राज्य–समाज सम्बन्धका आधार प्रकाशित मिति: 7:33:11 pm, July 07, 14, 2014 सिके लाल फिजीकरणको नाममा तपाईं हामीलाई नागरिकता नदिने भन्लान् । के देशलाई फिजीकरण गर्न लागेको हो ? भनेर प्रश्न गर्नेलाई मुखभरीको जवाफ दिनुहोस् । आफूले गल्ती गरेको जस्तो सुनेर मात्र छोड्नुभयो भने कहीं कतै स्थान पाउनुहुने छैन् । हामीले भन्नुपर्छ, ‘केको फिजीकरण ? मधेशको फिजीकरण पहिले नै गरिसकियो ।’ फिजीमा साम्राज्यवादीहरुले उखु खेतीका लागि त्यहाँका स्थानीयहरुलाई पत्याएका थिएनन् । त्यहाँ भारत र नेपालबाट मजदुरहरु लैजाने कुरा भयो । भन्ने बेलामा भारतीय भन्निछ तर त्यहाँ नेपालीहरु पनि थिए । ती मधेशी मूलका थिए । त्यसपछि उनीहरुले त्यहाँको नागरिकता पाए । स्वाभाविक छ, पुस्तौं पुस्तादेखि बसेपछि नागरिकता पाइन्छ । त्यहाँ नेपालबाट गएका एक बेलायती उपनिवेश हुँदा पनि त्यहाँको सेनामा स्थानीय मान्छे हुन्थे । मधेशमा त यस्तो फिजीकरण भयो कि मधेशमा पहाडियाहरुलाई ल्याएर बसाइयो तर मधेशीलाई न त सेनामा राखियो न त प्रशासनमै । पहाडबाट मधेशमा मान्छे सारियो, यहाँका मान्छेलाई दास बनाइयो र उल्टै फिजीकरणको कुरा गरियो । हाम्रो फिजीकरण यत्रो वर्षदेखि हुँदा कसैले केही पनि नबोल्ने र हामीलाई नै फिजीकरणको करा सुनाउने ? त्यसरी नै लिम्बुवानको पनि फिजीकरण भएको हो । त्यहाँ पनि नेपाली भाषीलाई सारियो । लिम्बुहरुको राज्य खोसियो, जग्गा खोसियो र भनियो– ‘तिमीहरुलाई हामी भाडाका सिपाहीमा मात्र राख्छौं ।’ लिम्बुवानको फिजीकरण भएको छ, मिथिलाको भएको छ, तमुवानको भएको छ । यी सबै फिजीकरणतिर लैजाने हो भने समाजमा विध्वंश हुन सक्छ । हामी अब सकारात्मक भएर सभ्य समाज निर्माण गरौं । अहिले असन्तोष छ । यो असन्तोषलाई कम गर्न सकेनौं भने समाजको असन्तुष्टि बढ्दै जान्छ र उसले राज्य किन चाहिन्छ भन्ने कुराको अर्थ खोज्न थाल्छ । कसैले कृपा गरेर हुने सम्बन्ध स्वीकार्य हुँदैन र यो उपनिवेश कायम रहेको काल पनि होइन् । राज्यको आधुनिक अवधारणा नै नेपालको राज्यले स्वीकार गरेको छैन् । यसको सम्बोधन पनि तीन तरिकाबाट नै हुनसक्छ । पहिलो, जस्तो चल्दैछ त्यस्तै चल्न दिनुस् र तपाईं आत्मसमर्पण गरिदिनुस् । दोस्रो, समावेशी र सङ्घीयताको लागि तपाईं सङ्घर्ष गर्नुस् । तेस्रो राज्यले तपाईंलाई पूर्ण रुपले दमन गर्न सक्छ । चौथो त बाटै छैन् । यी तीनवटै बाटोले भएन भने चौथो बाटो भनेको विखण्डन हो । दोस्रो विश्वयुद्व सन् १९४७ सम्म संसारमा ४०–५० वटा मात्र देशहरु थिए । अहिले २०७–२०८ जति छन् । ती नयाँ देशहरु आकाशबाट झरेका होइनन् । तिनीहरु पनि टुक्रिएर बनेका देशहरु हुन् । ती बढेका राष्ट्रहरु टुटेर बनेका हुन् । पूर्वि टिमोर कपिलवस्तु कम जनसंख्या भएको देश हो । तुभालुको जनसंख्या मेरो गाउँको भन्दा कम छ । यस्ता देशहरु पनि छन् । सिक्किम आज छैन, हैदरावाद छैन् । दक्षिण सुडान आयो । पूर्वी टिमोर आयो । यसरी नयाँ देशहरु आउँछन् । पुराना जान्छन् । नेपालकै इतिहास हेर्ने हो भने २५०० वर्ष अगाडीको समय बुद्वको हो । १८१४–१८१६ मा गोर्खाली साम्राज्य र ब्रिटिश साम्राज्यबीच युद्व भयो । गोर्खालीहरुले युद्व हारे । चुरेको उत्तरमा गोर्खालीलाई जान भनियो र चुरे तलको भाग ब्रिटिश भारतको हुन पुग्यो । १८१६ सालमा सुगौली सन्धी भएपछि केही क्षेत्र फिर्ता गर्ने कुरा भयो । १८५७ तिर पश्चिममा नयाँ मुलुक आएको हो । फिर्ता गर्नको लागि जतिखेर रेखाङ्कन गरिँदै थियो, त्यतिखेर रुपन्देही जिल्लाको मर्चवार भारतमा पथ्र्यो, तत्कालिन ब्रिटिश र इण्डियामा पथ्र्यो । त्यतिखेर शुक्लजी मर्चवारको जमिनदार हुनुहुन्थ्यो । उहाँले म फिरङ्ीको देशमा बसिन, हिन्दू देशमा बस्छु भन्नुहुन्थ्यो । नेपालको नक्सा हेर्नुभयो भने मर्चवार फेरि खुकुरीको आकृति जस्तै फर्केर नेपाल आएको छ । मर्चवारको इतिहासलाईं हेर्ने हो भने त्यहाँ पहिला अवधका जमिनदार थिए । तिनीहरु हारेपछि मर्चवार ब्रिटिश इण्डियाको नियन्त्रण रह्यो । पछि ब्रिटिश इण्डियाबाट गोर्खालीहरुले पाए । गोर्खाली हारेपछि फेरि ब्रिटिश इण्डियाको हातमा गयो । फेरि ब्रिटिश इण्डियाले नेपाल सरकारलाईं फर्कायो अनि मर्चवार पुनः नेपालमा आयो । यस्तो क्रम चलिरहँदा त्यहाँका नागरिकहरुले पाँचचोटीसम्म आफ्नो नागरिकता परिवर्तन गर्नुपरेको थियो । कुनै जमानामा सिक्किम एउटा राज्य थियो । आज छैन् । त्यस्तै तिब्बत पनि एउटा राज्य थियो । आज छैन् । आज हामी तिब्बतलाई चीनको चाग भनेर कुरा गरिरहेका छौं । राज्य भनेको बनिरहन्छ, भत्किरहन्छ तर समाज भने चलि नै रहन्छ । त्यसैले विखण्डन पनि कुनै आश्चर्यको कुरा होइन् । यदि राज्य र समाजको सम्बन्ध सुध्रिएन भने त्यो पनि हुन सक्छ । हाम्रो इच्छा हामीले समर्पण गर्नु नपरोस् र हामी सम्मानका साथ यहाँ बस्न सकौं, दमनको पनि आवश्यकता नहोस् भन्ने हो । विखण्डनको स्थिति नल्याउनका लागि सङ्घीयता र समावेशिता आवश्यक हुन्छ । सङ्घीयतामा राज्यको पूर्ण संरचना गरिने भएकोले यो गर्न सजिलो छ । समावेशिताको सिद्वान्तमा पनि अगाडी बढ्न सकिन्छ । राज्यको रुपान्तरण सङ्घीयता र समावेशितामा गएर हुन्छ, यदि हामीले रुपान्तरणको समाधान खोज्ने हो भने । दमनमा नजाने हो र विखण्डनतिर नहेर्ने हो भने हामी रुपान्तरणमा जानुपर्ने हुन्छ । रुपान्तरणको लागि संवाद जरुरी हुन्छ । साभारः मधेश मन्थन - See more at: http://www.ratopati.com/2014/0... सन् १९४७ सम्म संसारमा ४०–५० वटा मात्र देशहरु थिए un.org sasy there were 57 member countries in 1947 there were few other countries who had not applied for the membership till that time कसरी ४०-५० वोटा मात्र भये ? पूर्वि टिमोर कपिलवस्तु कम जनसंख्या भएको देश हो Wikipedia says 2013 population of East Timor = 1, 172, 390 2011 population of kapilbastu district= 571,936 तिमोर को जनसंख्या कपिल्बस्तु को भन्दा दोब्बर छ कसरी कम् भो ? तुभालुको जनसंख्या मेरो गाउँको भन्दा कम छ 2012 Tuvalu population =10,837 अब समुद्र को बिच मा अनकन्तार ठाम्मा भएको टापु र भारत को सिमा नजिक घना बस्ती भएको ठाम को गाउँ को जन्सन्ख्या तुलना गर्न मिल्ला र ? हाबादारी (कु)तर्क नगरम न मैले जे भने पनि मधेसी ले पत्त्यौछन भन्ने दिबास्वोप्न मा नबस्नुस्, तपाईंले धेरै हेप्न भो मधेसी लाई लेख लेख्दा अलिकती अनुसन्धान त गर्नुस् कि लेख्न बस्दा गाजा तान्ने बानी छ् ?
_____ · Jul 14, 2014 3:21 PM · 3,365 views
गाजा भन्दा कडा धतुरो हुन्छ भन्ने सुनेको थिए : तेही खाएर बस्छन होला !!!!!
magorkhe1 · Jul 14, 2014 4:05 PM
एक प्याराग्राफ मा तेतिका हावादारी गफ छ अरुको त के कुरा गर्नु तैपनि त्यस्तै तिब्बत पनि एउटा राज्य थियो । आज छैन् । आज हामी तिब्बतलाई चीनको चाग भनेर कुरा गरिरहेका छौं । तिब्बत ले गर्दा चाइना को टाउकोदुखे को उहा लै पत्तै छैन , तिब्बती हरु सरनार्थी भएर संसार भारि भाउतारिन परेको मा उहा लै चिन्ता छैन दखिन सुडान बन्दा कति को हत्या भयो मतलब छैन . सी के लाल जी तपाईका गाउँ जस्ता त पुरै रित्तिन्चन , मर्चाबर मसान बन्न बेर लाग्दैन तैपानी तपाइँ भद्काउन छोड्न हुन्न सोझा मधेसी लै ? इतिहास भुलेर गाजा को सुर मा बोल्न मजा आउछ तर समस्या पर्यो भने सबै भन्दा पहिले भाग्ने तपाई नै होला होइन ? तेस्तो गजडी प्रचण्ड पनि गर्थे कुनै बेला कहाँ पुगे तिनी अहिले ? पत्रिका लेखेर काम छैन सी के लाल जी , तेस्तै बिचार को अधार मा चुनाब लड्ने हरुले जमानत जफत पारे चुनाब मा तपाई आफ्नो विचार मा ध्रिड हुन हुन्छ भने जनता को बीच मा किन नजाने एक पटक , तेही विचार राखेर चुनाब लड़नुस आफ्नो गाउँ बाट आनी हेरुम्ला कति भोट आउछ तपाइको
_____ · Jul 14, 2014 5:39 PM
किन मधेसी लाई पहाडी ले हेप्यो भनेर चिच्याइ रहन हुन्छ बेकार मा बरु तपाईं जस्ता ले उपेन्द्र महतो बाट उपदेश लिनु बेश । तपाईंको सजिलो कोलागी तल पोस्ट गरिद्य छु नेपालका राष्ट्रपति भन्दा अमेरिकाका सर्वसाधारणको ‘भ्यालू’ छः उपेन्द्र महतो प्रकाशित मिति: 4:42:45 pm, July 07, 13, 2014 काठमाडौ असार २९ – अन्तराष्ट्रिय व्यापारी उपेन्द्र महतोले नेपालको राष्ट्रपति रामवरण यादव भन्दा अमेरिकाका सर्वसाधारण व्यक्ति राम्रो भएको टिप्पणी गरेका छन् । अमेरिकाको नागरिक जतिको ‘भ्यालू’ पनि नेपालका राष्ट्रपतिको नरहेको बताउँदै उनले यस्तो हुनुमा नेपाली स्वयं दोषी रहेको धारणा राखे । अमेरिकामा बसोवास गरेका मधेशीहरुले गठन गरेका ‘एशोसिशन अफ नेपाल तराईन अमेरिका’ (एन्टा) ले शनिवार आयोजना गरेको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बोल्दै महतोले ‘नेपाल यति छोटो हुँदा हुँदै राम्रो सुन्दर देश हो तर यहाँका क्रियाकलाप र व्यवहारले गर्दा गरीब र दरिद्र’ भएको बताए । ‘नेपालको क्रियाकलाप र राजनीतिक स्थिरताका कारण नेपाल दिन दिनै पछाडि पर्दै गएको छ,’ उनले भने, ‘नेपाली गर्नुपर्ने काम नगरीकन उल्टै उल्टै काम गरिरहेका छन् ।’ ‘नेपालीहरुको एउटा बानी साह्रै नराम्रो छ, त्यो हो उनीहरु सानोतिनो उपलब्धिमा नै रमाउन थाल्छन्,’ उनले भने, ‘त्यही कारणले नेपालको राष्ट्रपतिभन्दा अमेरिकाको सर्वसाधारण आनन्दीत छन् ।’ ‘नेपालीलाई रोजगारी चाहिन्छ त्यो पनि सरकारी, सरकारी नभए प्राइभेट भएपनि हुन्छ तर रोजगारी चाहिन्छ नै, तर अमेरिकालगायतको देशमा रोजगारी गर्नुभन्दा पनि उनीहरुले आफै व्यवसायी शुरु गरेका हुन्छन् आफ्नै कारोवार हुन्छन् तर नेपाली आफ्नो काम गर्न चाहदैन अरुको घरमा जागिर गर्न चाहन्छन्, ’ उनले भने, ‘नेपालमा उद्योग व्यवसायी किन फस्टाउँदैन, यहाँ विदेशीहरु लगानी गर्न किन मान्दैन किनभने यहाँका जनता शोखिन छन् मेहनत गर्न चाहदैनन्, १० टु फाइभ जागिर गर्ने अनि मस्तले बस्ने बानीले गर्दा नेपाल यति पछाडि परेको छ ।’ सरकारले साबुन पानीले हात धोऊ भन्छन् तर साबुन दिँदैन, जसको घरमा साबुनै छैन भने के ले हात धुने ? नेपाली जनताको हातमा नगद छैन, नगद नभएर बुद्धि पनि नभएको बताउँदै महतोले जनताको हातमा नगद भयो भने आफै बुद्धि आउने भएकाले आर्थिक रुपमा सक्षम हुन नेपालीलाई आग्रह गरे । उनले आफू कहिले पनि मधेशी भएर कतै पनि नहेपिएको पनि बताए । ‘आफ्नो क्षमता कस्तो छ, व्यवहार कस्तो छ, सोच कस्तो छ, उद्देश्य कस्तो छ, त्यसले फरक पर्छ हेप्ने नहेप्ने ’, उनले भने, ‘नेपालीमा शिक्षाको पनि कमि छ, नेपाली पढ्दैन तर कुरा बढी गर्छन् अरुलाई शिक्षा दिन दौडिन्छ तर आफू कति सक्षम् छु, त्यो कुरा कहिले विचार गरेको हुँदैन ।’ - See more at: http://www.ratopati.com/2014/0...
_____ · Jul 14, 2014 8:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion