बुझाउनुहुन तथा सम्मेलनको अवसरमा हुने साहित्यिक कार्यक्रममा उपस्थित भएर आफ्नो रचना वाचन गर्नुहुन पनि आग्रह गर्दछौ ।  साहित्यिक कार्यक्रम हुने स्थान र मिति: स्थान: एन्मा-नासा संयूक्त सम्मेलन २०१४,  CROWNE PLAZA DENVER INTERNATIONAL AIRPORT  15500 East 40th Avenue, Denver, CO 80239 मिति: ३१ अगस्त २०१४  कविता प्रतियोगितामा भाग लिन पालना गर्नुपर्ने नियमहरु:  १ प्रतियोगीले आफ्नो रचना ईमेल मार्फत rpsituala@gmail.com अथवा literaturecommittee2014@jointconvention.org ठेगानामा अगस्त २२, २०१४ भित्र पठाई सक्नुपर्नेछ ।  २ रचनाको शब्द सीमा अधिकतम २०० शब्दको हुनेछ ।  ३ कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरु स्वत: अस्वीकृत हुनेछन् | ४ प्रतियोगितामा कविता वाचन गर्ने कवि/ कवियत्रीले अनिवार्य रुपमा एन्मा-नासा संयूक्त सम्मेलनमा रजिस्ट्रेसन गरेको हुनुपर्नेछ ।  ५ कविताको बिषयवस्तु तथा रुप गद्य वा पद्य (पद्य भन्नाले छन्दबद्ध हुनुपर्छ भन्ने छैन ) को चयन स्वतन्त्र छोडिएको छ ।  ६ कविता ईमेल मार्फत पठाउदा युनिकोड नेपालीमा लेखिएको हुनुपर्नेछ ।  ७ कविता नितान्त नयाँ तथा मौलिक हुनुपर्नेछ | कवि/ कवियत्रीले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ | ८ प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने छ | ९ प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ | १० 'बाल समूह'मा रचना पठाउन प्रतियोगीको उमेर १४ बर्ष नकाटेको अथवा बढीमा ८ ग्रेडमा अध्ययनरत हुनुपर्नेछ तर 'खुल्ला' समूहमा रचना पठाउन भने उमेरको अथवा अध्ययनको कुनै हदबन्दी लागू हुनेछैन ।  ११ 'खुल्ला समूह'मा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई क्रमश: अमेरिकी डलर ३००, २०० र १०० को साथै प्रशंसापत्र पनि प्रदान गरिनेछ ।  १२ 'बाल समूह'मा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई पदक र प्रशंसापत्र सहित क्रमश अमेरिकी डलर १००, ७५ र ५० प्रदान गरिनेछ । १३ कविता पठाउने समयसिमा नाघेर ईमेल मार्फत प्राप्त भएका रचनाहरु र कार्यक्रमस्थलमा प्राप्त भएका रचनाहरु अप्रतियोगी रचनाको रुपमा कार्यक्रममा समावेश गराइनेछ ।  १४ निर्णायक मण्डलीको निर्णय नै अन्तिम हुने छ ।  १५ यसरी प्रतियोगितामा समावेश गर्न बुझाईएका रचनाहरु कागजी तथा बिद्दुतीय पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने अधिकार समितिसँग सुरक्षित रहनेछ ।  राजु सिटौला संयोजक (साहित्य समिति) १० औ एन्मा-नासा संयुक्त सम्मेलन, डेन्भर

anmanasea2014 · Jul 28, 2014 8:04 PM · 5,940 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all