ए एन ए हिरो २०१४ मा दूई महिला र दुई पुरुषलाई प्रदान गरिने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा आषाढ १ ,भर्जिनिया केहि दिन अगाडी मात्र ए एन ए हिरो -२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई ३२ औ ए एन ए सम्मेलनमा पुरस्कार दिइने घोषणा गरि सकिएको भएता पनि नागरिक समाज ,ए एन ए का अधिक सदस्यहरु ,ए एन ए को ब्रेन चाइल्ड (उपज )नेपाल शैक्षिक तथा संस्कृति केन्द्र म्यारील्याण्डको उच्च सिफारिसमा अमेरिकाका राष्ट्रपतिले प्रदान गर्ने राष्ट्रपति स्वयंसेवक पुरस्कार लगातार ७ पटक प्राप्त गर्ने डिसी महानगर क्षेत्रमा ए एन ए को जन्म १९८३ देखि नै बसोबास गर्दै आएकी महिला समाज सेवी तथा स्वयम् सेवक सरोज प्रजापतिलाई ए एन ए २०१४ नायक द्वारा पुरस्कार द्वारा सम्मानित गरिने भएको छ l नेपाल शैक्षिक तथा संस्कृति केन्द्र (एनईसीसी )म्यारील्याण्डमा गत जुन ७ तारिखमा बसेको बैठकमा उपस्थित २२ जना समितिका सदश्य तथा तथा आमन्त्रित सबैको निर्बिरोध अनुमोदनमा ३० बर्ष देखि अविरल रुपमा ए एन ए मा सहभागी हुदै आएकी समाज सेवी सरोज प्रजापतिलाई दिइने घोषणा गरिएको छ l प्रजापति सन् २००४ देखि नै लोकहित मार्टिन प्रतिस्ठान ,१९८३ देखि नै उत्तर अमेरिकाको नेपाली समुदायको सबै भन्दा जेष्ठ अमेरिका नेपाल सोसाईटीमा बिभिन्न पद ,नेपा पास पुचः अमेरिकाए(एन पी पी ए )को स्थापना काल ,ए एन ए सम्मेलनमा पटक पटक संस्कृतिक कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेकी ,१९८३ देखि अत्यधिक स्वयम सेवक पुरस्कारबाट विभूषित भएकी सेन्ट लुक प्रतिष्ठान ,आन्मा ,एनईसीसी आदिमा उल्लेखनीय योगदान पुर्याउनु भएकी सरोज प्रजापति ,फुलबारी सांस्कृतिक कल्बकि संस्थापक सभापति र हाल नेपा पास पुचः अमेरिकाये को अधक्ष्य रहेकी छिन् l ३२ औ ए एन ए डिसी सम्मेलनमा पुरस्कृत हुने प्रजापति कार्यक्रम सुची तयार समिति(ईवेन्ट स्केडुल) को संयोजक पनि रहेकी छिन् l आधा आकाश ढाक्ने महिलाहरुको पनि आवाज तथा प्रतिनिधित्व समान होस् भनि ए एन ए नायक २०१४ मा दुई पुरुष तथा दुई महिलालाई प्रदान गरिने भएको छ l पछिल्लो उच्च सिफारिसमा ए एन ए हिरो २०१४ द्वारा पुरस्कृत हुनेहरुमा सरोज प्रजापति , सबै भन्दा छिटो उल्टो शब्द उच्चारण गरि गिनिज बिश्व पुस्तकमा आफ्नो र ए एन ए को नाम सहित लेखाउन सफल भएका कीर्तिमानी कृष्ण पाण्डेय ,महिला तर्फ सामाजिक सेवाको क्षेत्रमा महिला हक ,अधिकार तथा महिला सशक्तिकरण सम्बन्धमा सशक्त भूमिका निर्वाह गर्ने बिष्णु कुमारी थापा तथा सगरमाथा आरोही ​दोर्जी (लम्बु )शेर्पालाई दिने घोषणा सहित महिला तथा पुरुषको सन्तुलन बराबरी हुन पुगेको छ ​l ​दोर्जी (लम्बु )शेर्पा सोलुखुम्बु थमो निवासी हुन् l र यिनको एउटा ​शेर्पाज दि ट्रु हिरोज़ अफ माउन्ट एभरेस्ट ​वृत्त चित्र ​निर्माण पनि गरिएको छ ​l ​अघिल्लो ३ जना ए एन ए हिरो २०१४ को घोषणा ए एन ए को कार्यकारी समितिको सिफारिसमा गरिएको थियो भने सरोज प्रजापतिको सिफारिस नेपाली समुदाय ,ए एन ए का सदस्यहरु तथा नेपाल शैक्षिक तथा संस्कृति केन्द्रको उच्च सिफारिसमा गरिएको छ l ​

mahoday · Jun 18, 2014 4:46 PM · 2,714 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all