प्रेमराजाको उपहारले अमेरिका र युरोपमा तहल्का नेपालमा भने उनको अर्कै पहिचान छ । करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएपनि नेपालका रेडियो र टेलिभिजनमा नेपालमा अझै पनि उनका दर्जनौं गीत घन्कन्छन् । पानको पात..., बाँझेखेतमा..., हिउँचुलीमा हिउँ..., सालैको पातैले... र हरियो डलर... लगायतका उजर–अमर गीतका धनी प्रेमराजाले जीवनसंगिनीका लागि उपहार स्वरुप नयाँ एल्बम ल्याएका छन्, ‘तिम्रो बोली’ । बिहेको २५ औं वर्षगाँठका अवसरमा मेरिल्याण्डको बाल्टिमोरमा केही समय अघि आयोजित भव्य समारोहमा प्रेमराजाले सयौं शुभचिन्तकहरुमाझ सरप्राइज उपहारका रुपमा जीवनसंगिनी कवितालाई यो एल्बम समर्पण गरेका थिए । जसले छोटो समयमै अमेरिका र युरोपमा तहल्का पिटेको छ । प्रेमराजाले आफ्नी जीवनसंगिनीप्रतिको प्रेमलाई शब्दजालमा यसरी बुनेका छन् : आज भोलि तिम्रो बोली मिठो लाग्दछ, अझै तिम्रो माया पाउँदा दुःख भाग्दछ जीवनसंगिनीप्रतिको सम्मानमात्र होइन, आफ्नो जीवन भोगाइलाई समेत यथार्थमा पस्केका छन् उनले, यसरी : सुख पर्दा आफन्तका मिठा मिठा बात दुःख पर्दा तिमी बाहेक हुन्नन् कोही साथ आजभोलि... जीवनका कठिन दिनमा जीवनसंगिनीले दिएका साथप्रति प्रेमराजा सँधै ऋणी छन् । त्यसैले विगतलाई यसरी स्मरण गर्छन् उनी : न त माग्यौ मिठो खान, न त राम्रो लाउन सँधैभरि व्यस्त भयौ, बालबच्चा हुर्काउन आजभोलि... दुई छोरा र दुई छोरीका धनी प्रेमराजाले आफ्ना सन्ततिलाई पनि एल्बममा सम्झेका छन् । बगैंचाका सुन्दर फुल, हाम्रा छोराछोरी तिम्रो सुःख हेर्न पाउँ सारा जुनीभरि आजभोलि... जीवनसंगिनीका नाममा यो एल्बम निकाल्ने सोच कसरी फु¥यो त ? प्रेमराजा भन्छन्, ‘धनाढ्यले आफ्नी श्रीमतीलाई धनधौलत दिन्छन्, तर म त गायक परें, उनलाई मैले मैरे गीतसंगीत समर्पण गरें ।’ देश–विदेशमा छरिएका स्वदेशी तथा विदेशी स्रोता र दर्शकका माझमा एक सफल कलाकारको रुपमा उभिन जीवनसंगिनी कविताकै ठूलो देन रहेको प्रेमराजा बताउँछन् । छोटो अवधिमै प्रेमराजाको यो एल्बमको सिडी अमेरिका र युरोपमा एक हजार भन्दा बढी बिक्री भइसकेको छ । जुन अमेरिका र युरोपकै नयाँ रेकर्ड हो । संगीतकार बीबी अनुरागीको प्रिज्मा स्टूडियो र गायक÷निर्देशक नारायण रायमाझीको रिमा रेकर्डिङ स्टूडियोमा रेकर्डिङ एवं सम्पादन गरिएको यस एल्बममा १२ वटा गीत समावेश छन् । जसमा कलाकार हरिबंश आचार्यको स्वरबद्ध ‘खोक्रो सारंगी...’ बोलको अर्को गीत छ । नेपालको समसामयिक राजनीतिक परिवेशलाई बुनेर तयार पारिएको यो गीतलाई स्रोताहरुले अत्याधिक रुचाएका छन् । एल्बमको नेपालमा औपचारिक रिलिज भने हुन बाँकी छ । यसो त प्रेमराजाका सन्तति पनि उनकै बाटोमा छन् । अमेरिकामै डाक्टर पढिरहेका ठूलो छोरा सरगम नेपाली म्युजिक भिडियोमा मोडलिङ गर्छन् भने छोरी समिक्षा गायिका हुन् ।
mahoday · Jul 19, 2014 3:07 PM · 25,034 views
Being honest here. This guy is just posting news and Nepal specific items. No harm no foul. He might never respond to our post, but he does bring us closer to the Nepali feel. But! Boy do I get annoyed reading his postings. Yes, I could chose to ignore them, but I had to say it one time. Just plain annoyed; don't know why. Prem Raja Mahat. One of our popular singer. Do I really care how he celebrated his 25th anniversary? (what happens when you combine Nitrogen with Oxygen?)>(2) NO!!
Kiddo · Jul 19, 2014 6:20 PM
I was never impressed with Prem Raja mahat's songs. Journalist did not have anything to write about?
Business101 · Jul 21, 2014 11:30 AM
"छोटो अवधिमै प्रेमराजाको यो एल्बमको सिडी अमेरिका र युरोपमा एक हजार भन्दा बढी बिक्री भइसकेको छ । " LOL and this is a record...damn the music business is not so good!
trillian · Jul 21, 2014 11:39 AM
No offense - I was kinda shocked when I saw media giving importance to the low end folk singers like Premraja. I never liked his songs. No sweetness, no melodious - just a waste.
NepaliBhai · Jul 21, 2014 11:40 AM
I don't want to drag Prem Raja Mahat here, he has done nothing wrong. He has sung one of the most famous Nepali song of all time (Sim Sime) so kudos to him. But what's up with the line about record that Trillian is referring to? "छोटो अवधिमै प्रेमराजाको यो एल्बमको सिडी अमेरिका र युरोपमा एक हजार भन्दा बढी बिक्री भइसकेको छ । जुन अमेरिका र युरोपकै नयाँ रेकर्ड हो ।" Record for what?
Kiddo · Jul 21, 2014 11:47 AM
since he is a media personality, anyone can have bad or good opinion about him. My opinion is his voice is annoying and ear deafening. I do not know who write the lyrics though.
mno · Jul 21, 2014 1:41 PM
Kiddo, prem raja actually is a chor. He stole that song from rekha thapa and didnt even give any credits.
herealone · Jul 21, 2014 3:37 PM
घण्टा जस्तो .news ke को तहल्का नि. लामो जस्तो.
pshrestha78 · Jul 21, 2014 5:15 PM
i read the topic and thought, hey! finally there's a celebrity frm nepal who did somethin charitable ... i was glad and went thru the post.. and guess what.. such a disappointment, again
tinthana · Jul 21, 2014 5:46 PM
we dont care what he gives to his wife.. patrakar mohodaya, yo pratibha ko dabali prem raja mahat le budi lai k diyo vanera garba garne hoina jasto laagcha,, prem raja le le nepal lai k diyo vanne jasto laagcha?? mohodaya, eha nepali haru ko dheri pratibha haru prastut vayeko cha.. tesko bishayama kehi lekhnu vayeko cha?? mero dui sabta matra
tinthana · Jul 21, 2014 6:00 PM
यो साला प्रेम राजा को भक्त हो जस्तो छ, यो तहल्का news लेक्ने, अमेरिकामा त्यो मोमो बनाउने प्रेमको खाते गीत ले कुनै तहल्का देको छैन, हावा गफ, बुडी लाई आफ्नो album present दे पछी बुडी ले मात्र त्यो अल्बुम सुन्ने होला होइन त, हाहा
nepal_nepal · Jul 21, 2014 8:46 PM
Irrespective of what the original poster's view we must appreciate Prem Raja Mahat as a great singer who gave us evergreen songs like 'Pan ko pat', 'Banjho khet ma' , 'Himchuli ma hiu' etc.I sincerely request Sajhaites to be fair about his singing talent without any prejudice, Amen,
adhikari_bandhu · Jul 21, 2014 8:55 PM
"मागी मागी छोराको बिहे" यस्ता हामि हरुको बथानमा १००० बिक्रि हुनु ठुलै कुरो भएन र ?
magorkhe1 · Oct 6, 2014 12:04 PM
खै राम्रो भन्ने कि नराम्रो भन्ने कि, मैले त केहि सोच्न सकिन, तनाबै तनाब छ, गोजी मा २ रुपैया छैन
Gabbar Singh · Oct 6, 2014 12:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion