भो चाहिँदैन कुर्सी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कविता भो चाहिँदैन कुर्सी इन्जिनियर राकेश कार्की उपाध्यक्ष अनेसास लस एन्जेलस च्याप्टर लस एन्जेलस भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरु बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने जो जो बस्छन् त्यसमा फननन घुम्छन् शासकको भेषमा खाएर पिएर मुख चपाएर भोकाहरुलाई पर पर धपाएर भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई मात्र हसाउँछ भने समस्या अभावदेखि उठाएर मलाई मात्र त्यस्मा बसाउँछ भने कोही बसे कोही बसीरहेछन् त्यस्मा मनपरि गर्दै आएका छन् देशमा भरी दुनो आफ्नो सोझ्याएर खाली दुनो अर्काको घोप्ट्याएर भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई बिदेशै मात्र घुमाउँछ भने बिकट अवहेलित देशको कुनाहरु म देखि कहाँ हो कहाँ पर हराउँछ भने Last edited: 12-Jul-14 04:22 PM

rakeshkarki · Jul 12, 2014 4:19 PM · 9,885 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all