छबे मामाले भन्दै जांदा अलि रोकिएर सोचे जस्तो गर्नुभो, अनि भन्नुभो, “यो कागको बुद्धिको पनि कुरा गरी साद्धे छैन, मान्छे भन्दा त कता हो कता तेजिलो !” नन्दलाल हजुरबाका दुइवोटा छोराको मलाइ सम्झना छ - छ्बे मामा कान्छा छोरा हुन् | जेठा छोरा श्यामे मामाले साइकल दोकान गर्थे, तिन ताका छ्बे मामा १८/२० बर्षका हुँदा हुन् | छ्बे मामा हिसाबमा छुरा थिए | एस एल सी एकै चोटीमा पास गरेका हुन् | कुनै कठिनाई वा भनसुन बिना नै उनले मास्टर सास्टर को जागिर पाउन सक्थे | छबे मामाका दौंतरी हाम्रा गाम्ले सपै एस एल सी मा फेल हुन्थे, वा ४-५ चोटी सम्म दिइ राखेका हुन्थे | नन्दलाल हजुरबा गामका गन्यमान्य भएपनि आर्थिक अबस्था ठिकै थियो | त्यो जमानामा केहि कुरा बुझ्न पर्यो भने की त बा आमालाई सोध्नु पर्थ्यो, की त स्कुलका सर – मेडम् लाइ | सुचना अहिले जस्तो सर्वसुलभ थिएन | हिसाबमा छुरा भएकाले छ्बे मामा हाम्रा लागि चल्ता-फिर्ता इन्साइक्लोपिडिया थिए | उनको ज्ञानगुनको महिमा अलि पर सम्मै फैलिएको थियो | अहिले सम्झंदा लाग्छ, बिच बिचमा हावादारी गफ पनि घुसाउँदा रहेछन, तर तेसताका उनका कुरा शत प्रतिशत पत्याउथियौं | हामे पिपलको बोट मुनि बसेर छ्बे मामाको ज्ञान सुन्दै थेम, छ्बेमामा भने कथा भन्दै गर्दा रुख माथिको हाँगामा रहेको कागको गुण तिर घरी घरी हेरे जस्तो गर्नुहुन्थ्यो | त्यहाँ कागको गुण छ छैन त हाम्लाई पक्कासंग थाहा थिएन, तर छ्बेमामाले भनेको कुरामा भने पूरा विश्वास थियो | “हुन त कोइलीले आँफुलाई काग भन्दा पनि बाठो भन्ठान्छ, तर बुद्धिमा त काग नै अगाडी हो", छ्बे मामाले दुइ चार साल काग अनुसन्धानमै बिताए जस्तो गरि भने | हामिहरुको उत्सुकता झन बढ्यो | हैन यौ छ्बे मामालाइ हिसाब त आयो आयो, काग, कोइली सबको बारे उत्तिकै आउने बा! तिनताका ‘ज्ञान हुने‘ लाइ ‘आउने’ भन्थेम् हामीहरु | छ्बे मामाको यो विधाको ज्ञानको जानकारी हामीलाई यस अघि सम्म थिएन | छ्बे मामा भन्दै गए, “जब पोथी कोइलीले आफ्नो फुल सर्पले खान्छ भन्ने थाहा पाउँछे, उसले त्यसलाई कगिनीको गुणमा सुटुक्क लगेर राखी दिन्छे| चल्ला मा कोइली र काग उस्तै देखिन्छन, तेसो भएर कगीनिले आफ्नै चल्ला होला भनेर कागको चल्ला हुर्काउछ |” काग कोइली सबको चल्ला हुर्काउने कुरा सम्म पनि थाहा पाउन सकेको बा ! कथा हामी सुन्दै पनि थिएम, छ्बे मामा बाट अझ बढी प्रभावित पनि हुँदै हाम्रो क्रम बढ्दो थियो | हाम्लाई अब छ्बे मामाको पंखा नै भंदिम न्, तेस्ता थिएम | “केटा हो, येही बेलाको मौका पारि त्यो चल्लाको खुट्टामा हाम्ले यो तारले बाँधि दिन पर्छ” छ्बे मामाले खल्ती बाट यौटा बिजुलीको तार सर्कसको चटकीले निकाले जस्तो गरी निकालेर देखाउनुभयो | छ्बे मामाको घर भन्दा अल्ली पश्चिम तिर रामनाथ काका को घर थियो, उनका छोरा सोमनाथ दाईले एस एल सी तिन चोटी फेल भएसी बिद्द्युत विभागमा जागीर खान थालेका थिए | बिद्द्युत प्राधिकरण त नया नाम हो, पहिले त बिद्द्युत बिभाग भन्थे | उनले इस्कुल डाइभर, पेच कस, तार आदि लिएर हिडी राख्थे, उनै सग छ्बेमामाले सापट लिएका होलान त्यो तार | “अब काग-कगिनीले यो तार त काट्न सक्नी कुरो त आएन, तेसो भएर के गर्छ होला तिमीहरुलाई थाहा छ केटा हो?” एसो भन्दै गर्दा छ्बे मामाले त्यो बिजुलीको तार तन्याक-तुनुक पारेर झट्कालेका पनि थिए | छुन नपाए पनि हामीले परै बाट त्यो तारको मजबुतीको आकलन गरेम | जे होस्, हाम्रो उत्सुकता चरम बिन्दुमा पुगेको थियो | “कन्ने इस्कुल को उत्तरको केनेडी पक्लाहाको गुफा तिमिहरुले देख्या छौ?” प्रश्न त छ्बे मामाले सोधेका हुन्, तर तेस्को जवाफ को बाल मतलब गरेनन | तिन ताका केनेडी बौलाहा पोखरा तिर प्रख्यात थिए | घर घर माग्दै हिड्ने, अंग्रेजी भने पररर बोल्ने | शीत युद्धको जमाना थियो, लालबुझक्कडहरूले उनलाई सी-आइ-ए को सी-आइ-डी हो भन्थे | हाम्ले ‘बौलाहा’ भन्ने शब्द किताबमा पढेको त हो, बोलीचालीको शब्द ‘पक्लाहा’ नै थियो | कन्या इस्कुल्को उत्तर तिरको गुफामा केनेडी पक्लाहा बस्थे भन्ने कुरा प्रजातन्त्र दिवसको जुलुसमा त्यो बाटो आउँदा जांदा हाम्ले थाहा पाई सक्या थेम| “त्यो गुफाको उत्तर तिर सेतीको किनारमा धेरै जडीबुटीका बिरुवा हुर्क्या हुन्छन, त्यहीं यौटा मान्छेले चिन्नै नसक्ने खालको बूटी हुन्छ | त्यो बूटीको नाम ‘बन्नीतोड’ हो |” केनेडी पक्लाहाको गुफाको उत्तरतिरको जडिबुटी बगैंचा पनि हामीले देखेकै हो | हाम्रो दिमागमा अहिले त्यै बगैंचा नाची रहेको थियो | “‘बन्नितोड़’ यस्तो बूटी हो की यसले छुना साथ जस्तो सुकै बन्धन, ताल्चा, साँचो सब तत्काल भस्म हुन्छ | रास्ट्र बेंक, झ्यालखान, सेनिमा हल, जे सुकेका ताल्चा हुन्, सब तत्काल भस्म !” त्यो बूटी पाए त राष्ट्र बेंकको केहि नगद हात पार्न सकिन्थ्यो की, हामी कल्पना मा नाचेम| 'आजको मध्ये रातमा आँफुले चल्लाको खुट्टा यो तारले बांधी दिने अनि, कगीनिले तेही बन्नितोड़को सहाराले भोलिपल्ट चल्ला बाँधेको तार छिनाल्ने, अनि आँफु यो पिपलको रूख चढेर त्यो बूटी हत्याउने' भनेर छ्बे मामाले कथा टुंग्याउनुभयो | बन्नितोड़ छ्बे मामाले हात लगाए लगाएनन थाहा पाइएन, तर दुइ दशक पछी आज थाहा पाएँ, छ्बे मामा दुर्घटना मा परेर बितेछन | दुर्घटनामा परेर परलोक भएपछी माइजु पनि जवानीका आफ्ना बाँकी जिबन बिताउन आफ्नो बाटो लागिन रे | एउटी छोरी थिइन, गामका गन्यमान्यले पालन-पोषण, शिक्षा-दिक्षा को जिम्मा लिएका थिए रे | छ्बे मामाको आत्माले शान्ति पाओस, अस्तु |
AdjunctProf · Jun 13, 2014 7:29 AM · 9,547 views
कथा राम्रो लाग्यो anjuntprof जी, छबे मामा त बडो चतुर हुनु हुदो रहेछ बाई / कथाको बिषयबस्तु सुन्दा त यहाँलै पुरानो जमानाको धेरै कुराहरु थाहा भएको जस्तो लाग्यो / अरु पनि त्येस्त कुरा हरु छन् भने हामीसंग बाड्नु होला /
Karnali Blues · Jun 13, 2014 7:40 AM
एस एल सी एकै चोटीमा पास गरेका हुन् ....... nice work.. aaja SLC results out bho bhanthe...jamma 44% (rounded) pass bho re and 110 distinction (over 80%)... kasto ho yo SLC. I have been a strong critic of Nepali education system... Why the fuck you would fail a student at grade 10?? Stupid mfckeers!!! kasto questions haru hola ....jamma less than 44% pass hune.... Nepal ko education System is worsening day - by - day; it's not because of students but its the fcking System... aba kati jaana suicide garne ho, kati jana depress hune ho, kati jana Bombay bhada maajna jaane ani kati jaana Malaysia & Dubai jaane... god damn mthfckers...... bro ko story ramro cha btw. Last edited: 13-Jun-14 08:38 AM
Ruben123 · Jun 13, 2014 8:32 AM
याडजन्क्तप्रोफ जी, राम्रै लग्यो हजुरको लेख.... पहिलो पटक पढें .... अरु पनि पढ्न पाउँ यहीं ..... पोखरा र तेस्का सेरोफेरोका कथा साझामा धेरै सुनेको छैन मैले .... साएद छुटाएँ होला..... हजुरबाट पढ्न पाउने आशा राखेको छु ..... - थाहा छैन
ThahaChaena · Jun 13, 2014 9:46 AM
Karnali blues and Ruben123 -- Thank you for the encouragement and suppot!
AdjunctProf · Jun 14, 2014 6:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion