चर्चमा बन्धक बनाइएका १३ बालकको उद्दार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चर्चमा बन्धक बनाइएका १३ बालकको उद्दार २०७१ जेठ ३० गते १८:४६ मा प्रकाशित ध्रुब भट्टराई ३० जेठ, मोरङ । चर्चमा बन्धक बनाएको अवस्थामा मोरङको कशेनी-३ चोराभाराबाट १३ जना बालकको उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त टोलीले ३ वर्षदेखि १३ वर्षसम्मका बालकहरुलाई चर्चबाट  जुम्ला ३ सहित  १३ जना बालकको उद्दार गरिएको हो । उद्दार गरिएका ती बालकहरु जुम्लाका रहेको मोरङका सहायक प्रमुअ जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । ‘चर्चमा भोकभोकै राखेको अवस्थामा बालकहरुको उद्दार गरिएको हो’, सहायक प्रजिअ लुइँटेलले भने, ‘चर्चका सञ्चालकले उनीहरुको स्वास्थ्यमा खेलबाड गर्दै थुनेर राखेको अवस्थामा पाइयो, बालकहरुको स्वास्थ्य विग्रेको पाइएको छ ।’ बन्धक बनाइएका बालकहरुसहित चर्चका धर्मगुरु जोसफ मेरन्डीलाई पनि गिरफ्तार गरिएको छ । ‘बालकहरुलाई बन्धक बनाउने मेरन्डीमाथि शरीर बन्धक बनाएको अभियोगमा मुद्दाप्रक्रिया अघि बढाउनेछौं’, लुइँटेलले भने, ‘बालकहरुलाई चर्चमा बन्धक बनाइएको कारणबारे अनुसन्धान भइरहेको छ ।’ प्रारम्भिक अनुसन्धानबाट ती बालकहरुलाई कर्णालीबाट अभिभावकको अनुमतिविनै ल्याएको प्रशासनले जनाएको छ । उद्दार गरिएका बालकहरुलाई मानवअधिकारबादी संस्थाहरुको जिम्मा लगाउने तयारी प्रशासनले गरेको छ । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 13, 2014 8:08 AM · 2,004 views

2 Replies

हुम्लाबाट ल्याएर कलिला बालबालिका चर्चभित्र बन्धक खिलानाथ ढकाल विराटनगर, जेठ ३० print धर्म परिवर्तन गराउन ल्याएको आशंकामोरङ सोराभाग–३ स्थित इमान्युएल चर्चबाट शुक्रबार १३ जना कलिला बालबालिका उद्दार गरिएको छ। चर्चभित्र बन्धक बनाएर राखिएका ती बालबालिकालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी र मानवअधिकार उच्चायोगको क्षेत्रीय कार्यालय विराटनगरले उद्दार गरेको हो।    उद्दार गरिएका बालबालिकामध्ये २ जना मोरङ खोर्सानेका र बाँकी सबै हुम्ला जिल्लाका रहेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए। लुतो, कुपोषणले दुब्लाएका र शरीरभरि घाउखटिरा भएका बालबालिकाको अवस्था अत्यन्तै दयनीय रहेको प्रशासनले जनाएको छ।   उद्दार गरिएका बालबालिकालाई शुक्रबारै स्वास्थ्य परीक्षण गराउन लगिएको छ। 'कुपोषण लागेको र शरीरभरि घाउखटिरा निस्केर स्थिति नाजुक देखिएको छ,' अधिकारी कार्कीले सेतोपाटीसँग भने, 'उहाँ हुम्लादेखि के कारण ल्याइयो भन्ने कुरा अनुसन्धान गर्दैछौं।' प्रारम्भिक अनुसन्धान अनुसार धर्म परिवर्तनका लागि ल्याइएको आशंका गरिएको छ।    चारदेखि १२ वर्ष उमेर समूहका ती बालबालिका कतिका आमा छैनन्, कतिका बाबु छैनन्। प्रचलित कानुनअनुसार बालबालिका रेखदेख गर्नका निम्ति बालगृह सञ्चालन गर्न कतै दर्ता नभएको चर्चका सञ्चालक जोसेफ मरण्डी र उनकी श्रीमती लौलमा मरण्डीलाई प्रहरीले हिरासत लिएको छ।    जोसेफले हुम्ला–जुम्लामा चर्च सञ्चालन गर्ने किरण बुढाको सम्पर्कबाट ती बालबालिका यहाँ ल्याएको बताएका छन्। उनले बालबालिकालाई शिक्षादिक्षाका लागि यहाँ ल्याएको दाबी गरे पनि ती बालबालिकालाई थुनेर भोकभोकै राखिएको अवस्थामा फेला पारिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताएका छन्।   'कोठाभित्र थुनेर, बाहिर निस्किन नदिइकन राखेको अवस्थामा हामीले उद्दार गरेका हौं,' लुइँटेलले भने, 'एक महिनादेखि यहाँ ल्याएर थुनेको बुझिएको छ।' हुम्ला स्याडा गाविस–७ घर भएका कैलाश बुढाले आफूहरू एक महिनाअघि चर्चमा आइपुगेको बताए। 'पढ्न स्कुल पठाउने भनेको थियो, स्कुल गको छैन,' कैलाशले भने, 'भुजा–चिउरा दिएर राखेको थियो।'   प्रचलित कानुनअनुसार तीन वटा मुद्दामा चर्च सञ्चालकमाथि कारबाही गर्न सकिने प्रहरीले जनाएको छ। अहिले अनुसन्धानमा रहेकाले के कसरी, परिवारको सहमति वा त्यतिकै ल्याएको भन्ने नखुलेकाले कुन मुद्दामा कारबाही गर्नेभन्ने टुंगोमा पुग्न नसकेको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए। उनका अनुसार मानव बेचविखन, अपहरण तथा शरीर बन्धक मुद्दा आकर्षित हुनसक्छन्।    'कतै दर्ताबिना बालबालिका राख्नु सरासर गैरकानुनी हो,' प्रमुख जिल्ला अधिकारी कार्कीले भने, 'अनुसन्धान थालिएकाले सबै कुरा विस्तारै खुल्दै जानेछ।' उद्दार गरिएका बालबालिकालाई अहिले सिविन हेल्पलाइनको बालगृहमा राख्ने प्रशासनले जनाएको छ।  तस्बिर क्याप्सन :  उद्दार गरिएका बालबालिका। तस्बिर :  खिलानाथ/सेतोपाटी

_____ · Jun 13, 2014 8:32 AM

गरिबी र प्रलोभनमा जे गरे पनि हुने ?

magorkhe1 · Jun 13, 2014 11:28 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all