विजय थापा आषाढ २५ ,भर्जिनिया ३२ औ ए एन ए सम्मेलनको अवसरमा बिगत केहि बर्ष देखि ए एन ए सम्मेलनमा रक्तदान कार्यक्रम गर्दै आएको ब्लड डोनर्स अफ अमेरिकाले जुलाई ५ तारिखको दिन डिसीमा भब्य रक्तदान कार्यक्रमको आयोजना गरेको छ l रक्तदान गर्न आएका रक्तदाताले रगत दान गर्न नपाएकोमा दुख व्यक्त गरे भने त्यहाँ रगत दान दिन आएका कैयौले शरीरमा केहि कमिको कारण रक्तदान दिनबाट बन्चित भएका थिए l संचारकर्मी अंकुश नेपालले यो समेत गरेर १८ पटक रक्तदान गरेको बताए l १ देखि ५ बजे सम्म राखिएको उक्त रगतदानमा कुल २९ जनाले रगतदान गरेका थिए भने रगत दान गर्न अगाडी देखि नै बसेकाहरुले रक्तदान सेवाको समय समाप्त भएको कारण रक्तदान गर्न नदिई फर्काईएको थियो l संस्थाका अधक्ष्य लिला कार्की यस कार्यक्रमको लागि डिसी अलाबामाबाट आएका थिए भने उक्त कार्यक्रम बल्ड डोनर्स अफ अमेरिका तथा अमेरिकन नेपाली स्वास्थ्य परिचारिका समाजको सयुक्त आयोजनामा गरिएको थियो lबल्ड डोनर्स अफ अमेरिकाका अधक्ष्य डा लिला कार्कीले रक्तदान गर्नु हुने सबै सामाजिक नायक ,स्वयम् सेवक र सौजन्य गर्नु हुने र बिशेष कार्यक्रमको सम्पूर्ण अभिभारा लिनु हुने स्वास्थ्य परिचारिका मंजु संग्रौलालाई बिशेष धन्यबाद दिएका छन् l
mahoday · Jul 8, 2014 4:40 PM · 4,229 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion