बिदेसिएका कलाकार माथि आरोप

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ति गीत अनि कलाकार तपाईंको स्मरणमा रिफ्रेस गराउन यो लिंकलाई यहाँ सेयर गर्ने अनुमति चाहन्छु / ------------------------------------------------------------------------------------------------------------------------ http://www.ekantipur.com/nepal... आमा भन्दै रुन पाऊँ बिराउँदा बाटो मुटु दुख्दा छुन पाऊँ एक मुठी माटो। आमा र देशको माटो साह्रै प्यारो हुन्छ भन्ने सन्देश दिने यो गीतका गायक हुन्, कर्ण दास। उनको सुमधुर स्वरले सजिएको यो गीत सुन्ने जोसुकै पनि राष्ट्र र जनताको मायाले भावुक हुन्छन्। देशप्रतिको आफ्नो जिम्मेवारी बोध गर्छन्। तर, दु:खद पक्ष के हो भने राष्ट्रप्रेमले ओतप्रोत भएको गीत गाउने यी गायकले नै नेपाल छाडेको एक दशक बित्न लागिसकेको छ। लोकपि्रयताको शिखर चुमिरहेका बेला अमेरिका पलायन भएका हुन्, कर्ण दास। त्यसयता स्थायी बसोबास गर्ने गरी स्वदेश फर्किएका छैनन्। उनका 'ठूला-ठूला महल होइन...', 'फर्की आऊ शान्ति, तिमी लालीगुराँस भन्छन्...' जस्ता स्वदेश गान प्रसिद्ध छन्। तर, गायक आफैँ विदेश पलायन हुँदा यी गीतहरूको विश्वसनीयता र प्रभाव घटेको छ। संगीतकार बुलु मुकारुङ भन्छन्, "देशको माया आफूलाई जति अरू कसैलाई छैन भन्ने जसरी गीत गाउने तर अवसर पाएपछि आफैँ विदेश भासिने प्रवृत्तिले गीत/संगीतकै गरमिा घटाएको छ।" उसो त कर्ण दास मात्र एक्ला गायक होइनन्, जो राष्ट्रिय गीत गाएर विदेश भासिएका हुन्। आधुनिक तथा स्वदेश गानबाट नेपालमै मनग्ये नाम र दाम कमाइरहेका यम बराल, सपनाश्री, प्रेमराजा महत, जगदीश समालदेखि रोशन गुरुङसम्म दर्जनभन्दा बढी गायक/गायिका यही पंक्तिमा अटाउँछन्, जसमध्ये अधिकांशको गन्तव्य बनेको छ, अमेरिका। विदेश पलायन भएपछि व्यक्तिगत आवश्यकता र स्वार्थमा भुलेर आफैँले गाएका राष्ट्रिय गीतको अपमान गरेको आरोप लागेको छ ती कलाकारहरूलाई। 'सुखमा मेरो देश...', 'संसारको प्यारो देश...' जस्ता गीत गाउने यम बराल आफैँ स्वदेशमा रम्न सकेनन्। उनी अमेरिकाको न्युयोर्कमा बस्न थालेको पाँच वर्ष बितिसकेको छ। उनले गाएको 'गाउँबेसी गर्ने कुनै नारी, भेट्यौ भने चिन्नु सोह्रै आना तिनै हुन् मेरी आमा...' पनि सदाबहार रुचाइने गीत हो। विदेश पलायनकै कारण रामकृष्ण ढकालका समकक्षी मानिने यी गायकको चर्चा सेलाउँदै गएको छ। राष्ट्रिय गीतबाटै चर्चा कमाएकी र लामो समयदेखि अमेरिकामै बसिरहेकी अर्की गायिका हुन्, सपनाश्री। उनले ' हिमालमा बस्ने दाजु, डाँफे बचाइदिनु, नेपाली भई आफ्नो देशको छवि बचाइदिनु...' भन्दै गीत त गाइन् तर आफैँले हिमाली देशको चटक्कै माया मारनि्। उनी २० वर्षदेखि अमेरिका बसिरहेकी छन्। रोजीरोटीका लागि अन्य कामबाहेक उनले अमेरिकाको क्युइन्सस्थित होटलमा गीत पनि गाउँछिन्। यम र सपनाको जोडीले करबि आधा दर्जन स्वदेश गान गाएको छ, जसमध्ये 'नेपालीको छातीमा हिमाली छायाँ छ...', 'रंगीविरंगी फूलबारीका फूल हौँ हामी...' लगायतका गीत चर्चित छन्। गजल रेस्टुराँमा गीत गाउँदा-गाउँदै श्रोताको मायाले प्रख्यात गायक बनेका जगदीश समाल पनि नेपालमा टिक्न सकेनन्। 'बोल्छ इतिहास यो देशको...' र 'माटो नै हेर कुन...' जस्ता राष्ट्रिय गीत गाएका कारण पनि स्वदेशमा उनको ठूलो इज्जत र प्रतिष्ठा थियो तर यसले मात्र उनको चाह पूरा भएन, त्यसैले अमेरिका पुगे। उनी पनि सपनासँगै क्युइन्सको होटलमा गाउँछन्। नेपाली श्रोताका लागि भने उनले कुनै नयाँ सांगीतिक कोसेली दिएका छैनन्। सम्भवत: सबैभन्दा लामो समयदेखि अमेरिका बस्ने नेपाली गायक हुन्, प्रेमराजा महत। तर, अमेरिकामै बसेर जन्मथलो तनहुँको बन्दीपुरलाई सम्झँदै गीत भने यस्तो गाउँछन्, 'विपनीमा देखिए पनि सपनीमा छेकिन्छ बन्दीपुर, नेटो काटी गएझैँ लाग्छ पाइला पाइला टेकिन्छ तनहुँ...।' गीत र उनको यथार्थ भने विरोधाभासपूर्ण लाग्छ। गि्रनकार्ड लिइसकेकाले उनी नेपालमै स्थायी रूपमा बस्ने गर्ने गरी र्फकने सम्भावना निकै कम रहेको बताइन्छ। 'मेरो नेपाल, मेरो नेपाल, मेरो देश मलाई लाग्छ प्यारो...' गीतबाट लाखौँ नेपालीको मन जित्ने गायक राजु लामा पनि अमेरिका गएको ६ वर्ष बढी भयो। गि्रनकार्ड लिइसकेका उनी नेपालको चर्चित पप ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट हुन्। उनी अमेरिका पलायन भएपछि कति चर्चा र आलोचना भयो भने गीतकै माध्यमबाट उनले मनको बह पोखे, 'हल्ला चलेछ, चर्चा चलेछ, मै विदेश जाँदा विदेशमै बसेछ भनेर..।' यो गीत गाउने बेला नेपाल आए पनि उनी लगत्तै अमेरिका फर्किए। अहिले पनि उतै बस्छन्। 'हर रात सपनामा नेपाल देख्न पाऊँ, बिउँझेर नेपालको माटोलाई ढोग्न पाऊँ...' गीतका गायक रोशन गुरुङले सपनामा त कुन्नि तर बिउँझेर चाहिँ नेपालको माटोलाई ढोग्न पाउँदैनन्। किनभने, आधुनिक संगीतमा निकै रुचाइएका यी गायक अमेरिकामा बस्न थालेको सात वर्ष बितिसकेको छ। उनले नै गाएको अर्को राष्ट्रिय गीत 'हुँदैन एउटा सगरमाथाले...' पनि निकै मन पराइएको थियो तर उनी विदेश पलायन भएपछि यी गीतहरू रेडियो/टीभीले पनि कम बजाउन थालेका छन्। 'नेपालीको छोरी हुँ म, सधैँ छु म धीर' गीतकी गायिका निर्मला श्रेष्ठ अमेरिकामा स्थायी रूपमा बस्न थालेको २० वर्ष पुगिसकेको छ भने 'जर्नेले भोलि भन्दैन...' का गायक असिम प्रधान पनि १८ वर्षदेखि अमेरिकामै छन्। 'जसो गर, जे भन, जतासुकै लैजाउ मलाइर् , यो मन मेरो नेपाली हो...' जस्तो देशप्रेमले ओतप्रोत भएको गीत गाउने ब्यान्ड १९७४ एडीका सदस्य फिरोज स्याङ्देन पनि अमेरिकामै छन्। उनी त्यहाँ गिटार सिकाउँछन् भने कहिलेकाहीँ नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा गीत गाउँछन्। यी बाहेक मीरा राणा, शिवा बस्नेत, मदन दीपविम, ममता दीपविम जस्ता स्वदेश गान गाउने अन्य स्रष्टा पनि लामो समयदेखि अमेरिकामा बसिरहेका छन्। स्वदेश गानबाटै चिनिएका गायक दिनेश सुब्बाले नेपाल छाडेको १५ वर्ष बितिसकेको छ। 'अब आफ्नै पौरखले...', 'माटोलाई मुटु...' लगायत आधा दर्जन राष्ट्रिय गीतका सर्जक सुब्बा हङकङका स्थायी निवासी भइसकेका छन्। त्यस्तै 'कर्म गर्दा पसिनाको...' र 'नील गगनमा परेवा...' जस्ता लोकपि्रय राष्ट्रिय गीतका गायक गणेश पराजुली पनि लामो समयदेखि हङकङमै छन्। 'सगरमाथा शिरको टोपी...' गाउने पवित्रा सुब्बा पनि १७ वर्षदेखि बु्रनाईमा छिन्। 'गोरी काली सानी मोरी जे भने पनि हुन्छ, मलाई नेपालको नाम लिए पुग्छ...' गीतकी गायिका नलिना चित्रकार पनि पछिल्लो केही वर्षयता अधिकांश समय अमेरिकामै हुन्छिन्। छिन्नलता पुरस्कार पाइसकेपछि उनले गाएको अर्को राष्ट्रिय गीत 'अञ्जुलिभरि देशको माया साँचेर राख्नेछु...,' पनि निकै रुचाइएको थियो। गि्रनकार्ड होल्डर नलिना हाल अमेरिकामा छिन् तर प्रत्येक वर्ष नेपाल आउन भने छुटाउँदिनन्। यता आएका बेला विभिन्न सांगीतिक कार्यक्रममा भाग लिने भएकाले दर्शक/श्रोतासँगको उनको दूरी बढिसकेको छैन। गत नोभेम्बरमा अमेरिकाको आलावामामा सम्पन्न अन्तर्राष्ट्रिय संगीत मेलामा नलिनाले प्रस्तुति दिएपछि नेपालमा पनि त्यसको चर्चा भएको थियो। ७० देशका कलाकारले आफ्नो देशको कला, संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेको उक्त मेलामा नलिनाको प्रस्तुति निकै रुचाइयो। सोही कारण आयोजकले अर्को वर्ष पनि उनलाई आमन्त्रण गरसिकेको छ। 'यस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कला, संस्कृति प्रस्तुत गरेर देशलाई चिनाउने प्रयास गररिहेका छौँ," उनी भन्छिन्, 'यो पनि देश र संगीतको मायाले नै गरिएको हो।" देशमै आर्थिक अवस्था सबल हुने र अन्य अवसर पाएको भए यति धेरै कलाकार विदेश नपस्ने धेरैको भनाइ छ। "देशको जति माया भए पनि के गर्ने ? परिवार पाल्नैपर्‍यो। त्यसका लागि विदेश आउनुपर्ने बाध्यता छ," नलिना स्वीकार्छिन्, "फेरि विदेश आउँदैमा दे शको माया घट्छ भन्ने पनि होइन्। हामीले गीत/संगीतलाई पनि चटक्कै माया मारेका छैनौँ।" उनका अनुसार केही कलाकार गि्रनकार्ड प्रक्रियाको कागज नमिलेर चाहेर पनि स्वदेशमा र्फकन सकेका छैनन्। नलिनाले विदेशमा बस्ने कलाकारको यसरी बचाउ गरे पनि कर्ण दास र सपनाश्रीले भने विदेश पलायन हुनुको कारण बताउन चाहेनन्। सामाजिक सञ्जाल फेसबुकमा नेपाल प्रतिनिधिले राखेको जिज्ञासामा कर्ण दासले यति मात्र भने, "तपाईंले सम्झनु भयो, खुसी लाग्यो तर अहिले मिडियासँग म केही बोल्दिनँ। नेपाल आएपछि नै कुरा गरौँला।" वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा विदेश पलायन हुने कलाकारप्रति त्यति सन्तुष्ट देखिँदैनन्। जुन देश र जनताले चिनाए, त्यसलाई बिस्तारै बिर्सन थालेको आभास हुन थालेको छ उनलाई। "विदेश जान पाउनु व्यक्तिगत अधिकार पनि होला तर के भुल्नु हुँदैन भने श्रोताले माया नगरिदिएको भए, उनीहरू त्यति सजिलै विदेश जान पाउँदैन्थे," उनी भन्छन्, "त्यसैले त्यो गुन बिर्सनु हुँदैन। गीत/संगीतलाई पनि निरन्तरता दिनुपर्छ।" अमेरिकामा बस्ने तर गीतचाहिँ मेरो नेपाल भन्दै गाउनु आफैँमा देखावटी भएको अर्का संगीतकार बुलु मुकारुङको दाबी छ। "हृदय र चेतनाबाट निर्देशित भएर राष्ट्रिय गीत गाउने कलाकारले कहिल्यै पनि देशलाई चटक्कै भुलेर विदेशमा घरजम गर्दैन," मुकारुङ भन्छन्, "हाम्रा कलाकारले चर्चा र स्रोताको सेन्टिमेन्ट क्याच गर्न मात्र स्वदेश गान गाएका रहेछन्। यथार्थमा त उनीहरू देशलाई होइन, अमेरिका र बेलायतलाई माया गर्दा रहेछन्।" --------------------------------------------------------------------------------------------------------------------- माई टु सेन्ट्स: व्येक्तिगत एबम पारिवारिक आवसेकता वा चाहना पुरा गर्न बिदेसिएका यी कलाकारहरुले देखावटी रुपमा रास्ट्रीयगान गाए भन्ने आसयको आरोप माथि म सहमत छैन/ उनीहरुको राष्ट्रिय गीतले अरुमा देश प्रेमको भावना जगाउन सफल भो भने त्यो गीतको उदेश्य पुरा हुन्छ/ गीतसंगीतले बेक्त गरेझै मुटुभरी देशको माया भएतापनि भौतिकवादी समाजबाट यी कलाकारहरु अछुतो रहन नसकेकाले विदेसिनुपरेको देखिन्छ / फेरि, दुइ छाक खानु , एक सरो लाउनु अनि इमान्दारिता र स्वाभिमानको जिन्दगि बाच्नुलाई असफल जिन्दगि घोसणा गर्ने पनि त त्यहि समाज हो /

Bachata · Jun 25, 2014 10:39 AM · 10,379 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all