आषाढ १२ ,भर्जिनिया , विजय थापा बलिवुड तारा मनिषा कोइरालाले अमेरिकामा नेपाली मूलका सृजनशील समुह द्वारा स्थापना गरिएको प्राबिधिक प्रतिष्ठान सगुन कर्पोरेसन (संस्था) को लोकार्पण गर्ने भएकी छिन् l उक्त लोकार्पणमा मनिषा कोइरालाले संसारलाई प्रथम रहस्य सन्देश पठाउने योजना रहेको सम्मेलन श्रोतले बताएको छ l सगुन कर्पोरेसनको लोकार्पण कार्यक्रम ३२ औ ए एन ए डिसी सम्मेलनको अन्तिम दिन बृहत सांस्कृतिक कार्यक्रम अगाडी राखिने भएको छ l मनिषा कोइराला ए एन ए सम्मेलनको लागि डिसी महानगर क्षेत्रमा जुलाई २ तारिख आउने भएको जानकारी सम्मेलन संयोजक हेमन्त श्रेष्ठले बताए l सगुनको मुख्य लक्ष्य बिधुतिय पहिचानलाई अनुकुलित पार्ने तथा सबैको गोजीको लागि सुहाउदो बनाउने रहेको र सामाजिक संजाल फेसबुक (अनुहार किताब )जस्तै बृहत लक्ष्यको साथ अगाडी बढ्ने उदेश्य रहेको बताईएको छ l हामी नेपालबाट आएका आप्रवाशी हौ र अमेरिका अवसरको भूमिमा छौ भन्दै ठुलो विचार कुनै पनि सृजनशील मस्तिष्कबाट उत्पत्ति हुने हुनाले सहि मौकाको लागि प्रयास गरि रहेको बताईएको छ l यो सजिलो काम नभएको बताउदै सिलिकन भ्यालीसंग प्रतिस्पर्धा गर्न सजिलो काम नभएको भन्दै तर हामी गम्भीर छौ भन्दै यो यात्रा तय गर्न कटिबद्ध रहेको बताएका छन्। तसर्थ हामी हाम्रा विचार बाहिर ल्याउन चाहना राख्ने भएकोले सबैको समर्थन अपरिहार्य छ भन्दै यो गुरु योजनामा आउन सबैमा आग्रह गरेका छन् l सगुनको यो बृहत परिकल्पनालाई साकार पार्न ३२ औ ए एन ए डिसी सम्मेलन जुलाई ६ तारिख साँझ बलिवुड स्टार मनीषा कोइराला द्वारा संसारलाई उनको गोप्य सन्देश पठाएर शुभारम्भ गरिनुको साथै छापा विज्ञप्ति जारी ब्रम्हाण्ड भरिका संचार माध्यमलाई सगुनको शुभारम्भ बारे जानकारी गराइने सम्बन्धित श्रोतले बताएको छ l
mahoday · Jun 26, 2014 7:11 PM · 3,240 views
सगुनको मुख्य लक्ष्य बिधुतिय पहिचानलाई अनुकुलित पार्ने तथा सबैको गोजीको लागि सुहाउदो बनाउने रहेको र सामाजिक संजाल फेसबुक (अनुहार किताब )जस्तै बृहत लक्ष्यको साथ अगाडी बढ्ने उदेश्य रहेको बताईएको छ l Do you really had to translate facebook into अनुहार किताब ?
pepsi · Jun 26, 2014 7:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion