कसैको कुरा छ कपि राइटको कसैको कुरा छ तरुनीको हाइटको कोहि पुड्की भयेरपो के भयो र कोहि अग्ली भएर के भयो, तर अब मैले कुरो गर्नु छ ह्विस्कीको चुस्की र सेकुवाको बाइटको संगै बसेर रमाइलो गरे पछि मात्तिएर गरेको अप्रत्याशित फाइटको, भट्टी पसियो संगै अनि संगै टेबलमा बसियो, एकछिन सम्म त आउने जाने लै मिठो बोलीमा चिप्लो घसियो तर जब चढ्यो पेट भित्र नशा अनि बढ्यो अलि -अलि गर्दै दुर्दशा, पल्लो छेउको टेबलमा एउटा अधबैंशे मान्छे फोनमा कुरो गर्दै थ्यो भन्दै अच्छा अच्छा, मेरो पारो चड्यो अनि बोल्दियें मुख खोलेर प्याच्च, ओइए !!! बुढा धेरै नबोल त डिस्टर्ब भयो, अनि त्यो बुढो उठेर हिड्यो कहाँ गयो गयो !!! लोर्के ठिटो म , घरमा बिहे गर्ने सबैको रहर, अनि पल्लो टोलकि केटि हेर्ने भयो ठहर, त्यसैले गइयो चटक्क परेर परफ्युम छरेर बसियो केतीको घरको सोफामा गमक्क परेर अनि निस्के केटीका बाउ, नमस्ते गर्दै, तर म भने करेन्ट लागेझैं भएँ बुढा अघि नसर्दै , के गरम कसो गरम भयो रैछन तिनै अच्छा अच्छा भन्ने बुढा, मलाई देख्ने बित्तिकै भन्न थाले के को छोरी यस्तालाई दिनु पर्छ खुडा अनि सातो गयो केतिनै हेर्न नपाई , फर्किएँ म जर्याक जुरुक्क सोचें अब नेपालमा बिहे गर्दिन जान्छु अमेरिकामा खुरुक्क तर जब देखे ANA का फोटा र discussionharu मन भयो लुत्रुक्क, अनि ठाने जान्छु फेरी म त्यहि बुढोको छोरी माग्न, तर याद आउछ त्यो दिनको मात अनि बुद्धको अच्छा अच्छा अनि सम्झन्छु म आफै कस्तो जड्याहा सार्है कच्चा!!! ......कृपया मिलाएर पढ्नु होला अनि मेसो मिले continue गर्नु होला ~ धन्यबाद
ritto Haat · Jul 11, 2014 8:27 PM · 8,402 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion