प्रिय साझाबासी, नेपाल गएको बेलामा केहि किताब हरु लिएर आएको थिए , तेस्मा एउटा सानो नेपालीमा लेखिएको हनुमान चालिसा पनि थियो | घरमा आमा संग कुरा गर्दा उहासंग सस्कृत्मा लेखिएको चालिसा मात्र रहेछ | ३ किलास पढ्नु भएकि मेरी आमालाई धेरै गार्हो हुने रहेछ त्यो पढ्न | काठमांडू बाहिरको मेरी आमालाई त्यो किताब पाउन नि मुस्किल अनि मैले आफैले यहाँ टाइप गरेर इमेलमा पठाउने जुक्ति गरे अनि कोहि भाईबैनी ले प्रिन्ट गरेर चिटिक्क लेमिनेशन गरी आमालाई देलान् | दियो बाल्दा तेलले त्यो हनुमान चलिसाको सब्द हरु पनि मेटिन लागेको थियो, सो मैले यो प्रयाश गरे | सबै धर्म राम्रो हुन्छ, मेरो कोठामा जिसस, बुद्दजी, कुरान सबै पुज्छु, अलिकति बढी हिन्दु देवता हरु , के गर्ने हिन्दु देवताको जनसंख्या नै धेरै | मलाई थाहा छ यो धागोलाइ धर्मको बादबिबाद नबनाई हनुमान चालिसा प्रयोग गर्न खोज्नुहुने एबम सबैले ले सकारात्मक रुपमा लिनुहुनेछ | धन्यवाद आर डी एन प्रकाशन काठमांडू , कपी राइटको लागि उहाहरुलाई नै सम्पर्क गर्नुहोला, यो सम्पूर्ण साझाबासी र उहाको आमाहरुको लागि समर्पित | मेरो टाइप मा केहि गल्ति भए माफी पाउ | कति सब्दको अर्थहरू मैले पनि बुझेको छैन, अरु मिलाउने यहाहरुको जिम्मा .... हनुमान चालिसा || श्री हनुमत नम: || || दोहा || श्री गुरु चरण सरोज रज निज मन सबको सुधारी सहयोग रघुबीर बिमल सिता जो दायक फल चारी बुदिहीन मनुष्य जान्दैनन् स्मरण गरौ कुमार बल बुद्धि बिद्या देउ मलाई हर क्लेस विकार || चौपाई || जय हनुमान ज्ञान गुण सागर | जय कपीस तिमि लोक उजागर || अथ: हनुमान चालिसा प्रारम्भ श्री हनुमते नम: रामभक्त शिव अवतार नाम | अन्जनी पवन पुत्र पावन नाम || महावीर विक्रम बजरंग बलि | कुमति विनासक राममा भक्ति || कन्चन बरण महाशाक्तिसाली| कानमा कुन्डल शोभा वरदायी || हातमा वज्र ध्वजा विराजित | यज्ञपवित वस्त्र श्रंगारित || शंकर अवतार केशरी नन्दन | तेज प्रताप महान जगत बन्दन || विद्वान ज्ञानी गुणी अति नै चतुर | राम कार्य गर्नमा अनि नै आतुर || प्रभुको चरीत्र सदा सुन्न पाउँ | हजुरको भक्तिमा सधै म रमाउँ || राम लक्ष्मण सीता मनमा राख्ने | सुक्ष्मरुप धारण गरी सदा रहने || विकट रुपधरी लंका जलाउने| भीम रुपधरी असुर सबै मार्ने || रामचन्द्रको सर्व कार्य गर्ने | पहाड उठाई जडिबुटी ल्याउने || संजीवनी ल्याएर लक्ष्मण बचाए | मुर्छित लक्ष्मण उठी भजन गाए || सतरुद्र अवतार शिवका यि थिए | हनुमान महाप्रभु शरणमा लिए || बालासुर्यलाई रोटी भनि निल्दा | इन्द्रले बज्रले प्रहार गरे मुख || यसबाट भए पिता वायु क्रोधित | रोकियो प्राणवायु सबै भए मुर्छित || वायुको गरे सेवा देवताले सारा | क्षमा मागे इन्द्रले पवन भए हर्षित || प्राण वायु आइहाल्यो सबै भए चेतन | हनुमानको गर्न लागे सबजना बन्दन || बालहनुमानको शिशु रुप लिला | जो भक्तले गाउँछन् हरण हुन्छ पीडा || भक्तिगरी हनुमान रामसीताको | छाती चिरी देखाउनुभो रुप रामसीताको || नमुना यो भक्तिको प्रभुले देखाए | प्राणी भए गदगद इश्वर भक्तिले || श्रीपति रघुकुल दशरथ नन्दन | हनुमान महाप्रभु केशरी नन्दन || सनकादि मुनि ब्रम्हज्ञानीहरु | हनुमतका लीला महान छन् अरु || त्रेता युगमा राममाथी गर्नुभयो दया | हनुमान महाराज हजुरको कृपा || अष्ट चिरन्जिबी मध्ये हनुमान एक | अन्त्य हुन्न हनुमान इश्वरको रुप || हे राम सखा प्रभु चिरन्जिबी रहने | आफ्नो भक्तजनलाई वरदान दिने || मरकट रूपधारी जगत भयो मोहित | सुरनर मुनिजन बाट सदा बन्दित|| हे भक्त हो ! प्रात काल स्नान गर नित्य | शौचादिमा ख्याल गर हनुमानका भक्त || धातु मुर्ति शिला मुर्ति तथा चित्र लेखी | हनुमानको पूजा गर हृदय नै देखि || आवाहन आशन पाद्द चढाई | फलफूल चन्दन भक्ति लगाई || ब्रत गर्नु मंगलवार ध्यान गर्नु ठुलो | मनमा संझी ध्यान गर्नु धर्म हुन्छ ठुलो || नित्यकर्म सदा गर पढ यो चालिसा | नित्य पढ भक्तजन पुग्ला सबै इच्छा || अन्य कर्म गर्नलाई नसकेमा हेर | हनुमानको भक्ति गर साँझ सवेर || फलफूल भोग लगाई मन्त्र पढ्नु फेरि | हनुमान चालिसा यो भक्तिभाव देखि || रोग शोक नाश हुन्छ कष्ट हुन्न हेर | धन वृद्धि अष्टसिद्दि प्राप्त हुन्छ धेर || बिद्या प्राप्ति शत्रु नाश होला चाडै पनि | सन्तान र इच्छासिद्दि होला चाडै अनि || आठ बर्ष ब्रतबिधि जो भक्तले गर्छ | उधापन मंगलवार पारी जसले गर्छ || आठ एवम् तीनजना ब्राम्हणलाई डाक्नु | उधापन पूजागरि भोजन गराउनु || इच्छासिद्दि ज्ञान भक्ति होला मन शान्त | परिवारको सुख मिल्ला मोक्ष मार्ग वन्ला || हनुमानको भक्तजनले वानर जातिलाई | पीडा गाली नगर्नु है बुझ बहिनी भाइ || शिवरूप हनुमान हुन् भक्ति पूजा गर | शिव रुद्र महेश्वर अवतार जान || जयजय हनुमान महाशक्तिशाली | मोक्ष्य मार्ग देखाईदिनु प्रभु महावली || इति हनुमान चालिसा समाप्त
aamalaa · Jun 20, 2014 9:44 AM · 7,171 views
सरलीकरण राम्रो छन् स्तुती गान मा यो पनि पार्न भुलेनन् संस्कृत मा महाज्ञाता हरुले !!!!!!!!!!!!!! """"" आठ एवम् तीनजना ब्राम्हणलाई डाक्नु | उधापन पूजागरि भोजन गराउनु || """"""""""""" उच्छालेको सिक्काको चीत र पट आफ्नै खोकलिमा पार्न क्या सिपालु आचार्य ज्यु हरु | भ्रस्टाचारको सुरुवाती बौद्दिक सोसण बात सुरु भएको हो हिन्दकुस छेत्रमा , यिनै जाठा हरुले जात पात अनि छुवाछुत ल्याएका हुन् | तेस्तै मनस्थिति बोकेकाहरुले ल्याए संघियताको राजनीति ! Last edited: 20-Jun-14 10:09 AM
magorkhe1 · Jun 20, 2014 9:55 AM
सानो भुल सुधार : राम कार्य गर्नमा अति नै आतुर || यो हनुमान चालिसा online राख्नु भएकोमा धन्यवाद | तर एउटा कुरा औंलौन मन लग्यो | हामी हिन्दुहरुले अरु धर्मको पनि भगवान राखी पुजानै गर्नु पर्छ भन्ने छैन | हो भगवान त एकै हुन् र तिनका रुप अनेक छन् भन्ने हिन्दु मन्येता आजकल छाएको छ | तर अरु धर्म सम्बन्धि कुरै नबुझी तिनले मान्ने भगवानलै पनि पुजा गर्नु भनेको अन्धविश्वास को अर्को उदहारण हो |
Biruwa · Jun 20, 2014 2:43 PM
magorkhe1 जी लाई धन्यवाद कमेन्टको लागि | तेही त है गोर्खे जी ति ब्राम्हण हरुलाई भोजन गराउनु भन्दा त बरु खान नपाउने केटाकेटी बूढाबुढी लाई खुवाए धेरै राम्रो हुञ्छ | शास्त्रको कुरो त्यो बेलाको लागि ठिक होला तर हामि पनि हाम्रो बुद्दि बिबेक र परिस्थिति अनुसार के सहि हो के गलत हो बुझ्ने कोशिश गर्नु राम्रो हुञ्छ | Biruwa जी लाई पनि मुरी मुरी धन्यवाद गल्ति औलैदिनु भएको मा, अरु केहि गल्ति मैले फेरी देखे , कुनै बेला अर्को एडित गरेर राखुला | अनि तपाइको कुरा पनि ठिकै हो , सबै धर्म मा केहि राम्रो केहि नराम्रो अबश्य हुन्छन तर मैले जाने अनुशार राम्रो कुराको सिको गरेको राम्रो | मैले मेरो मन्दिरमा अरु भगवान अन्धविश्वास ले राखेको होइन क्या बिरुवा जी, येत्रो संसार ले मानेको भगवान जिसस लाई पनि केहि ठाउँ त दिनु पर्यो नि आफ्नो घरमा भनेर हो , रह्यो कुरानको कुरा , एक पटक पल्टाएर हेरेको छैन तर केहि आतंककारी आक्रमण भयो भने केहि support मिल्छ कि अल्लाह बाट पनि भनेर हो , हि हि हि | Seriously आइ एम नट that धार्मिक तर दुखमा हे भगवान जहिले नि भनिञ्छ ;-)
aamalaa · Jun 21, 2014 7:49 PM
Aamala bro, bro ko Mexican gori ko kahani ko next part chittai pas kina paryo, waiting for that
Punter · Jun 22, 2014 1:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion