मनिषा कोइरालाले सगुन डटकम द्वारा रहस्य संदेश पठाईन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा भर्जिनिया असार २४ ३२ औ एएनए (दी एशोसिएसन अफ नेप्लिज इन अमेरिका )डिसी सम्मेलनका अबसरमा बलिउड नायिका मनिषा कोइरालाले अमेरिकामा रहेका नेपालीहरु द्वारा स्थापना गरिएको सामाजिक संचार सगुन डटकमको उद्घाटन आफ्नो रहस्य सन्देश पठाएर संजालको विधिवत सुरुआत गरिन् । उनले रहस्य संदेश नेपाली चलचित्रका नायक सरोज खनाललाई पठाएकी थिइन् भने प्रतक्ष्य रुपमा सरोज खनालले मंचमा गएर तपाईले संदेश पठाएको पाए भनि अगिल्लो पंक्तिमा बसेकी मनिषा कोइरालाले हो भनि जानकारी गराउदा दर्शक अचम्बित बन्न पुगेका थिए l मनिषा कोइरालाले उद्घाटन गर्दै यस्तो बृहत मस्तिष्क भएका र यस्ता आश्चर्यजनक वस्तु बनाउन योग्य व्यक्तिहरुको बारेमा हामीलाई जानकारी थिएन भन्दै गोप्य संदेश पठाएकी थिइन् l मलाई विश्वास छ कि यो एप मार्फत प्रयोगकर्ताका परिवार र मित्रहरुमा एउटा बलियो सम्बन्ध स्थापना गर्न धेरै मदत पुग्ने छ र आफुलाई यो मन परेको दाबी गर्दै सबैलाई यो प्रयोग गर्न उत्प्रेरणा गरिन l कोइरालाले संस्थापकहरु क्रमस गोविन्द गिरि ,कविन्द्र सिटौला ,प्रकाश मल्ल ,यासिर नज़र ,स्वती दयाल ,नुकुल घोष तथा अन्यको नाम लिदै धन्यबाद दिएकी थिइन् l सगुनले प्रयोगकर्तालाई आफ्नो अनुभव साटासाट गर्न र गतिविधिलाई ब्यवस्थित गर्न एउटै मंच उपलब्ध गराउने भएकोले यो संजाल अति उपयोगी हुने विश्वास लिइएको छ l सामाजिक संजाल सगुन इंकमा ट्वीटर, ह्वाट्स एप, फेसबुक, स्न्याप च्याट, संदेश संजाल आदि ईत्यादी विशेषता रहेको छ भने यस एप्लिकेशनलाई सूचनाको गोपनियतामा महत्वपूर्ण कदम भएको बताईएको छ l सगुनबाट पठाइने तस्बिर तथा सूचना हिस्सा हुनासाथ् स्वत मेटिने छ भनि निर्माणकर्ताले जानकारी गराए l

mahoday · Jul 8, 2014 4:39 PM · 4,758 views

1 Reply

बिजय थापा जी नमस्कार , अल्लि अगाडी पनि 'मनिषा ले ana मा रहस्य संदेश पठाएर सगुन को उद्घाटन गर्ने ' भनेर लेख्नु भाको थियो , निकै सोचे हो कस्तो रहस्य संदेश रहेछ , सायद मनिषा को अहिले सम्म पब्लिक लाइ थाहा नभएको कुनै सेक्रेट कुरो message गरेर सगुन मार्फत पठाउने होला भन्ने लागेको थियो | आज फेरि 'मनिषा ले सरोज खनाल लाइ रहस्य संदेश पथायिन ' भनेर लेख्नु हुन्छ \ अनि नेपाली मा बुज्न गारो हुने कुरो त अंग्रेजी मा लेखे पनि हुन्न भन्या ?? कहिले 'लात्ते भकुण्डो ' भन्नु हुन्छ , कहिले 'मुख किताब ', कहिले "सगुनबाट पठाइने तस्बिर तथा सूचना हिस्सा हुनासाथ् स्वत मेटिने छ भनि निर्माणकर्ताले जानकारी गराए" - यो "हिस्सा" भनेर के भन्नु भाको ?--share भनेको हो ? बरु साटासाट भने हुन्छ नि |

nepalilaure · Jul 9, 2014 8:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all