This is the just a snippet from the lyrics of the song that was heavily protested and the singer decided to stop playing his song because of the pressure: Source: onlinekhabar.com केको बाहुन, केको कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती जातका कुरा गर्नेको दिमाग कहाँ छ मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई मैले गुर्सिनी ल्याकै हो, हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ, source: http://www.onlinekhabar.com/20... ८ साउन, काठमाडौं । लोकगायक पशुपति शर्माले ‘केको बाहुन, केको कामी, केको जनजाति’ बोलको आफ्नो तीज गीत बन्द गरेको घोषणा गरेका छन् । शर्माको गीतको दलिय समुदाय र आदिवासी जनजातिबाट चर्को विरोध भएको थियो । सामाजिक सञ्जाल र केही संघ संस्थाले गीतबारे गरेका टिकाटिप्पणीले गीतलाई बहाना गराएर सामाजिक सदभाव बिथोल्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै गायक शर्माले गीतको सार्वजनिक प्रयोग बन्दको घोषणा गरेका हुन् । शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्-’हामी नेपाली हौं’ बोलको तीज गीतले कसैको आत्मसम्मानमा ठेस नपुगोस् भन्दै सार्वजनिक प्रयोगमा बन्द गरेको जानकारी गराउदछु । साथै यो गीतको व्यवसायिक प्रयोग समेत बन्द गरिएको अवगत गराउन चाहन्छु ।’ यसअघि शर्माले अनलाइनखबरसँगको कुराकानीमा पनि आफू दलित समुदायको सम्मानमै गीत बनाएको बताएका थिए । गीतको केही शब्दप्रति आपत्ति जनाएको र हटाउन आग्रह गरेकाले सम्मान गर्दै गीत नबजाउने निर्णय गरेको शर्माले बताएका छन् । उनले भनेका छन्-’वास्तवमा मैले उल्लेखित गीत कुनै पनि समुदाय र जातजातिको मानमर्दन गर्न प्रकाशित गरेको नभई समाजिक कुरीति बिरुद्ध लक्षित गरेको थिए ।’ आफू विशुद्ध कलाकार भएको र हरेक क्षेत्रका श्रोता र दर्शकको मायामा मात्र अघि बढ्न सक्ने भन्दै उनले भनेका छन्-’यहाँहरुकै चाहना र भावनाको कदर गर्दै सम्पूर्ण सञ्चार माध्यम र डिजिटल प्रविधिमा बन्द गरिएको प्रष्ट्याउँन चाहन्छु ।’
Kiddo · Jul 24, 2014 7:13 AM · 11,467 views
Haha... What a lyrics! Lol
daum · Jul 24, 2014 7:22 AM
Kiddo bro, Unfortunately, we are that stupid. I've come across many many "educated" "intellectuals" who would make really plain stupid and racial remarks about other races, especailly against bahuns and chhetris. We do realize that the political power has been concentrated in certain castes in Nepal, but that does not mean you have to curse everyone beloging to that caste. The fact is that you cannot change the history. If you feel that the policatical power is concentrated to those castes, then you should encourage your kids and community to be more active in politics. Logic defies such behaviour, but we Nepalis as a nationality have never been so logical anyway. Last edited: 24-Jul-14 07:55 AM
yotabhayananisom · Jul 24, 2014 7:55 AM
हामी नेपाली हौँ मलाई तेती थाहा छ ...... लौ यस्तो जातप्रथामाथि को कडा प्रहारलाइ किन ब्यान गरेका .... असत्ति हरु
ThahaChaena · Jul 24, 2014 9:12 AM
जस्तो शिक्षा पायो, ब्यवहार नि त्यस्तै त गर्ने हो नि। जुन सुकै देशमा पनि जात जातीका सँगठन खोलेर बस्या छन, नेपाली भन्दा अघि कुन जात हो भनेर सोध्छन, त्यस्ताले यस्ता गीत मन नपराउनु, बखेडा झिक्नु स्वभाविक नै हो। फेरी तिनैलाई मोर्डन हुन पर्छ गाँठे .. सकिन्न बा सकिन्न ..
aaitey · Jul 24, 2014 11:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion