जुवाडे एल. बि. ऐर. बोस्टन, यु एस ए जुवाडेको हातैमा यो तासको छायाँ छ जुवाड़ीलाइ यो तासको असाध्यै माया छ भोक र तिर्खा लाग्दैन मलाई तासमा रमाउदा रत्तिभर पिर पर्दैन साथि, हप्ताको गुमाउदा साइडमा व्हिस्की लगायो चुस्की तास छ हातभरी खेल्दा चाही मजा पैसा चाही जादा निंद छैन रातभरी मौका परे छोड्दैनौ हामि छोड्छौं स्वास्नी लोग्ने दुख बिमार लागे लागोस तास भए पुग्छ इस्ट मित्र दाजु भाइ आपसमै लडाउने हार्नु जित्नु भन्ने मात्रै दुस्मनी बढाउने जुवा र तास नखेलौं साथि भनेको मानु होस् द्रौपदीलाइ पाण्डबले हारे इतिहास जन्नुहोस आज देखि संकल्प गरौँ छोडौं जुवा तास नत्र भने हुन्छ हेर धनको नास जीवनको बनबास जुवाडेको हातैमा यो तासको छायाँ छ जुवाड़ीलाइ यो तासको बिछट्टै माया छ
Lal Bahadur Ayer · Jun 30, 2014 9:55 PM · 11,006 views
एल. बि. ऐर. जी को नाम पनि airline जस्तै, गीत पनि प्लेन उड्या जस्तै. यो गीत, "नेपालीको छाती मा, नेपाल को छाया छ. नेपालीलाइ नेपालको बिछत्तै माया छ." को लयमा गाउने हो?
Kiddo · Jul 1, 2014 8:16 AM
एल बी जी , एउटा रचनात्मक आलोचना गर्दै छु , पचाउनु सक्नु हुन्छ भने पचाउनु होला | तपाइँ को यस अघिको नेता, डिभी पर्दा आदि रचना पनि पढें | तपाइँ भित्र कवि त छ तर कबिता पस्किने कलाको अभाव देखेको छु | सुन्दर काव्यात्मक संरचनाको लागि पहिलो त लेख्दै गर्नु पर्यो | दोस्रो एक पल्ट लेखे पछी पटक पटक के गरे राम्रो हुन्छ भनेर पुनरावलोकन गर्नु पर्यो | त्यो भन्दा महत्वपूर्ण कुरा चाहि अग्रज कबिहरुको कबिता पढ्नु पर्यो | अध्ययन गर्नु पर्यो | अग्रजहरु संग सल्लाह माग्नु पर्यो | प्रस्तुत कबिता "जुवाडे " प्यारोडी भए ठिकै छ , हैन भने यो कबिता दुइटा गीतको नक्कल मात्र ठहर्छ | एउटा kiddo ले भने जस्तै " नेपाली को छातीमा .... " भन्ने अर्को चाहि " न खेल्नु जुवा र तास , धनको नाश जीवनको बनबास " भन्ने गीत को |
rahulvai · Jul 1, 2014 9:36 AM
Namaskar Rahul Ji , Thank you tapai le mero Kabita padhnu bha ko ma. tapai ko sujhab lai samman garchu. Khusi lageo sujhab ko lagi muri muri dhanyaba. Ma thulo sahityakar ta haina tara phursad ma sano tino Kabita lekhne garchu . Ma Kabita lekhda kasaiko nakkal chai garna khoj dina. Haraika Kabita ko basic elements ta same huncha tar paskine tarika afno afno hunchh . Kunai sabda wa bhabana haru mila na sakchhan tara anta ma hareka kabita ko artha ta beglai huncha. Mero Kibita ma pani kunai sabda haru mile pani Kabita ta mero afnai ho. Tapai le dinu bhaya ko sujhab ko samman garchu. Thank you L.B
Lal Bahadur Ayer · Jul 6, 2014 10:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion