अतीतलाई सम्झंदा एल बि ऐर बोस्टन, यु एस ए दिनभरीको थकानले गर्दा होशै नहुने गरि मस्त निन्द्रामा निदाइयो रहेछ बिहान सबेरै काममा जानु पर्छ भन्ने पीर ले गर्दा झसङ्ग झसङ्ग अनिन्द्रामा अलार्म बज्दो रहेछ हतार हतार सौचादी गरि बस ट्रेन छुट्छ भन्ने पीरले दगुर्दा दगुर्दै ठेस लागेर लड़दो रहेछ बल्ल होश आउछ कि मा लडेछु भन्ने आफुलाई हतर पतर सम्हाल्छु सोच्छु कि के भयेछ अनि म र मेरा अतीतलाई समझदा याद आउछ कता कता ती मस्त संग सुतेका रातहरु अबेर बिहान उठेका बिहानिहरु साथीहरु संग गफ लडाएर बसेका दिनहरु त्येसैले दुख पाइयेछ काम गर्न नसकेर अब कहाँ आउलान ती दिनहरु फर्केर सोच्दा सोच्दै हर्न बज्छ बसको र मन तर्सिन्छ ओहो म त येस्तै रुमल्लिन्छु आफ्ना सपनाहरु बोकेर अति हतारिन्छु कामतिर सुरु सुरु अतीतलाई रोकेर
Lal Bahadur Ayer · Jul 10, 2014 6:56 PM · 8,908 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion