जय डिभी By: LB Ayer Boston, USA अमेरिका जाने आशामा डिभी भरे मैले पांच वर्ष सम्म धाउँदा धाउँदा बल्ल पर्यो अहिले एक छाक खान नपुग्दा नि पत्याएनन कोहिले कति पैसा चाहियो भनि घरमै फोन अहिले साहुको ऋण बोकी कन अमेरिका पसे काम खोज्दा खोज्दा नपाई दिस वासिंगमा फसें डलर पाउने आशमा हजुर चेकमा तलब आयो आधा पाए मैले बाकि सरकारले नै खायो दिस वासिंगमा दुख भनि स्टोर तिर आको बन्दुक तेर्साइ आयो काले झन्डै ज्यान गाको साहुको ऋण फिर्ता गर्न पिजा बोक्न लागे घरै थाहा पाउन गारो त्येहाबाट पनि भागे धेरै दुख हुन्न भनि सेक्युरिटीमा बसे कुर्सीमा नै निदाएछु सबै भित्र पसे खाना मिठो पाउछ भनि वेटर तिर चिप्लें हातभरी प्लेट बोक्दा आँखा बाहिर निक्ले आफन्त चाही खुशी थिए डिभी लटरी पर्दा मैले सार्है दुख पाए येही डिभी ले गर्दा
Lal Bahadur Ayer · Jun 20, 2014 8:42 PM · 9,625 views
हा हा ! अत्ति नै दामी कबिता ! मलाई खुब मन पर्यो आएर ब्रो !!
Nas · Jun 20, 2014 9:02 PM
Daami, This one is kiiller: कुर्सीमा नै निदाएछु सबै भित्र पसे हातभरी प्लेट बोक्दा आँखा बाहिर निक्ले..
Hydrogen Sulphide · Jun 21, 2014 12:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion